काठमाडौँ: हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा अवैध मेडिकल सञ्चालन गरिरहेका ४ जना पक्राउ परेका छन्। हिजो(बिहिवार) धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ पर्नेमा धनगढी-३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षका दिपक महरा र धनगढी २ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्। उनीहरुलाई सामाजिक मन्त्रालय स्वास्थ्य शाखाको टोली र कैलाली प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। केहि दिनअघि धनगढी उपमहानगरपालिका वडा…
काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा शिष्टाचार भेट भएको हो। भेटमा दुई पक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।
काठमाडौ: पूर्वमन्त्री तथा प्रतिनीधि सभा सदस्य योगेश भट्टराईले काले केटाले गीत २०८० सालकै चर्चित गीत हुने बताएका छन् । आगामी भदौ १४ गते प्रदर्शन हुने “ऐंचै पैचो” नेपाली सिनेमाको सो गीत विहीबार सार्वजनिक गर्दे नेता भट्टराईले २०८० सालकै चर्चित गीत हुने बताएका हुन । सो फिल्म केपी फिल्म प्रालिको व्यानरमा बनेको हो । उनले तिजको समय आएकोले यो गीतले सबैलाई नचाउने विश्वास गर्दे भदौ १४ पछि फिल्म हेर्न आउन समेत नेपाली दर्शकलाई आग्रह गरे । उनले स्थापित कलाकार स्वस्तिमा खड्का, वर्षा राउत, राजाराम पौडेल, मुकुल ढकाल, शुशिल सिटौला, बद्धी तामांग, काली बुढील लगायतको अभिनयको गीत र फिल्मले राम्रो व्यापार गर्ने…
काठमाडौँ: सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने सरकारको निर्णय बदरको माग गर्दै २४ असारमा सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । तर १३ दिनपछि रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च बेहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्योल हुने विषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।…
धनगढी : गेटामा बनिरहेका संरचनामा संघीय सरकारले विश्वविद्यालय घोषणा नगरे त्यसको स्वामित्व प्रदेश सरकारले लिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघ सरकारले गेटामा सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको निरीक्षणका लागि पुगेका मुख्यमन्त्री शाहले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व प्रदेश सरकारले लिने बताएका हुन्। ‘गेटामा मेडिकल विश्वविद्यालय बन्ने कुरामा कुनै द्विविधा रहेन। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यस बारेमा चिन्तित देखिनुभयो, त्यसैले संघले विश्वविद्यालय नबनाएपछि प्रदेश यसको स्वामित्व दिन तयार छ’, मुख्यमन्त्री शाहले भने। अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक…
धनगढी: मुलुकको गुप्तचर निकायको रुपमा परिचित राष्ट्रिय अनुसन्धान विभागका सुदूरपश्चिम प्रदेशका प्रमुखले कार्यभार सम्हालेका छन्। आज (बिहीबार) प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीस्थित कार्यालयमा हाजिर भएर डिआईजी इन्द्र लामाले कार्यभार सम्हालेका हुन्। यसअघि विभागको ललितपुर जिल्लामा कार्यरत एसएसपी इन्द्र लामा हालै डिआईजीमा बढुवा भएर सुदूरपश्चिम आएका हुन्। हालै उनलाई बढुवालगत्तै सुदूरपश्चिम प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो। यसअघि सुदूरपश्चिममा डिआइजी ओम खड्काले प्रदेशको कमाण्ड सम्हाल्दै आएका थिए।
कैलाली : कैलालीमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई गोदावरी नगरपालिका ८ स्याउलेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बजारमा चम्फा ट्याक्टरको पाट पुर्जाको पसल सञ्चालक धनगढी उप-महानगरपालिका-५ हसनपुर घर बताउने ३२ वर्षीय सरद चौधरी र जेएसके फेन्सी स्टोर पसल सञ्चालक ३२ वर्षीय मधुसुदन पन्त रहेको प्रहरी नायव उपरीक्षक गणेश बरालले जानकारी दिए । उनका अनुसार चौधरीको साथबाट शुद्ध तौल ६ ग्राम ७९० मिलिग्राम र पन्तको साथबाट २४० मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप…
काठमाडौं : अवतरण हुँदै गरेको जहाजमा एक यात्रुले आकस्मिक द्वार खोलेपछि लफडा भएको छ । पोखराबाट काठमाडौँ आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भैरहेका बेला सोही जहाजका यात्रु संगीत भुसालले आकस्मिक डोर खोलेपछि लफडा भएको हो । बुद्धको बिएचए-६५४ उडानमा पोखराबाट आएको जहाज पौने चार बजे अवतरण गरेपछि जहाजका यात्रुहरु ओर्लंदै थिए । सोही क्रममा पर्वतको फौय्यु गाउँपालिका(७ स्थायी घर भएका शोभाकर भुषालका छोरा अन्दाजी १६ वर्षका संगीत भुषालले जहाजको पछाडिपट्टि यात्रु ओर्लने भर्याङ्ग छेउको आकस्मिक द्वार अन्जानबश खोलिदिए । लगत्तै उनलाई जहाजका कर्मचारीले समातेर प्रहरीलाई बुझाएका थिए । नेपाल प्रहरी, अध्यागमन र बुद्ध एयरका कर्मचारीहरुको छलफलमा संगीतका बाबु शोभाकरले…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ। असार ३ गते भेटिएको एक क्विन्टल सुनको अनुसन्धान जारी रहँदा विमानस्थलमा पुनस् अवैध सुनसहित फेला परेको हो।