Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकामा सरकारी सवारी साधनको दुरुपयोग भएको आरोप लगाउँदै नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुनर्वास समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ। पुनर्वास नगरपालिकामा सरकारी नम्बर प्लेट भएका सवारी साधन र ईन्धनको चरम दोहन भएको जनगुनासो आएपछि आफूहरुले नगरपालिकालाई खबरदारी गरेको रास्वपा पुनर्वासका सभापति सुरेश गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  व्यक्तिगत काम तथा पारिवारिक सदस्यले उपभोग गर्ने र सिमावर्ती भारतीय बजारमा किनमेल गर्न सरकारी सवारी साधन लैजाने गरिएको जनगुनासो बढेपछी नगरपालिकाको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।

Read More

डडेल्धुरा : समाजसेवी विनय प्रकाश मल्लले डडेल्धुराको अमरगढी नगरपालिका- ६ का ४ जनालाइ खाद्यान्न सहयोग गरेका छन्। उनले दुमडा निवासी जानकी टमटा ,।एलिशा ताम्राकार र सोही वडा छचोडा निवासी मनिशा ताम्राकार र सावित्री ताम्राकारलाई खाद्यान्न सहयोग गरेका हुन्। मल्लले प्रतिव्यक्ति १ कट्ठा चामल, २ किलो दाल, २ पोका तेल, नुन र मसला गरि ४ जनालाई खाद्यान्न सहयोग गरेका हुन्। समाजसेवी मल्लले विगत ८ वर्षदेखि डडेल्धुराका विभिन्न क्षेत्रमा रहेको दिनदुखीलाई राहत, स्वास्थ्य उपचार, शिक्षा, बिधालयमा शैक्षिक सामग्री, पढ्नबाट बञ्चित भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक, मठमन्दिर निर्माण तथा कला संस्कृतिहरुलाई जेगर्ना गर्नका लागि सहयोग गर्दै आईरहेका छन्। डडेल्धुरा घर भएका मल्ल…

Read More

काठमाडौं: प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरेको हो। विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिए। विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए। उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

Read More

दैलेख: दैलेखमा गएराति चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएका छन्। राति सुतिरहेका बेला साढे १० बजेतिर चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । घाइते हुनेहरुमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए। उनीहरुलाई गएराति नै एम्बुलेन्सबाट उपचारका लागि दैलेख अस्पताल पुर्‍याइएको छ । चारै जनाको अवस्था खतरामुक्त रहेको दैलेख अस्पतालका इञ्चार्ज डा. धर्मराज रेग्मीले जानकारी दिए।  

Read More

बैतडी: गएको शनिबार अर्थात ३० गते बैतडीका प्रमुख जिल्ला अधिकारीको टोली रामपाताल भन्ने स्थानमा ऐँसेलु खान गएको थियो। उक्त टोलीमा सिडियो सुरेश पन्थीसहित डिएसपी प्रेम शाही लगायतका व्यक्ति थिए। त्यहाँ उनीहरुको भेट केही मजदुर महिलासँग भयो। दशरथचन्द नगरपालिका-४ मा पर्ने उक्त स्थानमा रहेका ती महिलाहरुसँग कुराकानी गर्दा उनीहरुले एउटा गुनासो गरे। ‘कुराकानी गर्दा महिलाहरुले आफूहरुले दुई वर्षदेखि गिट्टी कुटेको ज्याला नपाएको गुनासो गरेका रहेछन्’ जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले भने, ‘त्यसपछि ठेकेदारसँग कुरा गरेर महिलाहरुलाई ज्याला प्रदान गरिएको छ।’ प्रजिअ पन्थीले दुई वर्षपछि तीन जना महिला कामदारले काम गरेबाफतको १ लाख ज्याला दिलाएका हुन्। सम्बन्धित निर्माण व्यवसायीसँग कुरा…

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी  र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेशका एक दुई स्थानमा  चट्याङ्ग र हावाहुरीसहित क्षणिक…

Read More

डडेल्धुरा: दशरथचन्द राजमार्ग अन्तर्गत अनारखोलीमा बस दुर्घटना भएको छ। बैतडीको पाटन नगरलालिका-८ मा पर्ने उक्त स्थानमा नेपालगन्ज मेडिकल कलेजको बस दुर्घटना भएको प्रहरीले जनाएको छ। केही बेरअघि(सोमबार राति १० बजे) भे १क ३१८ नम्बरको उक्त बस अनारखोलीको तल्लो मोडमा दुर्घटनामा परेको हो। बसमा १७ जना सवार रहेकोमा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घाइते हुनेहरुमा बाँके नेपालगंज उपमहानगरपालिका १२ का ३५ वर्षीय जंग बहादुर चौधरी, सोही ठाउँका ३२ वर्षीय शिसिर खड्का, ४४ वर्षीया रिता देवकोटा, ४६ वर्षीया सावित्री पौडेल, ४८ वर्षीया सुनिता खड्का, ४० वर्षीया ललिता गुरुङ रहेका खोडपे प्रहरी चौकी इन्चार्ज, प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी…

Read More

कैलाली: कैलालीको धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई उपमहानगरपालिका–४ शहीद गेटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए।  धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको साउँदले बताए। पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको बताइएको छ।

Read More

कैलाली: कैलालीको गोदावरी नगरपालिका–६ का किसानलाई बंगुर वितरण गरिने भएको छ । सो वडाका किसानलाई १५० बंगुरका पाठापाठी वितरण गरिने भएको हो । भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीको साझेदारीमा २ समूह मार्फत बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ । जंगली बंगुरपालन कृषक समूहकी अध्यक्ष विमला चौधरीका अनुसार बंगुर पालन किसान समूह र जंगली बंगुरपालन किसान समूह मार्फत किसानहरुलाई बंगुरका पाठापाठी वितरण गर्न लागिएको छ । कार्यक्रम अन्तरगत एक जना किसानलाई २ ओटा बंगुर वितरण गरिने बताइएको छ ।

Read More

कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध उजुरी दिन आग्रह गरेको छ । सो सहकारीको जिल्ला शाखाले बचतकर्ताको बचत रकम, सावाँ, ब्याज फिर्ता नगरेको वा ठगी गरेको भए उजुरी दिन आग्रह गरेको हो । प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो संस्थाका विभिन्न जिल्ला शाखाका बचतकर्ताले बचत रकम फिर्ता नपाएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिएकाले कञ्चनपुरमा पनि त्यस्तो समस्या भए जाहेरी दरखास्त पेश गर्न आग्रह गरेको हो । जिल्ला प्रहरीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न सूचनामार्फत अनुरोध गरिएको छ ।

Read More