Author: महेन्द्रनगर पोष्ट

कैलालीः  कैलालीमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु भएको छ। जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा५६ प ४६२१ नम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो। उनी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जाँदै गर्दा ठेकीमा खसेकी थिइन्। खसेपछि डगौराको टाउकोमा गम्भिर चोट लागेको थियो। उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। 

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्ने भएका छन् । आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रूपमा सञ्चालन हुने गरी भोलि (बिहीबार) औपचारिक उद्घाटन हुन लागेको हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि यही जेष्ठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो । सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका थिए । वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै…

Read More

धनगढी : नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर आरोप लागेको छ। आफ्नै महिला सहायक हवल्दारलाई यौन हिंसा गरेको आरोप पालमाथि लागेपछि अहिले छानबिन प्रक्रिया अघि बढाइएको छ। सुदूरपश्चिमको महेन्द्रनगरस्थित प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेपछि घटनाबारे आन्तरिक छानबिन सुरु गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो। पालमाथि थप बुझ्न भन्दै प्रहरी हेडक्वाटरमा समेत बोलाइएको छ। उनी अहिले प्रहरी हेडक्वाटरमा छन्। तर यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायत भने आफू जानकार नभएको दाबी गर्छन्। ‘उहाँसँग केही बुझ्नुपर्ने भएकाले हेडक्वाटरमा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार(आज) ल्याउने भएको छ । बुधबार दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए । उनकाअनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो ।…

Read More

धनगढी: कैलालीमा एक युवती मृत फेला परिन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर १ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया युवती कबिता बुढा मृत फेला परेकी हुन्। उनी विवाहित महिला हुन्। प्रहरी स्रोतका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको हो। बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाई छ। मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन्। केही दिनअघि मात्रै उनको ससुरासंग झगडा भएको बताइएको छ। ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ। उनी घरमा सासू ससुरा र…

Read More

धनगढी: धनगढीमा २ लाख बराबर मूल्यका कुर्ती बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर ४ ओमशान्ती टोलमा भारतबाट भन्सार छलेर ल्याइएका ५ सय थान बेवारिसे लेडिज कुर्ती बरामद गरिएको हो। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर खगेन्द्र साउदले बताए। बरामद साडीको मूल्य २ लाख बराबर रहेको उनको भनाई छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी डडेल्धुराका भरत मल्ललाई दिइएको छ। केन्द्रीय कमिटी सदस्य समेत रहेका मल्ललाई संगठनको केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै उक्त जिम्मेवारी दिएको हो। यस्तै अर्का केन्द्रीय सदस्य अरुण कुँवरलाई भने सुदूरपश्चिम प्रदेशको सह-संयोजक तोकेको छ। उनी कैलालीका हुन्। संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ।

Read More

धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको विदेश विभाग प्रमुखको जिम्मेवारी विनय शाहलाई प्रदान गरिएको छ। केन्द्रीय कमिटी सचिवसमेत रहेका कैलालीका शाहलाई केन्द्रिय कमिटी बैठकले विदेश विभाग प्रमुख तोकेको हो। संगठनको दैनिक कामलाई सहजीकरण गर्नका लागि जिम्मेवारी तोकिएको जनाइएको छ। शाह यसअघि सुदूरपश्चिम प्रदेशको संयोजक थिए।

Read More

कैलाली : धनगढीबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर १ चक्मेली र वडा नम्बर २ त्रिनगरबाट भन्सार छलीका सामान बरामद गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार मंगलवार धनगढी उपमहागरपालीका-१ चक्मेली स्थित सु-प-प्र-०१००१ ह ५१०४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याइएका ९८ हजार तीन सय ५० रुपैयाँका मोवाईलका विभिन्न पार्ट पुर्जाहरु बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले उल्लेखित सामानहरु सहित अटो, अटो चालक धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीया सारदा नेपाली र धनगढी-८ की पार्वती रानालाई समेत प्रहरीले पक्राउ गरेको छ। यस्तै धनगढी उपमहागरपालीका वडा नम्बर २ त्रिनगर स्थित…

Read More

कञ्चनपुर: गर्मीयाम र हावाहूरीको मौसम सुरु भएसँगै सोमबार र मंगलबार मात्रै भीमदत्त र बेलौरी नगरपालिकाका तीन स्थानमा आगलागी भएको छ। बेलौरी नगरपालिका–६ ढक्का चाँदरमा आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल नष्ट भएको छ। ४५ वर्षीय ऋषिराम चौधरीको टिनले छाएको ३ कोठे भैसी गोठमा मंगलबार बिहान एक्कासी बिजुलीको तार सर्ट भएर आगलागी हुँदा युरीया मल, गँहुको भुसा, सालको काठ लगायत गरी करिब ४ लाख ८२ हजार मुल्य बराबरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। यस्तै भीमदत्त नगरपालिका–१८ सालघाडी सुकुम्बासी बस्तिमा पनि आगलागी भएको छ। स्थानीय कलावती सिंह ठकुरीको घरमा मंगलबार दिउसो ११…

Read More