Author: महेन्द्रनगर पोष्ट

धनगढी: नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्दका कार्यक्रम फिर्ता लिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आश्वासन दिएकाले नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको उल्लेख गरेका छन् । नाउपाले भोलिदेखि १० गतेसम्म नेपाल बन्द घोषणा गरेको थियो।

Read More

धनगढीः पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम स्थगित भएको छ। पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए। उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे आज एक पत्रकार सम्मेलनमार्फट नै जानकारी गराइएको छ। यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो। तर, नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो। आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर शनिवारबाट हुने…

Read More

धनगढीः नेपाली कांग्रेसका सुुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्। बझाङबाट निर्वाचित सिंहलाई मुुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ। सिंहले पनि आफूलाई मन्त्रीमा नियुक्त गर्नेबारे जानकारी आएको बताए। उनले भने, ‘भर्खरै मुख्यमन्त्रीज्यूले फोन गर्नुभयो। म काठमाडौंमा छु। सपथका लागि ५ बजे आउन भन्नुभएको छ। तर, मैले त भोलिको टिकट काटेको थिए। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जादैछु। अब धनगढी आउने जहाज खोज्छु।’ आफ्नो पूर्वनिर्धारित जहाजको टिकट भोलिको भएकाले हतारहतार सपथमा आउनुपर्ने बाध्यता आइलागेको उनको जिकिर छ। सिंहसँगै माओवादी केन्द्रका रमेश धामी र झपट साउँद पनि मन्त्री बन्दैछन्। साँझ ५ बजे प्रदेश…

Read More

धनगढीः टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा २ मन्त्रालय नभइनहुने अडान राखेको छ। सांसद रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री बनाउने निर्णय गरेको सो पार्टीले यस्तो अडान राखेको हो। नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले २ मन्त्रालय आफूहरुले पाउनुपर्ने बताए। उनका अनुसार रामेश्वरलाई सामाजिक विकास र लक्ष्मण किशोरलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पठाउने निर्णय गरिएको छ। तर, सामाजिक विकास भने माओवादीले पाउने सम्भावना छ। त्यस्तो अवस्थामा नाउपाले एकै मन्त्रालयमा चित्त बुझाउनुपर्ने हुनसक्छ। आज या भोलिमै सुदूरपश्चिममा सरकार विस्तार हुने बताइएको छ। अहिलेसम्म…

Read More

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन प्रस्थान गरेका छन्। सापकोटा नेतृत्वको २० सदस्यीय टोली १० दिने भ्रमणका लागि शुक्रबार बिहान चीनको छेन्दु प्रस्थान गरेको हो। अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए। भ्रमण टोलीमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए।

Read More

दार्चला: दार्चुलाको एक मोबाइल पसलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निश्चल मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो। धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको सो पसलमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपि मेसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट दुई ग्राम ७ सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। बिहीवार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

Read More

बैतडी: बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाललले जनतालाई आभास हुने गरी काम गर्ने बताएका छन् । जिल्लाको पाटन नगरपालिका–३ स्थित गुजर माविको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हिजोको दिनमा प्रदेश सरकाबाट जनतालाई अभास हुने किसिमको विकास नभएको भन्दै अब अभास हुने गरी विकास गरिने बताएका हुन् । आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै सांसद पालले अब आवश्यकताको आधारमा विकास गरिने बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि पनि आफू प्रतिवद्ध रहेको बताए । विकासका लागि तीनै तहका सरकारबीच समन्वय हुन पनि आवश्यक रहेको उनको भनाइ थियो । सांसद पालले विकासका लागि राजनीतिक मनमुटाव नगरी एकजुट भएर अगाडि बढ्न…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका-५ स्थित ऐश्वर्य विद्या निकेतनलाई प्रोजेक्टर सहयोग गरिएको छ । नेपाल–भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष तथा व्यवसायी हरिशंकर ठाकुरले सो विद्यालयलाई ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन् । शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने द्येयका साथ विद्यालयलाई प्रोजेक्टर उपलब्ध गराएको रोटरी क्बल अफ धनगढीका पूर्व अध्यक्ष समेत रहेका ठाकुरले बताए । ऐश्वर्य विद्या निकेतनका सहायक प्राचार्य सञ्जय पन्तले प्रोजेक्टरका माध्यमबाट पठनपाठनमा सहज हुने भएकोले विद्यालयले सबै कक्षा कोठामा प्रोजेक्टर जडान गर्ने लक्ष्य लिएको बताउँदै सम्पूर्ण दाताहरूलाई सहयोग गर्न आग्रह पनि गरे । उनले करिब १ लाख ८० हजार रुपैयाँ बराबरको ३ थान प्रोजेक्टर हस्तान्तरण गर्ने व्यवसायी ठाकुरलाई धन्यवाद व्यक्त…

Read More

काठमाडौँ: शुक्रवार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि घटबढ नभई आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More