Author: महेन्द्रनगर पोष्ट

बेदकोट – कञ्चनपुरको दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँका स्थानीय हर्षित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दोधारा चाँदनीमा भारतको सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा सहमति भएको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारत सहमत भएपछि अब निर्माणको काम अघि बढ्ने भन्दै स्थानीय आशावादी बनेका छन् । ‘लामो समयदेखि सुक्खा बन्दरगाह चर्चामा मात्रै आइरहेको छ, अहिलेसम्म यसको केही काम अगाडि बढेको छैन’, दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय टीकाराम चन्दले भने, ‘नेपाल र भारतबीच निर्माणको सम्झौता भएपछि अब निर्माण हुन्छ कि भन्ने आशा पलाएको छ ।’ सम्झौताअनुसार…

Read More

काठमाडौँ – भोलि (आइतबार)देखि संसद्मा सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै बैठक बस्नेछ । प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

Read More

काठमाडौँ : ४ दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रतिनिधिमण्डलको टोलीसहित जेठ १७ गते भ्रमणमा गएका उनी शनिबार साँझ नेपाल आइपुगेका हुन्। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए । भ्रमणकै क्रममा प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति दौपदी मुर्मू एवं उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गरेका थिए । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा…

Read More

धनगढी : धनगढी उपमहानगरपालिका १६ बेहडाबाबाको महादेव तालमा युवकको मृत्युबारे नेपाल सिप एण्ड बोट विल्डिङ कम्पनिले स्पष्टिकरण दिएको छ । शनिबार तालमै पत्रकार सम्मेलन गर्दै कम्पनिले मृत युवक तालमा पौडी खेल्ने क्रममा डुवेको कम्पनिले जनाएको हो । ‘हामीलाई मन्दिर पुर्याई देउ भन्दै बोट चलाउन दबाब दिइरहेका थिए । हामीले मन्दिर विहान ५ बजेपछिमात्र खुल्ने हुँदा लैजान पनि नसकिने र बोट पनि दिन नसकिने कुरा अवगत गरायौं’ कम्पनिका अध्यक्ष लेखनाथ पौडेलले भने, ‘त्यसपछि उनिहरु आफै पौडी खेल्न सक्षम छौं । आफै जान्छौं भनी चार जना कपडा खोलेर पानीभित्र पसेका हुन । त्यसक्रममा तीन जना मन्दिर पुगेको वारीबाटै प्रस्टै देखिन्थ्यो ।’ उनले…

Read More

धनगढी : धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरुलाई समेटेर मनोनय सार्वजनिक गरेको छ । असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदुरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । शाहीले ९ औं राष्ट्रिय खेलकुदमा…

Read More

काठमाडौँ – देशका तराई भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ । तसर्थ: तराईका भू-भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ’, बुलेटिनमा उल्लेख छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना…

Read More

इन्दौर (मध्य प्रदेश) – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा छन् । प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन् । यो उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नेपाल सरकारको विश्वास छ । प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित रहेर राष्ट्रिय समाचार समिति (रासस)का विशेष समाचारदाता रमेश लम्सालले भारतको मध्य प्रदेश इन्दौरमा पराष्ट्रमन्त्री एनपी साउदसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश: प्रधानमन्त्रीको भारत भ्रमणलाई यहाँले कसरी लिनुभएको छ ?सम्माननीय प्रधानमन्त्रीज्यूको भारत भ्रमण सम्पन्न भएको छ । दुई देशका बीचको…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन् । शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे । उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारे । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताए ।

Read More

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ नेपाल फर्किँदै छन् । आफ्नो चार दिने भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड आज नेपाल फर्कन लागेका हुन् । प्रधानमन्त्रीलाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको छ । बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा। शङ्कर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

Read More

काठमाडौँ: सरकारले आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत् करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत् सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय २० लाख रुपैयाँ रुपैयाँभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ। आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रवार थप स्पष्ट पार्दै आउँदो आर्थिक वर्षमा तिर्नुपर्ने आयकरसम्बन्धी विवरण सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाले २० लाख रुपैयाँभन्दा बढीको वार्षिक करयोग्य आम्दानी भएका व्यक्तिका लागि आयकरको दर परिमार्जन गरेको छ । २० लाख रुपैयाँभन्दा माथि ५० लाख रुपैयाँसम्मको करयोग्य आयमा ३६ प्रतिशत आयकर लाग्नेछ । त्यस्तै ५० लाख रुपैयाँभन्दा माथिको जुनसुकै करयोग्य…

Read More