Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – सरकारले अमेरिकाले सार्वजनिक गरेको धार्मिक स्वतन्त्रतासम्बन्धी प्रतिवेदनमा नेपालबारे उल्लेख भएका विषयप्रति असहमति जनाउँदै अमेरिकालाई ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अनुसार काठमाडौँस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकालाई यस विषयमा कूटनीतिक नोट पठाइएको हो । सन् २०२२ को धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा नागरिक समाजको हवाला दिँदै भारतको सत्तारूढ दल भारतीय जनता पार्टी ९भाजपा० र अन्य समूहहरूले नेपालका नेताहरूलाई हिन्दु राष्ट्रको पक्षमा बोल्न र समर्थन गर्नका लागि दबाब दिन पैसा दिइरहेको उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक भएपश्चात् संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चासो व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने…

Read More

बागलुङ – बागलुङ नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय भत्काएर कफी शप र बैंकको एटीएम बनाउने तयारी थालेको छ । नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बागलुङको भवन भत्काएर कफी शप र बैंकको एटीएम बनाउने निर्णय गरेपछि स्थानीयले विरोध जनाएका छन् । ‘गाउँघरमा सिंहदरबार’ भन्ने नाराको दुरुपयोग बढेको भन्दै स्थानीयले चर्को आलोचना गरिरहेका छन् ।

Read More

धनगढीः कैलालीमा बस पल्टिएको छ। आइतबार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ दुर्गौली चोकमा ना ६ ख ८८३३ नम्बरको कर्णाली रिभर साइडको बस दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीले उक्त बस अनियन्त्रित भएर पल्टिएको र ८ जना घाइते भएको जनाएको छ। बसमा जम्मा २७ जना सवार थिए। धनगढीबाट टिकापुर गइरहेको उक्त बस दुर्घटनामा परेको हो। घाइतेहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको बताइएको छ। चालक धनगढी बस्ने २६ वर्षीय विकास अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो औपनिवेशिक कालको वनको छेउमा निर्माण गरिएको नयाँ संसद् भवनको उद्घाटन गरेका छन् । ‘यो भवन आधुनिक सुविधाले सुसज्जित र अत्याधुनिक उपकरणले सुसज्जित छ । यसले साठी हजारभन्दा बढी कामदारलाई रोजगारी दिएको छ । हामीले उनीहरूको कठोर परिश्रमको सम्मान गर्दै ‘डिजिटल ग्यालरी’ बनाएका छौँ,’ प्रधानमन्त्री मोदीले भने । करिब साढे दुई वर्ष लगाएर निर्माण भएको नयाँ भवन अघिल्लो भवनभन्दा धेरै फराकिलो छ भने सांसदहरुको सिट क्षमता पनि बढाइएको छ । नयाँ संसद् भवन औपनिवेशिक मानसिकताको अन्त्यको प्रतीक भएको प्रधानमन्त्री मोदीले बताए । यो विश्वव्यापी लोकतन्त्रको जग…

Read More

काठमाडौं: गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पद्मकन्या बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ। उक्त रक्तदान कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको हो। क्याम्पसकी स्ववियु सभापति ज्योति पनेरुले ५० पिन्ट रगत संकलन भएको जानकारी दिइन्। उक्त कार्यक्रमको अवसरमा रक्त ग्रुप पहिचान समेत गरिएको उनले बताइन्। स्ववियु सभापतिमा निर्वाचित भएसँगै उनको नेतृत्वमा विभिन्न रचनात्मक कार्यक्रम हुँदै आएका छन्। विद्यार्थी हकहितका साथै अन्य अतिरिक्त क्रियाकलाप समेत आयाेजना गरिरहेको सभापति पनेरूको भनाइ छ।

Read More

काठमाडौं – रक्तचन्दनको अवैध कारोबार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड बराबरको रक्तचन्दन तेलसहित आठ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी रविन्द्र रेग्मीको भनाइ छ । पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशिल पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४०…

Read More

मकवानपुर – वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भएको भेटिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केही बेर सबै अलमलमा परेका थिए । सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो । आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची…

Read More

डडेल्धुरा: नर्सिङ गरेर बिरामीको सेवा गर्ने सपना बुनेकी थिइन् कल्पनाले। सोही सपना पूरा गर्न उनी डोटी पुगेकी थिइन्। कञ्चनपुरको बेलौरी घर भएकी कल्पना कुँवर डोटीस्थित सिलगढीमा बस्दै आएका दाजु-भाउजूसँगै बस्थिन्। त्यहाँ बसेर उनी दिपायलमा रहेको सुजङ नर्सिङ कलेजमा अध्ययन गर्दै आएकी थिइन्। तर, नर्सिङ कोर्स सिध्याउन केवल १ वर्ष बाँकी रहदा उनी अब कलेज जान नसक्ने भएकी छिन्। आज उनको मात्रै हैन पूरै कुँवर परिवारको सपना उडेर गएको छ। किनकी उनको परिवारको सपना पूरा गर्ने कल्पना यतिबेला यो संसारमै छैनिन्।आफन्तका अनुसार नर्सिङ अन्तिम वर्षमा अध्ययन गरिरहेकी कल्पनाको स्वस्थ्यमा केहीदिन अघि समस्या आएको थियो। उनलाई स्वास फेर्न गाह्रो भएको भन्दै ४…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका…

Read More

काठमाडौं – अधिवक्ता युवराज सफलले सरकारसँग आफ्नो सुरक्षाको माग गरेका छन् । बाटो हिँड्दा पनि कुटिन थालेपछि उनले असुरक्षा महसुस भएको बताउदै सरकारसँग आफ्नो सुरक्षाको माग गरेका हुन् ।अधिवक्ता युवराज सफलले हिजो बानेश्वरमा कुटाइ खाएका थिए । युवाहरुको एउटा समूहले वादविवादका क्रममा उनलाई लखेट्दै पिटेको थियो । जुन घटनापछि उनले एक सञ्चार माध्यमसँगको कुराकानीमा आफु असुरक्षित रहेको बताउँदै भनेका छन्- ‘म असुरक्षित छु । मैले सीडीओदेखि गृहमन्त्री सबैलाई भनेको छु । तर, राज्यले अहिलेसम्म टेरपुच्छर लगाएको छैन । केही पनि नगरेको हुनाले अब आफैंले व्यवस्थापन गर्नुपर्ला जस्तो छ । मैल पीएसओदेखि विभिन्न सुरक्षा मागेको छु । तर, राज्य छ भन्ने…

Read More