Author: महेन्द्रनगर पोष्ट

धनगढी : कांग्रेस एमाले गठबन्धनको नयाँ सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारमा कांग्रेसबाट तीन जना र एमालेबाट एक जना गरि चा मन्त्रीको टुङ्गो लागेको हो । कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा आरजु देउवा र पर्यटन मन्त्रीमा बद्री पाण्डेको टुङेगो लागेको छ । यस्तै एमालेबाट उद्योगमन्त्री दामोदर भण्डारी दोहोरिँने भएका छन् । नयाँ मन्त्रीहरूको शपथ आजै हुँदै छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। प्रधानमन्त्रीको शपथ बिहान ११ बजे तय भएको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ हुने भएको छ। संविधानको धारा ७६ (२) अनुसार नेपाली कांग्रेससहितको समर्थनमा…

Read More

धनगढीः  कैलालीको गोदावरीमा अटोले ठक्कर दिँदा दुई जना घाइते भएका छन्। गोदावरी नरपालिका–३ मा अत्तरियादेखि खमौरा जाँदै गरेको अटोले साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन। आज (आइतवार) दिउँसो से १ ह २७१८ नम्बरको अटोले साइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका–३ मालाखेतीका ५ वर्षीय निमेष भट्टराई र गोदावरी–३ कृष्ण मन्दिरका १७ वर्षीय लोकेश भट्टराई घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ। घाइते दुवै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। अटो चालक गोदावरी–१० खैमौराका योगेन्द्र खड्कालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढीः कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ एकतापुर शिविरमा बस्ने ११ वर्षीय आरनेल चौधरीको मृत्यु भएको हो। उनी  घर नजिकै आकासे  पानीले जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। पानीमा डुबेर बेहोस भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगेकामा डाक्टरले मृत घोषणा गरेका थिए। उनको शव अहिले सोहि अस्पतालको शव गृहमा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–१ मोहन्याल मन्दिर स्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको से२प २७५९  नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना किशोर घाइते भएका छन्। घाइते हुनेमा गौरीगंगाका १५ पर्षीय चन्द्र घर्तीमगर रहेका छन्। उनको स्थानीय डिके मेमोरियल अस्पताल चौमालामा उपचार भइरहेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: धनगढीबाट बैतडी घर भएका एक किशोर बेपत्ता भएका छन्। अस्तिबाट बैतडीको सिगास गाउँपालिका-९ घर भएर धनगढी बस्दै आएका १६ वर्षीय सुरेन्द्र धामी बेपत्ता भएका हुन्। उनकी दिदी लक्ष्मीका अनुसार सुरेन्द्र २ दिनदेखि कोठामा नआएपछि प्रहरीकोमा जानकारी गराएको र कैलाली प्रहरीले अहिले खोजी थालेको छ। धामी आफ्नी दिदीसँग कोठा भाडामा लिएर बस्दै आएका थिए। उनी धनगढीकै शारदा माविमा अध्ययनरत थिए। यस्तै उनलाई देख्नु, भेट्नुहुनेलाई प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ।

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य महिला तथा बालबालिका मन्त्री ओमविक्रम भाट सरलले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताएका छन् । आइतबार धनगढीमा जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालय कैलाली आयोजनामा गरिएको खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रममा मन्त्री भाटले सो कुरा बताएका हुन् । कार्यक्रमा प्रमुख अतिथि रहेका मन्त्री भाटले खोपलाई सबैले प्राथमिकता राख्नुपर्ने सुझाए। आफ्नो प्रयास प्रदेशको स्वास्थ्यमा सुधार गर्नमा रहेको उनले बताए। प्रदेशको स्वास्थ्य सुधार गर्नका लागि आगामि आर्थिक बर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिएको उनको भनाइ रहेको थियो। स्वस्थ रहनको लागि मानिसले एक घण्टा भए पनि समय दिनुपर्ने उनले सुझाए। उनले समय–समयमा परिवर्तन हुने नेतृत्वले गर्दा पनि…

Read More

काठमाडौं : त्रिशूली नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका छन् । यसअघि पाँच शव फेला परेको थियो । नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँचवटै शवको सनाखत भइसकेको छ । शुक्रबार बिहान करिब ३ बजेतिर सिमलतामा लेदो सहितको पहिरोले दुईवटा बसलाई बगाएको थियो । ६५ यात्रु रहेको दुई गाडीमध्ये ३ जना पौडिएर किनारामा निस्किएका थिए…

Read More

काठमाडौं : प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । राष्ट्रपतिको आह्वान लगत्तै ओलीले दाबी पेस गरेका थिए । प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

Read More

काठमाडौं : गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिव तथा वरिष्ठ प्रहरी अधिकृतको उपस्थित रहेका थिए । शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको…

Read More

काठमाडौं : कामचलाउ सरकारका गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले आफू सरकारमा नरहे पनि गृह मन्त्रालयको कामकारवाहीलाई नजिकबाट नियालिरहने बताएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले सरकार परिवर्तनसँगै अपराध अनुसन्धानमा प्रभाव पर्नसक्ने आशंकासमेत गरे । गृहसचिव र तीन वटै प्रहरी संगठनका प्रमुखहरुलाई अगाडि राखेर उनले नक्कली शरणार्थी प्रकरणका आरोपित बेचन झाको बयान,जिबी राई पक्राउ सम्बन्धमा भएको प्रगतिलगायत अन्य विषयको अनुसन्धानमा हात नकमाउन आग्रह गरे । यी सबै कुरा प्रतिपक्षमा बसेर नियालिरहने लामिछानेले बताएका छन् । राजनीतिमा नयाँ पुस्ता आइसकेको उल्लेख गर्दै उनले अहिले जसरी चलेको छ, त्यसरी चल्दैन भन्ने कुरा महसुस गर्न सुरक्षा निकायका प्रमुखलाई अनुरोध पनि गरे…

Read More