Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: महेन्द्रनगरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि पनि दोधारा चाँदनीका बासिन्दाले अनेकन समस्यासित सङ्घर्ष गर्नुपरेको छ । महाकाली नदीमा पक्की पुल बन्नुअघि यहाँ झोलुङ्गे पुलबाट दुईपाङ्ग्रे सवारी मात्रै आवतजावत हुन्थ्यो । पछिल्लो समय भएका व्यवस्था परिर्वतनसँगै दोधारा चाँदनीले विकासमा गति लिए पनि हिउँदमा सिँचाइ अभाव र वर्षामा बाढीको मुख्य समस्या झेल्दै आउनुपरेको स्थानीयवासीको दुखेसो छ । दोधारा चाँदनीतर्फको तीन हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन । विसं २०२२ देखि दोधारा चाँदनीमा बसोबास गर्दै आएका राजबहादुर थापामगरले सिँचाइ नहुँदा तरकारीसम्म फलाउन कठिन हुने गरेको बताए । “दोधारा चाँदनी अन्न…

Read More

काठमाडौँ: समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो । रासस

Read More

काठमाडौं : कैलालीको धनगढीमा २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन्। नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रंगशालामा आयोजित एक खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी खेलाडी सम्मान गरेका हुन्। च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले पुरस्कार रकम प्राप्त गरे। गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका…

Read More

कञ्चनपुर: मासु जाँच ऐनलाई प्रभावकारीरूपमा कार्यान्वयन गराउनका लागि सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलले सचेतना अभियानलाई अगाडि बढाएको छ। प्रदेशका नौवटै जिल्लामा सचेतनामूलक कार्यक्रमको आयोजना गरी मन्त्रालयले उपभोक्तालाई गुणस्तरयुक्त मासुको उपभोग गर्नमा जोड दिन थालेको हो।  ऐनमा रहेका प्रावधानबारे मासु व्यवसायी, उपभोक्ता, स्थानीय तहका जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिन थालेको छ । ऐनको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि मासु व्यवसायी र उपभोक्ताले जागरुक हुनुपर्ने मन्त्रालयका सचिव मदनसिंह धामीले बताए।  दशकअघि सुदूरपश्चिम क्षेत्रका बजारमा झिङ्गा भन्केको, रातो कपडाले मासुलाई छोपेर पानी छर्केको र झिङ्गा भगाउन विषादी छर्कने गरिएको देखिने गरेको चर्चा गर्दै उहाँले हाल उपभोक्ता जागरुक बन्दा अहिले त्यो कार्य हट्दै गएको बताए।…

Read More

काठमाडौं: लम्पी स्किन रोग नियन्त्रणका लागि पशुसेवा विभागले सात सय ५३ वटै स्थानीय तहलाई एक–एक लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्थानीय तहलाई खोप खरिदका लागि बजेट विनियोजन गर्न लागेको जानकारी दिए । आव ०८०/८१ का लागि एक सय ६१ स्थानीय तहहरूमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहहरूमा प्राविधिकहरूको व्यवस्थापन र खोप खरिदका लागि बजेट विनियोजन गर्न लागिएको ढकालले बताए। हालसम्म संक्रमित ६ लाख ८२ हजार ८० मध्ये २५ हजार चार सय आठ पशु मरेका छन्। त्यसमध्ये चार लाख नौ हजार निको भएका छन्। हाल दुई लाख ४७ हजार नौ सय ४७ संक्रमित रहेको विभागले जनाएको…

Read More

पाल्पा: नेकपा एकीकृत समाजवादी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधन भएको छ। बगनासकाली गाउँपालिका १ पिप्ले निवासी ५२ वर्षीय उनको हृदयाघातका कारण शुक्रबार निधन भएको हो। खेतमा काम गरिरहेका वेला उनलाई हृदयाघात भएको थियो। उपचारका लागि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले बताए।

Read More

बैतडी: बैतडीमा हालसम्म ९० प्रतिशत धान रोपाइँ भएको छ। असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि रोपाइँ भइरहेको छ। उनले भने, ‘वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ। यो महिनाको अन्तिमसम्म सबै सकन्छि।’ जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ। वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए। उनले भने, ‘सबै…

Read More

डोटी: डोटीमा घर भत्किएर च्यापिँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ गैराकी ३० वर्षीया गङ्गा मलासीको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिवार राति चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। राति नै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमान्डमा गएको १० जनाको टोलीले उद्धारको कार्य गर्दा बिहान ५ बजे मलासीको शव निकालेको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

मकवानपुर: मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती डिपाट गाउँमा दुईवटा ट्रक एकआपसमा ठोक्किएर आगलागी हुँदा जलेर नष्ट भएका छन् । दुर्घटनामा परी दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार गएराति पौने दुई बजे हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा ट्रकका चालकहरु चितवन राप्ती नगरपालिका ३ का अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी…

Read More

बझाङ: जिल्ला हुलाक कार्यालय बझाङका तत्कालीन कार्यालय प्रमुख र नायव सुब्बालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बिहीबार यस मुद्दाका दुवै प्रतिवादीउपर कसुर कायम गर्दै सजाय निर्धारणका लागि पेसी तोकिएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यद्वय शालिग्राम कोइराला तथा खुसीप्रसाद थारूको इजलासले मुद्दा दर्ता भएको तीन वर्षपछि कसुर कायम हुने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ फागुन ०७६ मा हुलाक कार्यालय बझाङका प्रमुख रनबहादुर कडायत र नासु शिवराज उपाध्यायलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।  दुवै पक्षका कानुन व्यवसायीलाई सजाय निर्धारणपूर्वको प्रतिवेदन २७ असारभित्र पेस गर्न भनिएको छ भने २८ असारमा सजाय निर्धारण हुनेछ। …

Read More