Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: व्यवसायी दुर्गा प्रसाईँविरुद्ध मुद्धा दर्ता भएको छ । सात वर्षअघि सामान लगेको उधारो नतिरेको भन्दै प्रसाईँविरुद्ध मुद्धा दायर भएको हो। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल इक्विपमेन्टको पैसा लामो समयसम्म तिर्न आनकानी गरेपछि आपूर्तिकर्ता हस्पिटेक इन्टरप्राइजेज, लाइफलाइन ट्रेड इन्टरनेशनल, एसएस इन्टरप्राइजेज, ट्रिनिटी फर्मास्युटिकल्स लगायतले मुद्दा दायर गरेका हुन्। प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ तिर्न बाँकी भएको मुद्धामा उल्लेख छ। प्रसाईँविरुद्ध वैशाख २४ गते झापा जिल्ला अदालतमा सात वटा मुद्दा दायर भएका हुन्।

Read More

सोलुखुम्बु : थुलुङ दूधकोशी गाउँपालिकामा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ। गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ। वडासदस्य सरिता राईका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ। थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ।

Read More

खाँदबारी : संखुवासभामा एक प्रेमीले प्रेमिकाको हत्या गरेका छन्। खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरी प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभापोखरी गाउँपालिका १ का नन्दराम गदालले हत्या गरका हुन्। उनले आफ्नै पेटमा पनि खुकुरी प्रहार गरेका छन्। घाइते गदालको जिल्ला अस्तपाल खाँदबारीमा उपचार भइरहेको छ। घाइते २१ वर्षीय गदाल बिहीबार मात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ। हत्याको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

कैलाली: तातो हावापानी रहेको कैलालीमा स्याउ फलेको छ। कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले स्याउ फलाएका हुन्। उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन्। तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन्। ओलीले एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएका थिए। यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुनेगरेको उनले जानकारी दिए। प्रदेश सरकारको सहयोगमा उनले स्याउ खेती गरेका हुन्। यो प्रदेशको लागि एकदमै नौलो मानिएको छ।…

Read More

मुम्बई: ६० वर्षीय अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्। अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन्। आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् ।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘२०८० / ०२ / १० गते केही अनलाईन मिडियाहरुले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहिन समाचार सम्प्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु।’

Read More

काठमाडौं: एक दिदीले आफ्नो प्रेमीलाई बहिनीको अश्लील भिडिओ बनाएर पठाएको घटना बाहिरिएको छ।साइबर ब्यूरोले अनुसन्धानका लागि प्रयोग गर्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलले उक्त घटना पत्ता लगाएको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार उक्त टुलले छ महिनाअघि एउटा बालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओको अलर्ट पठाएको थियो । उनका अनुसार ६ महिनाअघि एआई टुलले बालिकाको यौन भिडिओ हेरिरहेका पुरुषको जानकारी पठाएर अलर्ट गराएको थियो। टुलले बाल यौन दुर्व्यवहारको भिडिओ हेरिरहेको पुरुषको जानकारी ब्यूरोलाई पठाएपछि कार्यालयको टिमले अनुसन्धान सुरु गर्‍यो। उक्त घटनामा अनुसन्धान गर्दै जाँदा दिदीले आफ्नै बहिनीको अश्लील भिडिओ बनाएर प्रेमीलाई पठाएको पाइएको रायले बताए । उनका त युवतीलाई सम्झाइबुझाइ…

Read More

धनगढी: कैलालीको धनगढीमा प्रहरीले ५६ हजार रुपैयाँ बराबरको अवैध समान वेवारिसे अवस्थामा फेला पारेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ र वडा नम्बर ३ बाट बिहीबार ५६हजार बराबरको वेवारिसे अवस्थामा अवैध समान बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले धनगढी उपमहानगरपालिका– २ को वडा कार्यालय नजिकैबाट भारतबाट भन्सार छली ल्याएको २७ हजार रुपैयाँ पर्ने समान बरामद गरिएको जानकारी दिए । उनका अनुसार अचार, गुट्का, सुर्त, ललिपप लगायतका सामान बरामद गरिएको हो। दुवै स्थानबाट बरामद गरिएका समान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: धनगढीको शुभश्री पार्टी प्यालेसले प्रवद्र्धनका लागि खुला टिकटक प्रतियोगिता गर्ने भएको छ। पार्टी प्यालेसले आजदेखि जेठ २७ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुनेले १५ हजार,  द्धितियले दश हजार र तृतियले सात हजारसहित विभिन्न आकर्षक उपहार पाउनेछन् ।  टिकटक प्रतियोगितामा सहभागि हुनेले शुभश्रीको प्रचार–प्रसार झल्कने गरि कन्टेन्ट बनाउनु पर्नेछ। यस्तै आफैले बोलेको कन्टेन्ट बनाउनुपर्ने, शुभश्रीको आधिकारिक टिकटकमा ह्यासट्याग गरेर भिडियो हाल्नुपर्ने, शुभश्रीको स्विमिङ पुलको पानीमा बनाएको भिडियो हुनुपर्ने सर्त रहेका छन् । पुरस्कार राशीसहित उत्कृष्ट पाँच जनालाई स्विमिङको प्याकेज, उत्कृष्ट तीनलाई निसर्ग अस्पतालमा पूर्ण शाररिक चेकजाँच, उत्कृष्ट पाँचलाई एसटीएसबाट दुई वटा टिकट र बालाजी इलेक्ट्रोनिक्सबाट गिफ्ट ह्याम्पर रहेको…

Read More

काठमाडौं: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तान र नेपाललाई छोडेर एसिया कप २०२३ को तयारी थाल्न अफगानिस्तान, बंगलादेश र श्रीलंकालाई निम्तो दिएको छ। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को फाइनल मे २८ तारिखमा गुजरातको नरेन्द्र मोदी रंगशालामा हुँदैछ । यही आईपीएलको फाइनलको अवसरमा बीसीसीआईले बंगलादेश अफगानिस्तान र श्रीलंका क्रिकेट बोर्डका अध्यक्षहरूलाई निम्तो दिएको छ । आईपीएलको फाइनल खेल हेर्न नभई एसिया कप कहाँ गर्ने भन्नेबारे छलफल गर्न बीसीसीआईले बंगलादेश, अफगानिस्तान र श्रीलंकालाई बोलाएको भारतीय न्युज एजेन्सी एएनआईले लेखेको छ। जहाँ आयोजक राष्ट्र पाकिस्तानसँगै पहिलोपटक एसिया कप खेल्न लागेको नेपाललाई भने बोलाएको छैन । एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष…

Read More