Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने बताएका छन् । मङ्गलवार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरूको अुनसन्धान गरी निचोडमा पुग्ने बताए । प्रधानमन्त्रीले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजी गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘मैले सदनमा पनि भनेको छु,…

Read More

कैलाली: कैलाली र कञ्चनपुरका दुई घरमा आगलागी भएको छ । प्रहरीका अनुसार कैलालीको टिकापुर नगरपालिका–२ बन्दीपुरकी ४९ वर्षीया दिपा साउँद र कञ्चनपुरको पुनर्वास नगरपालिका–१ भकुण्डाका वीरबहादुर चौधरीको घरमा आगलागी भएको हो । साउँदको खरले छाएको एककोठे कच्ची घरमा चुलोमा बालेको आगो हावाले उडाई आगलागी भएको बताइएको छ । आगलागीबाट अन्दाजी ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । त्यस्तै, चौधरीको एकतले इटाले बनेको घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । आगलागीबाट अन्दाजी एक लाख पचास हजार मूल्य बराबरको…

Read More

धनगढीः धनगढीमा एक लाख बढीका भन्सार छलिका समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १ लाख २३ हजार ५ सय ६५ रुपैयाँ बराबरका भन्सार छलिका समान बरामद गरेको हो । चिनी, मिठाई, पास्ता, नमकिन, सोडा, धोती, सुट, सुर्ति लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले बताएको छ । उपमहागरपालिका–३ मिलनचोकमा भारतबाट भन्सार छलि गरी ल्याएका सामान बेवारिसे अवस्थामा फेला पारि बरामद गरिएको र कानुनी कारबाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: धादिङमा घाँस काट्न गएका आमा छोराको मृत्यु भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवै जनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

एजेन्सी: भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् । अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बिहारका बासिन्दा थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीरबाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो । कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।

Read More

दार्चुला: महाकाली नदीमा बगेर बेपत्ता भएका दार्चुलाका सुदिप धामी अझै फेला परेका छैनन् । जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगरका अन्दाजी १५ वर्षीय धामी सोमवार पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए । उनी अहिलेसम्म पनि नभेटिएका र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

बझाङ: साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। २६ वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन् । सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउन क्याम्प–१ र २ मा तलमाथि गर्ने अभ्यास गरिन् । बाल्यकालदेखि नै शिखर चढ्ने हिम्मत जुटाइरहेकी उनी गत महिना नै सगरमाथा क्षेत्र पुगेकी थिइन् । उनी यही जेठ २ गते राति क्याम्प–४ बाट शिखरतर्फ प्रस्थान गरेकी थिइन् । वर्षौँदेखि साँचेको सपना आँखै अगाडि देखेपछि उनका आँखा…

Read More

कैलाली: रेशम चौधरी र रञ्जिता चौधरी टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको घर पुगेका छन् । कारागारबाट रिहा भएर कैलाली पुगेलगत्तै उनीहरू स्व.साउदका अभिभावक भेट्न पुगेका हुन् । सो क्रममा रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पहल गर्ने बताएका छन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका छन् । उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनुपर्ने बताउँदै आएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री रहेकी रेशम पत्नी रन्जिताले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय…

Read More

डोटी: डोटीमा आयोजित घोडादौड प्रतियोगिताको सबै पुरस्कार बझाङले जितेको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार बझाङले नै जितेको हो । जसमा बझाङका अजय रावल प्रथम, बझाङकै पदमराज पाध्य द्वितीय र जीवन शाही तृतीय भएका छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खप्तड राष्ट्रिय निकुञ्जमा लाग्ने गंगादशहरा मेलाको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न जिल्लाका १२ जना प्रतियोगी सहभागी थिए । सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य संघ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक किशोरीको मृत्यु भएको छ । भीमबस्तीकी १४ वर्षीया हेमा जोशीको सर्पको टोकाइबाट मृत्यु भएको हो । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकी उनको आज मृत्यु भएको प्रहरीले बताएको छ ।

Read More