Author: महेन्द्रनगर पोष्ट

धनगढी – कैलालीको चुरे गाउँपालिका–६ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर ६ को बयालामा रहेको मेलकट्टेश्वर माध्यमिक विद्यालयमा शनिबार आइपास नेपालको सहयोगमा चुरे गाउँपालिकाको समन्वय तथा फाया नेपाल र सौभाग्य अस्पतालले संयुक्त रुपमा शिविर सञ्चालन गरेको हो । ग्रामीण बस्तीका महिला तथा बालबालिकालाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वडाका २ सय ५० जनाले लाभ लिएका छन् । विशेषगरी घरायसी काम र आर्थिक अभावका कारण स्वास्थ्यमा समस्या हुँदाहुँदै उपचार गराउन नपाएका महिलाहरुले घरमै लाभ लिएका हुन् ।

Read More

धनगढी – कैलालीको धनगढीस्थित बेहडाबाबा मेलामा आजबाट गंगा दशहरा मेला लागेको छ। तर, निकै चर्चित उक्त स्थानमा सुरक्षा दिन भने कैलाली प्रहरी असफल जस्तै बनेको छ। जसको पुष्टि आज घटेका घटनाले गरेको छ। धनगढी-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरमा हरेक वर्ष गङ्गा दशहराका दिनबाट चार दिनसम्म मेला लाग्ने गर्छ। तर, यो वर्ष भने प्रहरी र मन्दिर व्यवस्थापन समितिको लापरबाही २ जनाको ज्यान गरेको छ भने समाजिक सञ्जाल विभिन्न टिकाटिप्पणीले भरिएको छ। बेहडाबाबा मेलाको सुरक्षा र व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले एक साईकलयात्रीलाई ठक्कर दिएको थियो।ठक्करबाट गम्भीर घाइते…

Read More

धनगढी – सुदूरपश्चिमको धनगढीमा राष्ट्रिय किशोर सञ्जाल नेपाल,राष्ट्रिय किशोरी सञ्जाल र सिविन नेपालको संयुक्त आयोजनामा तीन दिने जीवनउपयोगी सीप तालिम सुरु भएको छ। आजबाट सुरु भएको तालिम जेठ १८ गते सकिने छ। किशोर किशोरीहरूलाई सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जस्ता जीवनोपयोगी सिप जरुरी रहेको र जीविकोपार्जन कार्य गर्न जीवनउपयोगी सीपको आवश्यकता पर्ने भएकोले सो तालिमको आयोजना गरेको बताइएको छ। तालिमको प्रमुख प्रशिक्षक बालिका दुलही होइनन् की राष्ट्रिय संयोजक तथा बाल अधिकारकर्मी निरिजना भट्ट हुनुहुन्छ भने तालिममा प्रदेशका विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै ३० जना किशोर किशोरीको…

Read More

काठमाडौँ – बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र सुर्खेतको वीरेन्द्रनगरकी अन्दाजी ५४ वर्षीया डा. सञ्जु खाती खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ ।

Read More

धनगढी – कञ्चनपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० सडकघाटबाट लागुऔषधसहित भारतको पिलिभितका सोनु सिँह र सुकदेव सिँह पक्राउ परेका हुन्। नेपाल भारत सीमा क्षेत्रबाट मोटरसाईकलमा सवार उनीहरु १० दशमलव ३६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। प्रदेश प्रहरीको आरआइटी र इलाका प्रहरी कार्यालय बेलडाडी तथा प्रहरी चौकी भुडाको प्रहरी समूहले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कानूनी कारबाहीका लागि प्रकृया थालिएको कञ्चनपुर प्रहरीले बताएको छ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२ बाणीका चक्रबहादुर बिष्टको घरमा बिद्युत लाईन सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी हुँदा घरमा रहेको काठ, फर्निचर, लत्ता कपडा, भाँडावर्तन, अन्नपात लगायत अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो।

Read More

धनगढी – दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ मर्खोलामा मंगलवार दिउँसो बिजुली मर्मत गर्ने क्रममा स्थानीय अन्दाजी ३० वर्षीय दमनसिंह कार्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार उनी आफ्नै घर नजिकको बिजुलीको पोलमा चढेर विधुत् मर्मत गरिरहेका थिए ।

Read More

बझाङः- छोराले बावु लाइ बन्चरो प्रहार गर्दा बावु गम्भिर घाइते भएका छन् । जयपृथ्बी नगरपालिका वडा नम्बर ११ दैकुमलामा छोराले आफनै बुबालाइ बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएका हुन । १६ वर्षिय छोरा अमृत रोकायाले अन्दाजी ३०/३२ वर्षिय बुवा बिक्रम रोकायालाइ आज बिहान ३ बजे सुतेको अवस्थामा अनुहारमा बन्चरो प्रहार गर्दा बुवा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । छोराले गाउघरमा पटक पटक झैझगडा गर्ने गरेकाले छोरालाइ झगडा किन गरेको भनेर साझ सम्झाएर सुतेको अबस्थामा बिहान बन्चरो प्रहार गरेका थिए । घटना घटी सकेपछि सँगै सुतेकि आमाले छोरालाइ छुट्रयाउन खोज्दा आमालाइ पनि बन्चरोे प्रहार गरेको जिल्ला…

Read More

धनगढीः धनगढीमा अछामी टाउके राजाको निधन भएको छ। टाउके राजाका नामले परिचित अछामी राज परिवारका सदस्य वीरेन्द्र बहादुर शाहको आज मृत्युु भएको हो। प्रहरीका अनुसार मायामेट्रो अस्पतालमा टाउकेको निधन भएको हो। उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए। मंगलसैन नगरपालिका वडा नम्बर ५ घर भई जिल्ला सदरमुकाम मंगलसेनमा व्यवसाय संचालन गर्दै आएका शाह भलिबलका पुराना खेलडीसंगै नेपाली काँग्रेसका नेता समेत हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा मेला भर्न गएका एक तिर्थयात्रीको ट्याक्टरको ठक्करबाट प्राण गएको छ। धनगढी उपमहानगरपालिका-१६ रामपुरमास्थित बेहडाबाबा जाने बाटोमा पर्ने पथरीमा ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री धनगढी- १ पशुपति टोलका ३६ वर्षीय अमृत सेवाको प्राण गएको हो। उनलाई कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते सेवाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ। आज बिहान मात्रै बेहडाबाबा स्थित तालमा डुबेर डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका २५ वर्षीय लोकेश भाटको मृत्यु भएको थियो।

Read More