Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: जापानमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन्। बुधबार जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन्। उनले गत अप्रिलमा सेम्बुन गाक्को सकाएर एउटा कम्पनीमा काम सुरू गरेका थिए। मे २ देखि काममा नगएपछि कम्पनीले अमृतको सोधखोज गरेको थियो। उनी बस्ने घरसम्म सोधखोज गर्दापनि बुढा नभेटिएपछि सोमबार कोठाका खान्द्रीलाई खबर गरी कोठा खोलेर हेर्दा उनी मृत फेला परेको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले जानकारी दिए। उनको शव सडेगलेको अवस्थामा फेला परेको पनि वरिष्ठ उपाध्यक्ष निउरेले जानकारी दिएका छन्। शव सडेगलेको अवस्थामा रहेकाले भोलि दिउँसो साढे १ बजे जापानमै अन्त्येष्टी गर्न लागिएको उनले बताए।

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका –२ अत्तरियास्थित बसपार्कबाट ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् मंगलबार राति धनगढी उपमहानगरपलिका–५ का २८ वर्षीय अनमोल शाहले चलाएको से ७ प १४०१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट २ ग्राम १ सय १० मिलीग्राम ब्राउनसुगर भेटिएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शाहसँगै मोटरसाइकलमा पछाडि सवार धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय जमनसिंह धामीलाई पनि पक्राउ गरेको छ।

Read More

कैलाली: कैलालीमा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। मंगलबार साँझ घोडाघोडी नगरपालिका–६ झलझलीयाको भित्री सडकमा ट्याक्टरबाट खसेर बर्दगोरिया गाउँपालिका–३ खैरेनी शिविरका २७ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। बर्दगोरिया–३ खैरेनी शिविरकै २७ वर्षीय सुवास चौधरीले चलाएको ना४त ८७१५ नम्बरको ट्याक्टरबाट खस्दा अर्जुनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

बझाङ: बझाङको बुँगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार साँझ बुँगल नगरपालिका–९ भेडेगैरस्थित देउलिकोटबाट धौलकाँडा बैतडी जाने कच्ची सडकमा सालनाल सहितको नवजात शिशु बेवारिसे मृत अवस्थामा फेला परेको हो। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज(बुधवार) प्रदेशभर शोक बिदा दिएको छ। मंगलबार सवारी दुर्घटनामा निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले बुधवार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको बताए। यस्तै कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज धनगढीको कबर्डहलमा मन्त्री सिंंहको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिइने जनाएको छ।

Read More

काठमाडौँ: देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव तथा बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने कोशी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More

दार्चुला — अपिहिमाल गाउँपालिकाको राखुपा लेकमा हिउँमा चिप्लिएर एक जनाको मृत्यु भएको छ । यार्सा गुम्बा संकलनका क्रममा अपिहिमाल गाउँपालिका–४ का ओखल्याडीका अन्दाजी ४५ वर्षीय लक्ष्मण सिंह बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यार्सागुम्बा पाटन पुगेका बोहराको मंगलबार दिउँसो १ बजेतिर हिउँमा चिप्लिएर मृत्यु भएको खबर प्राप्त भएको छ ।

Read More

धनगढी: दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी क्षेत्रमा ट्रक दुर्घटना भएको छ। आज (मंगलबार) ग्वानीमा ट्रक दुर्घटना हुँदा चालक र गाडी धनि घाइते भएका छन्। धनगढीबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेको सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रकको स्टेरिङले काम नगर्दा ट्रक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुर्घटना परि घाइते हुनेमा गाडी चालक करनसिंह राना र गाडी साहु जनकराज बिष्ट रहेका छन्। चालकको खुट्टामा चोट लागेको छ भने दुबै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्रक मंगलबार राति पौने ९ बजेतिर दुर्घटनामा परेको हो। ट्रक सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको…

Read More

काठमाडौँ: छात्रवृत्ति विवरण नबुझाउने ३९ ओटा विद्यालयलाई काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँका दरले जरिबाना तोकेको छ । महानगर क्षेत्रभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ ओटाले छात्रवृत्ति विवरण बुझाएका र बाँकी ३९ ओटाले नबुझाएका महानगरले जनाएको छ । उनीहरुबाट महानगरले एक लाख रुपैयाँका दरले जरिबाना लिने मेयर बालेन्द्र शाहले बताए । जरिबाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले बताए । महानगरको इतिहासमा यो पहिलो पटक हो । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका छन् ।

Read More

काठमाडौँ: नेकपा एमालेका सांसद तारा लामा तामाङले अर्थमन्त्री प्रकाशशरण महतले आवश्यकता भन्दा पनि व्यक्तिको पहुँचको आधारमा रकम बाँडेको आरोप लगाएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले सरकारले आवश्यकतालाई ध्यान दिनेभन्दा पनि पहुँचलाई आधार बनाएको भन्दै असन्तुष्टि प्रकट गरे। एमाले सांसद तामाङले अर्थमन्त्री र अर्थमन्त्रालयसँग आफ्नो निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको छोटी भन्सारलाई व्यवस्थित गरेर राजस्व संकलन कसरी गर्ने भन्ने कुनै योजना नभएको आरोप लगाए। ‘कञ्चनपुरको बेलौरी भन्सारले धेरै क्षेत्र ओगट्थ्यो। तर, त्यसलाई व्यवस्थित नगरी सेटिङको भरमा छोटी भन्सार नचलाएको भन्ने सुनेको छु। यो काम सरासर गलत हो। अर्थमन्त्रालय र अर्थमन्त्रीको यसमा ध्यान जान आवश्यक छ,’ सांसद तामाङले भने। सुदूरपश्चिम सरकारका…

Read More