Author: महेन्द्रनगर पोष्ट

धनगढीः नेकपा माओवादी केन्द्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल रावलले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक संजाल फेसबुकमार्फत उनले असन्तुष्टि जनाएका हुन्। उनी सुदूरपश्चिम सरकारको क्याविनेटमा माओवादी कोटाबाट मन्त्री बन्ने लाइनमा थिए। तर, उनी मन्त्री बन्न पाएनन्। त्यसपछि उनले पार्टीमा दलालहरुको वर्चस्व बढेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘दलाली गर्नेलाई योग्य र स्वाभिमानीलाई अयोग्य, नयाँ दासहरु स्विकृत र पद्धतिको कुरा गर्ने दन्डित,बैमानलाई पुरस्कृत र इमानलाई तिरस्कृत गर्ने तथा अदृश्य अरु कुनै सिद्वान्त बमोजिमको तिम्रो मापदन्ड हो भने यहि कुरा अब पार्टी बिधानमा लेख र सस्थागत गर। त्यसो होइन भने यो कुराको पनि ख्याल राख कि तिम्रो योग्यताको परिक्षा…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिका घेराउ गरिएको छ। नेपाली कांग्रेसका नेता कार्यकर्ताले गाउँपालिका कार्यालय घेराउ गरेका हुन्।यहाँ नेपाली कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधि छन्। तर, कांग्रेसकै असन्तुष्ट पक्षहरुले आज नाराबाजीसहित कार्यालय घेराउ गरेका हुन्। बजेट कार्यक्रम विनियोजनमा अध्यक्ष राजसमझ चौधरीको मनलाग्दी भएको र गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेको भन्दै घेराउ गरिएको कुरा असन्तुष्ट पक्षले बताएका छन्। पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने उनीहरुको माग छ। तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ। यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित…

Read More

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र एडिबीका हाकिमबीच भेटवार्ता भएको छ । भेटमा प्रदेशको विकासका विषयमा छलफल भएको बताइएको छ । एसियाली विकास बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर अर्नाउड कौकोइस, बिहीवार प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवा, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र एसियाली विकास बैंकका कर्मचारीहरुबीच बैठक तथा छलफल भएको हो । प्रदेशको पूर्वाधार विकास र जनताको जीवनस्तरलाई उकास्न एडिबीले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । मुख्यमन्त्रीले पनि समन्वय गर्ने जनाएका छन् । छलफलमा एसियाली विकास बैंकले धनगढी उप–महानगरपालिकामा सञ्चालन भइरहेको सडक निर्माणका कार्यक्रमलाई २ वर्ष थप गर्ने बैंकका नेपालका लागि कन्ट्रि डाइरेक्टर…

Read More

कञ्चनपुर: कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ । बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका-२ गोकुलपुर बजारमा रहेको चौधरी ब्याट्री मर्मत ग्यारेजमा आगलागी भएको हो । आगलागीबाट ६ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय व्यवसायी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

Read More

काठमाडौँ: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ को कृष्णपुर स्वास्थ्य चौकीले रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीले बुुधवारदेखि खोप सेवा सुरु गरेको हो । नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन् । नगरप्रमुख ओझाले नगरवासीले रेबिज रोगविरुद्धको खोप सेवा लिन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताए ।

Read More

सुर्खेत: रुकुमपश्चिममा जीप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ। बिहिवार बिहान जिल्लाकाे बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्वरकाे जीप दुर्घटनामा परेकाे हाे।दुर्घटनामा परी १० जना घाईते भएका छन्। जीप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ। जीपमा १५ जना सवार थिए। मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षको देउचन खत्री, बाँफिकोट गाउँपालिका–८ बस्ने २२ वर्षीय रेखा खनाल (केसी), उनको छोरा रोशन केसी सोही ठाउँको २३ वर्षीय सितला नाम गरेकी महिला रहेकाे इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिइन् ।

Read More

बैतड: बैतडीको पुर्चाैडी नगरपालिका–९ तल्लादेहीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । बुधवार प्रहरी चौकीको उद्घाटन गरिएको हो । ग्रामीण क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउने उद्देश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । अस्थायी प्रहरी पोष्टमा सहायक प्रहरी निरीक्षक टेकराज पाण्डेको नेतृत्वमा ८ जनाको टोलि खटाइएको उनले बताए । योसँगै अस्थायी प्रहरी पोष्टको संख्या बैतडीमा पाँच पुगेको प्रहरी प्रवक्ता जोशीले बताए ।

Read More

धनगढी: रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन लिने भएको छ । मुख्यमन्त्री शाहले सरकार विस्तारको क्रममा आफूहरूलाई बेवास्ता गरेको र मनोमानी ढङ्गले सरकार विस्तार गरेको भन्दै समर्थन फिर्ता लिने भएको हो ।  गत शनिबार मुख्यमन्त्री शाहले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री शाहले आफ्नै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि नाउपा रुष्ट भएको थियो। नाउपाले दिइएको समर्थन फिर्ता लिने तयारी गरेपनि शाह नेतृत्वको प्रदेश सरकार सुरक्षित छ । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकारको लागि २७…

Read More

काठमाडौँ: हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू–भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ । आज राति देशभर आंशिक देखि  सामान्य  बदली  रहनेछ । कोसी  प्रदेश,  मधेस  प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा  बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि …

Read More