Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कुमारी कौशीला चन्द विवादको भूमरीमा फसेकी छन्। जातीय विभेद हुने खालको अभिव्यक्ती दिएको आरोपपछि उनको चौतर्फी आलोचना भैरहेको छ। उपप्रमुख चन्दले नेपाललाई जातीय भेदभावमुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा अस्ती जेठ २१ गते नगरपालिकामै आयोजित एक अन्तरक्रिया कार्यक्रममा भाषण ठोकेकी थिइन्। त्यसक्रममा अन्तरक्रिया चलिरहेकै बेला सोही कार्यपालिका सदस्य प्रेम दयालले प्रश्न उठाए, ‘अहिलेको अवस्थामा पनि हाम्रै नगरपालिकामा जातीय विभेद भइरहेको छ, यसरी त कहिले हुन्छ र छुवाछुत अन्त्य ?’ दयालले कुनै व्यक्ति विशेषलाई तोकेर यस्तो प्रश्न उठाएका थिएनन्, सम्रग नगरपालिकाको अवस्था र आफ्नो पीडा सुनाइरहेको थिए। तर, दयालको त्यो प्रश्नले उपमेयर कौशिला चन्दको छोयो। उनले…

Read More

धनगढीः धनगढीको बिशालनगरमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ। धनगढी उपमहानगरले सडक फराकिलो बनाउन बिशालनगर सडक आसपासका क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना बिहीबारदेखि भत्काउन सुरु गरिएको हो। साँघुरो सडकका कारण दुर्घटनाको जोखिम हुन थालेपछि उपमहानगरले सडक चौडा बनाउने योजना ल्याएको हो।

Read More

धनगढी: बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या गरेको आरोपमा एक युवा समातिएका छन्। आज (बिहीबार) धनगढीको बसपार्कबाट कैलाली प्रहरीको मोबाईल टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीको उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा रनसिंह ऐडी रहेका छन्। उनलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा पक्राउ गर्न बाजुरा प्रहरीले पत्राचार गरेको थियो। सोही अनुसार कैलाली प्रहरीसहित अनेरास्ववियु कैलाली र राष्ट्रिय युवा संघ नेपालको सहयोगमा उनलाई समातिएको बताइएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा चेतनको विभत्स हत्या भएको थियो। उनी अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्षसमेत थिए। घटनापछि फरार रहेका रनसिंह लामो समयदेखि धनगढीमा…

Read More

याङ्गुन : म्यानमारको सेनाको हेलिकप्टर बिहीबार बिहान ने पाइ ताव केन्द्र शासित क्षेत्रको लुई टाउनसिपमा दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। म्यानमारको राज्य प्रशासन परिषद्ले जनाएअनुसार तालिमका क्रममा मण्डले क्षेत्रको मिक्टिला जाँदै गरेको सेनाको हेलिकप्टर टाउनसिपको लेदारगी गाउँबाट करिब पाँच किलोमिटर दक्षिणपश्चिममा रहेको लेवे टाउनसिपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हो । मृत्यु हुनेमा हेलिकप्टरका पाइलट र प्रशिक्षार्थी रहेको बुझिएको छ।

Read More

काठमाडौं : नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ । बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् । सूचना, संचार तथा प्रचार विभागको मीनबहादुर विश्वकर्मा छन् ।

Read More

अत्तरिया : शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडि थाल ठटाएर प्रदर्शन गरेको छ । समितिले गेटामा स्वास्थ्य विश्वविद्यालयको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आईरहेका छन् । विश्वविद्यालय सञ्चालनको माग गर्दै भोलि शुक्रबार दिउँसो फेरि पनि प्रदेश सभा प्रवेशद्वारमा शंक र सिट्टी बजार प्रदर्शन गरिने संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगा’ ले जानकारी दिए । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएपनी बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भनिएपछि १५ दिनदेखी आन्दोलन भईरहेको छ । आफ्नो माग सम्बोधन नभएसम्म विभिन्न…

Read More

काठमाडौँ : अवैध अनलाइन बेटिङकाे प्रचार गरेकाे आरोपमा पक्राउ परेका ८ जनादाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनलाइन बेटिङ एप्लिकेसनमार्फत अवैध बेटिङको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन्। नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा पुँजीवादको जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको पनि उनले बताएका छन्। ‘हामी झन्‌झन् परनिर्भर हुँदै गएका छौँ, सानो सानो कुरा पनि मागेर/चोरेर/भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइॅफुट्टा हुँदै गएका छौँ’, डा। भट्टराईले सामाजिक…

Read More

काठमाडाैं : सरकारले अब वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिका व्यक्तिको निगरानी राख्ने भएको छ । आन्तरिक राजस्व विभागले मातहतका सबै कार्यालयहरूलाई परिपत्र गरेर यस्तो निर्देशन दिएको छ । विभागले मंगलवार जारी गरेको निर्देशनमा वार्षिक ४० लाख रुपैयाँभन्दा वा सोभन्दा बढी आय भएका प्राकृतिक व्यक्तिसँग कानूनअनुसार कर लिन भनिएको छ । विभागका अनुसार कतिपय करदाताको विवरण ४० लाख रुपैयाँभन्दा बढी आय भएको देखिएको तर अग्रिम कर कट्टी नभएको देखिएको छ । अग्रिम कर कट्टी गरेका तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गरेर कानूनअनुसार कर लगाउन विभागले यस्तो निर्देशन जारी गरेको हो । विभागले वार्षिक ४० लाख रुपैयाँभन्दा बढी…

Read More

सुखड : कैलालीमा ९ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बि.क.को पौडी खल्ने क्रममा नदिमा डुबेर मृत्यु भएको हो। बुधवार घर नजिकैको काँडा नदिमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेहोस भएका उनको बर्दगोरिया अस्पताल बौनियामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More