Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा भएको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। भेटमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको जनाइएको छ ।

Read More

बझाङः बझाङको साइपाल गाउँपालिकाभित्रका विद्यालय बन्द गरिएका छन् । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर जाने भएपछि असारसम्मका लागि विद्यालय बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताए । उत्तरी भेगमा पर्ने काँडा, सुर्मा, छविसपाथीभेरा, तल्कोट, दुर्गाथली, मष्टा गाउँपालिका र बुंगल नगरपालिकाअन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सा सङ्कलनमा गएपछि बन्द भएका छन् । उत्तरी भेगमा अवस्थित दूरदराजका विद्यालय बर्सेनि तीन महिना बन्द हुने गरे पनि यो वर्ष भने पालिकाले निर्णय गरेर हिउँदे बिदाको सट्टा एक महिना बिदा दिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए…

Read More

काठमाडौं: सर्वोच्च अदालतमा टीकापुर घटनासम्बन्धी मुद्दाउपर अन्तिम सुनुवाइ भइरहेको छ । यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको रेशम चौधरीसहितविरुद्धको उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको हो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन चौधरी पक्षका कानून व्यवसायीले बहस गरेका थिए । सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गर्नेछन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा परेको र यसअघिदेखि नै सुनुवाइ सुरू भएकाले मुद्दा किनाराको अन्तिम चरणमा छ । ‘इजलासले केही थप बुझ्नपर्ने भए श्रीमान्‌हरूले बुझ्न सक्नुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा रहेको र अन्तिम सुनुवाइ…

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि हिजो एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। उनलाई हिजो साँझ नेपाल प्रहरीको विशेष ब्यूरोले बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी त्यहाँ आफ्नो पूरानो साथीको एक घरमा लुकेर बसेका थिए। अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झ्याप भएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिएको एक अधिकारीले बताएका छन्। उनले फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए। स्वास्थ्य…

Read More

डडेल्धुरा:  डडेल्धुरा सदरमुकामको सडक स्तरोन्नतिको काम अगाडि बढाउन मुआब्जाका लागि सरकारले थप ३० करोड पठाएको छ । यसअघि सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि २० करोड बजेट पठाइएकोमा सोही प्रयोजनका लागि थप ३० करोड बजेट पठाइएको हो ।  महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडक खण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पठाइएको पत्र आइसकेको छ।  अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई ३० करोड प्राप्त भएको कार्यालय प्रमुख दीपक झाले जानकारी दिए । उनका अनुसार अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको बैठक…

Read More

नवलपरासी: नवलपरासी पूर्वकाे नन्दपुरमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएकाे हाे।  चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा उनीहरुलाई नारायणी नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।  हिजाे बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैकाे शव गए राति फेला परेकाे पाठकले बताए।

Read More

काठमाडौँ: नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरीले जनाएको छ। पक्राउ परे लगत्तै मेडिकल जाँच गरी उनलाई लैनचौरस्थित प्रहरी हिरासतमा लगिएको थियो। थप अनुसन्धानका लागि रायमाझीलाई म्याद थप्न जिल्ला अदालत काठमाडौँमा लैजान लागिएको हो ।

Read More

चितवन: पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटनामा परेको छ। कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस अनियन्त्रित भई गए राती दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

Read More

जन्मिएको मेरो गाउँको कथा बेग्लै छभोग्दै गरेको जिन्दगीको ब्याथा बेग्लै छयहाँ खुसीका आयामहरु खोज्दै गर्दाझुपडीका डिलहरुमा आभासहरु रोज्दै गर्दासपना सपनामै तुहिदा रहेछन्रहरहरु ओइलिएर झर्दा रहेछन्मैले बाचेको यो गाउँघरलाईचट्टकै माया मारेर जानुको,बाध्यता फरक छआत्मियता फरक छरचियता झनफरक नै छमस्त निन्द्रा, निद्रासँगै आरामको जीन्दगीजिउन कसलाई रहर नहोला रसजिएका सपनाहरुलाईबिउताउन कसलाई रहर नहोला रतर बाध्यातामा रुमलिएपछिॠणको भारिमा अल्मलिएपछिहत्केलाको रेसाले पनि तयहाँ काम गर्न छोड्दो रहेछकष्टकरको बन्धनमा बाधिएपछिअधरमा जिन्दगी गासिएपछिमर्दको गर्दन धाँसिएपछि आफन्तले घर झलमल्ल छ भन्दै गर्दाखेरीमेरो अन्तर्मनले कहाँ मान्थ्यो सधैंभरीरातदिन गरिएको सांहुको किचकिचत्यहीमाथि ऋणको सधैं झमेलासोच्थे कहि परे म कुन नर्कको बेलाच्यातिएका च्यादरहरुलाईसिलाउन भए मैले जानू छरङिन सपना बिलाउन भए पनि मैले…

Read More

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएको छ । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए । ‘दैनिक चार हजारदेखि पाँच हजार सम्मको अगरबत्ती बिक्री…

Read More