Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको चुरे गाउँपालिका-५ का विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न नोटिस जारी गरिएको छ । सव डिभिजन वन कार्यालय सहजपुरले अतिक्रमित बस्ती खाली गर्न ७ दिने नोटिस जारी गरेको हो । चुरे गाउँपालिका–५ अन्तर्गत निगलाडी खोलादेखि भासुसम्म भीमदत्त राजमार्ग आसपास तथा जमुनीगाडा र खानीडाँडादेखि माल जाने आसपासको पुरै वन क्षेत्र खाली गर्न ७ दिने नोटिस जारी गरिएको छ । सूचना जारी भएको ७ दिनभित्र वन क्षेत्रभित्र निर्माण गरिएका घरटहरा खाली गरेर आ–आफ्नो सामान लैजाने काम नभए बलपूर्वक वन क्षेत्र खाली गरिने र वन ऐन २०७६ बमोजिम कडाभन्दा कडा कारवाही गरिने समेत जारी सूचनामा उल्लेख छ…

Read More

काठमाडौँ: नेपाल बार एशोसिएशनले रेशमलाल चौधरीको आममाफी संवैधानिक सर्वोच्चता, विधिको शासन एवम् आममाफीसम्बन्धी अवधारणाविपरीत भएको बताएको छ । टीकापुर नरसंहारमा दोषी ठहर भएपछि जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएपछि एशोसिएशनले आपत्ति जनाएको हो । सरकारबाट हुने यस्ता कार्यले दण्डहीनतालाई प्रशय दिने उल्लेख गर्दै एशोसिएशनले नेपाल सरकार, राज्यको मुख्य अंग र सोका प्रमुखलाई अदालतबाट भएका सजाय माफी र पीडितको न्यायको विषयमा गम्भीर हुन ध्यानाकर्षण गराएको छ । एशोसिएशनकी महासचिव अन्जिता खनालले आज विज्ञप्ति जारी गर्दै २०७२ सालको टीकापुर घटनासँग सम्बन्धित व्यक्तिलाई सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिइएकोमा असन्तुष्टि जनाएकी…

Read More

काठमाडौँ: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रेशमलाल चौधरीले आममाफी पाएकोप्रति खुसी व्यक्त गरेका छन् । सोमबार साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीको रिहाइले आफू खुसी भएका बताएका हुन् । चौधरीको रिहाइका लागि आफूले पनि थुप्रैपल्ट प्रदर्शन गरेको बताउँदै उनले लेखेका छन्, ‘सागर बरु सुकेर गइजाला जान्न माया कहिले नसुकेर । यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें । उहाँको संगीत हो यो । अनेकनचोटि मैले उहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें । आज म खुसी छु ।’

Read More

धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध दुई सय ४४ उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि मिटरब्याजीपीडितले उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा बोलाई मिलापत्र गराउने र मुद्दा चलाउन मिल्नेमाथि सम्पत्ति शुद्धीकरणलगायत मुद्दा प्रक्रिया अगाडि बढाइने बताइएको छ । मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर, घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि त्यस विरुद्ध पीडितले प्रशासनमा उजुरी दर्ता गएका हुन् ।

Read More

डडेल्धुराः डडेल्धुरा कारागारका तीन जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा डडेल्धुरा कारागारबाट दुई पुरुष र एक महिला कैदीबन्दी रिहा भएका हुन् । मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा हुने निर्णयपछि उनीहरू रिहा भएका हुन् । कर्तव्य ज्यान मुद्दाका एक महिला, सवारी ज्यान मुद्दाका एक पुरुष र डाका चोरी मुद्दाका एक पुरुषलाई रिहा गरिएको कारागारका जेलेर जितेन्द्र ओझाले बताए।

Read More

धनगढीः मलद्वारमा राखेर नेपाल भित्र्याइएको अवैध सुन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। यूएईको सारजाहबाट काठमाडौँ आएका भारतीय नागरिक महमद उसिनले झोल बनाएर मलद्वारबाट पेटमा छिराई ल्याएको एक किलो ७५ ग्राम सुनसहित प्रहरीले आज दिउँसो उनलाई पक्राउ गरेको हो। एयर अरेबियाको उडान नम्बर जी ९–५३६ बाट नेपाल आएका केरलाका मोहमदले अस्वाभाविक गतिविधि देखाएपछि विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो। त्यसक्रममा सुनलाई तरल बनाएर मलद्वारबाट छिराई पेटमा लुकाएर ल्याएको खुलेको हो। पेटमा सुनको झोल राखेका उनी बाङ्गिएर हिँडेको देखेपछि आशंका लागेर सोधपुछ गर्दा घटना बाहिर आएको विमानस्थल प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद भएको छ । अवैधरुपमा नेपाल भित्र्याइएको उक्त सुनसहित तस्करसमेत समातिएका छन् । भन्सार छुटाएर बाहिर निस्किसकेको अवस्थामा शंका लागेपछि घुमुवा प्रहरीको टोलीले छानविन गर्दा सुन बरामद भएको बताइएको छ । यसबारे अहिले छानविन भइरहेको विमानस्थल प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारको अभियानमा लाग्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा उनले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानमा लाग्ने बताएका हुन् । “म काँग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दैगर्दा महामन्त्री गए जाओस्,” महामन्त्री थापाले भने, “म काँग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे तयार छु ।” उनले तत्कालको काम पार्टीका नेता कार्यकर्तालाई निराशाबाट बाहिर ल्याउनुपर्ने भन्दै त्यसका लागि सबैको साथ चाहिएको बताए । पार्टी सुधार गरे काँग्रेसप्रतिको भरोसा नटुट्ने र नयाँ/पुराना दलले असर पनि नगर्ने उनको भनाइ छ ।

Read More

धनगढी: धनगढीका विभिन्न क्याम्पसहरुमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले डस्टबिन राखेको छ। आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा धनगढीका ५ क्याम्पसमा फोहोर विसर्जनका लागि भन्दै डस्टबिनहरु राखिएको हो। नेविसंघको नगर कमिटीले हरेक क्याम्पसमा २/२ कुहिने र नकुहिने गरी डस्टबिन राखेको नगर सभापति दिपेश बोहराले बताए। सरसफाइलाई बढावा दिन डस्टबिन राखिएको उनले बताए। धनगढीको एसपीए क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस, नेपाल वैस्टर्न कलेज र एलाइन्स कलेजमा डस्टबिन राखिएको हो।

Read More

गण्डकी: देशमा गणतन्त्र आउनुपूर्व फेवाताल किनाराको रत्नमन्दिर परिसर एक छिन घोरिएर हेर्न पनि डराउनुपर्थ्यो । सवारीसाधन परिसरको मार्गमा रोक्न त पाइँदैनथ्यो नै नजानेर किनाराबाट पैदल हिँड्ने सर्वसाधारण पनि सुरक्षाकर्मीको गाली खाएपछि अर्को किनाराबाट हिँड्न बाध्य थिए । त्यही रत्नमन्दिर भित्र आज भने हुलकाहुल पोखरेली भित्रै पसेर फोटो र सेल्फी लिन व्यस्त देखिन्थे । गणतन्त्र स्थापनाको १५ वर्ष पूरा भएका अवसरमा पोखरेलीको वर्षौंदेखिको रत्नमन्दिर हेर्ने चाहना आज पूरा भएको छ । नेपाल ट्रष्टको कार्यालयले आजैदेखि सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला गरेको हो । पर्यटकीय नगरी पोखरामा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले एक कार्यक्रमका बीच औपचारिक रुपमा सर्वसाधारणका लागि रत्नमन्दिर खुल्ला…

Read More