Author: महेन्द्रनगर पोष्ट

दाङ: दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणिलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: भारतीय पूर्व पर्यटनमन्त्री सुवोधकान्त साह नेपाल भ्रमणमा छन् । बिहान ९ बजे एअर इण्डियाको उडानबाट काठमाडौँ ओर्लिएका उनी भोलि बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआराधनाको निम्ति जाने बताइएको छ । साह भोलि पशुपतिबाट फर्केपछि सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तामा सहभागी हुने बताइएको छ । उनको सम्मानमा पर्सि साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको आयोजना गरिँदैछ । बिहीबार दिउँसो २ बजे इण्डिगोको उडानमा नयाँ दिल्ली फर्कनेछन् । उनी भारतीय राष्ट्रिय काँग्रेसका नेता हुन् ।

Read More

काठमाडौँ: आज सुनको मूल्य स्थिर रहेको छ । हिजो तोलामा आठ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटबढ नभएको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि आइतवार जस्तै सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ: खानी तथा भूगर्भ विभागले ४२० खानी खोजतलास गर्नका लागि अनुमतिपत्र (लाइसेन्स) प्रदान गरेको छ । विभागले चालु आवमा नेपालको खनिजजन्य उद्योग प्रवर्धनका लागि मुलुकमा सम्भावित खानीको खोजतलास गर्न ४२० खानीलाई लाइसेन्स प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, रुवी, डोलोमाइटलगायतका सम्भाव्य खानीको खोजतालसको लागि विभागबाट लाइसेन्स प्रदान गरिएको जानकारी दिए। विभागले गत वर्ष ४०५ खानी खोजतलासको लागि लाइसेन्स प्रदान गरेको थियो । चालु आवमा १५९ खानीलाई उत्खननका लागि अनुमति दिएको छ भने गत वर्ष १५८ खानीलाई उत्खननका लागि अनुमति दिएको थियो । सूचना अधिकारी बाँस्कोटाले धौवादी फलाम उत्खननका लागि नवलपरासीमा विभागले लाइसेन्स…

Read More

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाँणलाई सांसद मञ्जु खाँणले भेटेकी छन् । प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी अधिकृतका अनुसर उनले आज खाँणलाई भेटेकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाट ‘सरल’ले प्रदेश सभाबाट प्राप्त अवैधानिक भनिएको रकम फिर्ता गर्ने जनाएका छन्। उनले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनताका प्रदेश सभाबाट यातायात खर्च र दैनिक भत्तास्वरुप दिइएको रकम फिर्ता गर्ने जनाएका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो जानकारी दिएका छन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर साहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ ।

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ जोखरतालबाट बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय शिवराज उपाध्यायल पक्राउ परेका हुन् । उनलाई ७३६ ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौँ: घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Read More

धनगढीः कैलालीको धनगढीस्थित हसनपुरमा रहेको एक्सिस विद्याश्रममा चोरी भएको छ। शनिवार विहान २ बजेको समयमा विद्यालयमा चोरी भएको हो। विद्यालयबाट दुई जनाको युवाले ३ वटा सिसिटिभी क्यामेरा, एउटा राउटर र टेलिफोनको तार चोरी गरेको प्राचार्य अनिता पन्तले जानकारी दिइन्। विद्यालयबाट ती सामान चोर्दाको फुटेज सिसिटिभी क्यामेरामा कैद भएको उनले बताइन्। प्राचार्य पन्तले आवश्यक अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएको बताइन।

Read More