Author: महेन्द्रनगर पोष्ट

बैतडी: जिल्ला कारागार बैतडीमा रहेका एक जना कैदीबन्दीको सजाय माफ गरिएको छ । गणतन्त्र दिवसको अवसरमा जिल्लाको सुर्नया गाउँपालिका–४ का देवेन्द्रबहादुर कुवँरको बाँकी कैद मिनाहा भएको कारागार बैतडीका प्रमुख धारा भण्डारीले बताइन् । कर्तव्य ज्यान मुद्दामा २०७३ पौष २९ गते कारागार चलान भएका कुँवरको कैद भुक्तान २०८४ असार २८ हुने भएपनि गणतन्त्र दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको भण्डारीले बताइन् ।

Read More

काठमाडौँ: चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो समयलाई…

Read More

काठमाडौँ: आज १६औँ गणतन्त्र दिवस। सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच मनाइएको छ । नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएको छ । तस्विर : रासस

Read More

काठमाडौँ: उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बम धनगढी फर्किएका छन्। उनी सोमवार बिहान श्री एयरलाइन्सको विमानबाट धनगढी फर्किएका हुन्। न्यायाधीश बम बिहान साढे ९ बजे काठमाडौँबाट धनगढीका लागि उडेका थिए ।

Read More

धनगढी: धनगढी उपमहानगरपालिकामा भोलि (मङ्गलवार) सार्वजनिक बिदा दिइएको छ । उपमहानगरले आज सूचना जारी गर्दै मङ्गलवार सार्वजनिक बिदा दिइएको जनाएको हो । १६ गते गंगादशहरा पर्व भएको र उक्त दिन वडा नम्बर १६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा सो पर्व मनाइने हुँदा उक्त दिन बिदा दिइएको सूचनामा उल्लेख छ । साथै सो मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने उद्देश्य रहेको हुँदा उपमहानगरमा स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाको छ लेन सडक खण्डको रेलिङ पोलमा ट्रक ठोक्किएको छ । ना.६ ख २६२८ नम्बरको ट्रक ठोक्किएर पोल भत्किएको हो । ट्रकलाई नगर प्रहरीले नियन्त्रणमा लिई जिल्ला ट्राफिक प्रहरीलाई बुझाएको छ । क्षति भएको रेलिङ पोललाई ट्रक धनीले सोमवार बनाउने सहमति भएको जानाइएको छ ।

Read More

काठमाडौँ: आममाफी पाएपछि कारागारबाट निस्केका रेशम चौधरी मन्त्री क्वार्टरबाट माइतीघर पुगेका छन् । आज बिहान बाजागाजा र फूलमालासहित डिल्लीबजार सदरखोरबाहिर स्वागत गरिएका उनी मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगै मन्त्री क्वार्टर पुल्चोक गएका थिए । त्यहाँबाट निस्केर उनी माइतीघर पुगेका हुन् । चौधरी बागमती प्रदेश ०२४ च ८२७२ नम्बरको गाडीमा मन्त्री क्वार्टरबाट निस्केका हुन् । डिल्लीबजार सदरखोरबाट निस्केपछि उनी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिताको सवारी साधनमा सैनिक सुरक्षाका साथ झण्डा हल्लाउँदै मन्त्री क्वार्टरको ब्लक बी ३ भवन पुगेका थिए ।

Read More

बैतडी: शिक्षकको सरुवा गरेको भन्दै बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै पाटन नगरपालिका ३ स्थित बालकल्याण आधारभूत विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।  शिक्षक पनेरुको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ । नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए । शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग रही आएको छ ।  नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वरमा माविमा काजमा सरुवा गरिएको जनाएको छ ।

Read More

धनगढीः धनगढी उपमहानगरको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। आज उपमहानगरपालिको टोली भारतको नयाँ दिल्लीमा शैक्षिक अवलोकन भ्रमण कार्यक्रमका लागि गएका हुन्। धनगढीका सामुदायिक विद्यालयमा कक्षा ८ को नतिजा शून्यजस्तै आएको थियो। सोही कारण अवलोकन भ्रमण गएको जनाइएको छ। नगर उप–प्रमुखको नेतृत्वमा कार्यपालिका सदस्यहरू, नगर शिक्षा समितीका पदाधिकारीहरू विभिन्न विद्यालयका प्राध्यानाध्यापक/शिक्षकहरू र शिक्षा युवा तथा खेलकुद महाशाखाका कर्मचारीहरू सहितको  टोलीलाई आज बिहान बिदाई गरिएको छ।   

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशमलाल चौधरीले टीकापुर हत्याकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । सोमबार डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले टीकापुर घटनामा मारिएका परिवारले पनि न्याय पाउनुपर्ने बताएका हुन्। उनले भने, ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ। त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ।’   गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन्।   

Read More