Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलामा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको अपिहिमाल गाउँपालिका-३ का दमनसिंह कार्कीको मंगलवार करेन्ट लागेर मृत्यु भएको हो । उनी अपिहिमाल गाउँपालिका-४ स्थित सरस्वती आधारभूत विद्यालय मरखोलामा शिक्षण गर्दै आइरहेका थिए । आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विद्युत मर्मत गरिरहेका बेला करेन्ट लागेर कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले विधेयकमा असहमति जनाउँदै ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन् । फागुन २५ मा राष्ट्रपति बनेका पौडेलले…

Read More

धनगढीः कैलालीको धनगढीमा एक पुरुष मृत फेला परेका छन्। आज बिहान धनगढी उपमहानगरपालिका–१७ पथरीस्थित शिवगंगा नदीको किनारमा करिब ६५/७० वर्षीय भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौँ: पूर्व मीस नेपाल श्रृंखला खतिवडा आज बिहान काठमाडौं आइपुगेकी छन् । उनी अमेरिकामा अध्ययन पूरा गरेर आज स्वदेश फर्केको बताइएको छ । उनी नयाँ प्रेमी सम्भव स्वाँर सिरोहियासँगै टर्किस एअरलाइन्समा इस्तानबुल हुँदै आएकी हुन् । मीस नेपाल २०१८ श्रृंखला खतिवडा बिहान सवा ६ बजे काठमाडौं आइपुगेको बुझिएको छ । उनीसँगै नयाँ प्रेमी तथा कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक कैलाश सिरोहियाका छोरा सम्भव पनि काठमाडौंबाट आएका हुन् । पार्किङमा राखिएको सेतो रंगको ५६७८ नम्बरको जगुवार कारमा फूलको बुकेसहित उनी अगाडिको सीटमा बसेर विमानस्थलबाट बाहिरिएकी हुन् । कार प्रेमी सम्भवले हाँकेको बताइन्छ । श्रृंखलाको नाम यसअघि हेटौंडाका सिसम बानियासँग जोडिएको थियो ।…

Read More

धनगढी: धनगढीमा एक भारतीय नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। आज धनगढीको चौराहमा २४७६ नम्बरको कारले एक मोटरसाइकललाई ठक्कर दिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख बिरेन्द्रसिंह जोहारीका अनुसार सो कारलाई नियन्त्रणमा लिएर जिप्रका पठाइएको छ। यस्तै मोटरसाइकलमा सवार २ जनाको भने मायामेट्रो अस्पतालमा उपचार भइहेको छ। दुर्घटनाको थप विवरण खुल्न बाँकी छ।

Read More

कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको छ । पुर्नवास नगरपालिकाको आयोजना, एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको हो । कार्यक्रमअन्तर्गत मुल बिरामीको गोपनियता कायम राखेर, बिरामीको परिवार, छिमेकी र समूदायका सम्पर्क व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ । एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे)लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ । नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले कुनै पनि रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व भएको बताए । कुष्ठरोग रोकथाम कार्यक्रम पालिकाका ११ वटै वडामा सञ्चालन गरिने उनले बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय…

Read More

धनगढी: नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ धनगढी पुगेका छन्। आज बुधबार भर्खर उनी धनगढी पुगेका हुन्। विप्लव पार्टीको प्रशिक्षणका लागि यहाँ आएको सुरक्षा स्रोतले जानकारी दिएको छ। कैलालीको सुखड हुँदै सडकमार्गबाट धनगढी छिरेका विप्लवले अहिले धनगढीको सनलाइट होटलमा खाना खाएर ओम प्यालेशमा प्रशिक्षण दिने कार्यक्रम छ। नेकपाको सेती तथा महाकाली व्यूरोले उक्त राजनैतिक तथा वैचारिक प्रशिक्षण आयोजना गरेको हो।

Read More

काठमाडौं: भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राति मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्। भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

Read More

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मरेपछि आफ्नो शालिक बनाउन र स्मृति दिवस मनाएर खर्च नगर्न भनेका छन् । अनेमसंघद्धारा काठमाडौंमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई सम्झिने वा स्मृति दिवस मनाएर खर्च गर्ने कार्य आवश्यक नभएको बताएका हुन् । ‘म मरेपछि मलाई सम्झिनु पर्दैन् । मेरो शालिक बनाउनु पर्दैन् ।’, उनले भने, ‘किन समय खेल फाल्ने ? मूर्ती बनाउनु पर्दैन् । सालिक बनाउनु पर्दै । स्मृति दिवस मनाएर खर्च गर्नु पर्दैन् ।’

Read More

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) कुलदिप चन्द इटली गएका छन्। उनी हिजो इटाली पुगेका हुन्। उनी त्यहाँ नेपालको तर्फबाट तालिमका लागि गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार नेपाल प्रहरीबाट सो तालिमका लागि डिएसपी चन्द र एक जना अर्का इन्सपेक्टरमात्रै गएका छन्। युएन ट्रेनिङ सेन्टरले आयोजना गरेको महिला, बालबालिका लगायत विविध क्षेत्रसँग सम्बन्धित पुलिसिङबारे तालिम लिन चन्द त्यहाँ गएका हुन्। केही दिन उनी इटलीमै रहने र तालिम सकेर नेपाल फर्किने बताइएको छ।

Read More