Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी बसपार्कमा तेस्रो लिङ्गी महिलाले लफडा मच्चाएर असईको सरुवा भएको भन्ने समाचारको मोनिका शाहीले खण्डन गरेकी छन्। तेस्रो लिङ्गी महिलाले बसपार्कमा लफडा मच्चाएर बृद्धामाथि कुटपिट गरेको भन्ने आरोपमा सत्यता नभएको भन्दै उनले समाचारप्रती ध्यानाकर्षण भएको बताएकी हुन्। बसपार्कमा बृद्धा महिलामाथि कुटपिट गरेको र लफडा मच्चाएको दाबीमा सत्यता नरहेको बताउदै शाहीले अस्थायी प्रहरी पोष्टका प्रहरीले अन्याय गरेपछि सुुदूरपश्चिमका डीआईजी भरत बोहरा र कैलालीका एसपी देवेन्द्र पाललाई गुुनासो गरेर असईको सरुवा आफैले गराएको दाबी गरिन्। ‘त्यो दिन बसपार्कको होटलमा दुई पक्षबीच मदिरा सेवन गरेर झगडा भइरहेका बेला मैले सम्झाइबुुझाई गर्दा उल्टै म माथि आक्रमण हुने अवस्था आएपछि प्रहरी पोष्टमा पुगेकी हुँ,’…

Read More

काठमाडौं : ललितपुर प्रहरीले अपार्टमेन्ट भाडामा लिएर चोरी गर्ने प्रेमी प्रेमिकालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौंको कलंकी नजिकै रहेको सोल्टी सिटी अपार्टमेन्टबाट काठमाडौं १ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सामुन्नेबाट ल्यापटपहरू चोरी गरेको आरोपमा पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए । लिभिङ टुगेदर बस्ने गरेका उनीहरूले विभिन्न ठाउँमा चोरी गर्दै हिँडेको खुलेको छ । प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आईटीका सामानहरू बरामद गरेको छ । श्रेष्ठ यसअघि समेत चोरी मुद्दामा जेल परेर छुटेको…

Read More

महेन्द्रनगर : कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज (आइतबार) दिउसो बर्दगोरिया गाउँपालिका–४ पुरैन तालमा करेन्ट लाग्दा सोहीँ ठाउँका ४५ वर्षीय प्रशादे साउदको मृत्यु भएको हो। प्रहरीका अनुसार छिमेकी मोहन बुचामगरको घरमा आएका बेला साउदलाई करेन्ट लागेको थियो। बुचामगरको टिनले छाएको कच्ची भान्सा घरमा तानिएको बिजुलीको तार सर्ट भएर साउदलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएपछि साउदलाई घोडाघोडी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले घटनास्थलको सम्पूर्ण प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पत्ताल धनगढी पठाएको छ।

Read More

धनगढी : धनगढीबाट लागुऔषध (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन् । धनगढी उप-महानगर पालीका-७ मनेहर स्थित सोही ठाउँ बस्ने गोबिन्द रानालाई जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको सादा पोशाकको प्रहरी टोलीले शुद्ध तौल १ ग्राम ७ मिलिग्राम लागु औषध सहित आईतबार पक्राउ गरेको हो । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी रानालाई जि.प्र.का. कैलालीमा ल्याईएको प्रहरीले जनाएको छ ।

Read More

धनगढीः धनगढीकी एक महिलामाथि कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका- १३, कैलाली गाउँका देवराज अवस्थीले आफ्नी ६० वर्षीया आमा चित्रादेवी अवस्थीमाथि कुटपिट भएको बताए। जग्गा सम्बन्धी विवादमा उनकी आमालाई छिमेकी रमेश अवस्थीले कुटपिट गरेको उनले बताए। उनले जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ताका लागि जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको बताए। ‘बुधवार साँझ मेरी आमामाथि कुटपिट भएको हो, म उतिबेला घर थिइन, आमामाथि कुटपिट भएपछि जिप्रका गएर मुद्दा दर्ता गराउन खोज्यौँ तर प्रहरीले मानिरहेको छैन। आज आइतवार भइसक्यो,’ उनले भने । आफ्नी आमामाथि कुटपिट गर्ने व्यक्ति सशस्त्र प्रहरीका जवान पनि भएकाले आफूहरुको मुद्दा दर्ता नभइरहेको उनको आरोप छ। यता, जिल्ला प्रहरी…

Read More

काठमाडौं : सशस्त्र प्रहरीले नयाँ गुणस्तरको बुट, चुस्ता र ज्याकेट ल्याएको छ । टेण्डरमार्फत ल्याइएको ३५ हजार बुट, ३७ हजार चुस्ता र ३७ हजार ट्रायक सुट कर्मचारीलाई वितरण गरिएको छ । सशस्त्र प्रहरीमा महानिरीक्षक (आईजीपी) बढुवा भएपछि राजु अर्यालयले फौज सरुवा भएर जाँदा आफ्नो बेडबिस्तारा बोक्नु पर्ने पद्धतिलाई अन्त्य गर्ने बताएका थिए । अब त्यो पनि अन्त्य भएको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए । सशस्त्र अहिले सबै यूनिटहरूमा म्याट्रेस, तकियालगायतका सामानहरू उपलब्ध गराइसकेको छ । यस पटकबाट सशस्त्रका कर्मचारीलाई आवश्यक पर्ने गुणस्तरीय कम्बल उपलब्ध गराएको एसएसपी खड्काले बताए । २० हजार नयाँ ज्याकेटहरू समयमै…

Read More

धनगढी: अमेरिकाको टेक्सासमा बस्दै आएका कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीका दिपेन्द्र जोशी अज्ञात समूहको गोली प्रहारबाट गम्भीर रुपले घाईते भएका छन्। टेक्सासको युलेसस्थित ग्याँस स्टेशनमा म्यानेजर पदमा कार्यरत जोशीलाई स्टेशन बन्द गरेर डेरामा फर्किने क्रममा ६ जुनको राति ११ : ३० बजे अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उक्त समूहले १२/१३ राउण्ड गोली प्रहार गरेको थियो । जसमध्ये जोशीलाई दुई वटा गोली लागेको थियो । अज्ञात समूहको आक्रमणबाट ज्यान जोगाउन सफल भएपनि दुई वटा गोली दाया हातमा लागेका कारण जोशी गम्भीर रुपले घाईते भए । तत्काल उनलाई उद्दार गरी युलेसको अस्पतालमा भर्ना गरियो । र, समयै अप्रेशन गरिएका कारण जोशीको…

Read More

काठमाडौँ : नेपाल वायुसेवा निगमले अनावश्यक कर्मचारी भर्ती नगरिएको दाबी गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो कर्मचारीको सम्बन्धमा संसदमा उठेको सवालको खण्डन गरेको हो । निगमको कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङको सम्बन्धमा प्रश्न उठाउँदै प्रतिनिधि सभामा सांसद योगेश भट्टराइलागायतले अनावश्यक कर्मचारी भर्ती गरेर निगमलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको भन्ने आरोप लगाएका थिए । यसै भनाइप्रति आपत्ति जनाउँदै निगमले आइतबार खण्डन गर्दै विज्ञप्ति नै जारी गरेको हो । निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जानकारी दिएको छ । निगमले हाल…

Read More

काठमाडौँ: सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका निलम्बित प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई गृह मन्त्रालयले बर्खास्त गर्ने तयारी गरेको छ । गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भोलि सचिवस्तरीय निर्णयले बर्खास्त गर्ने तयारी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले यसअघि केसीलाई जागिरबाट बर्खास्त गर्न गृहमन्त्रालयमा पत्र पठाएको बताए । उनलाई मन्त्रालयले २०७९ पुष १४ गते निलम्बन गरेको थियो । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सीआईबीको टोलीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै नियन्त्रणमा लिएको…

Read More

धनगढी: प्रहरीले आज कैलाली कारागारभित्र ब्राउन सुगर पुर्याउने एक महिलालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध (ब्राउन सुगर) ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार उनले ल्याएको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम (ब्राउन सुगर) फेला पारी बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिप्रका कैलालीमा ल्याइएको छ ।

Read More