Author: महेन्द्रनगर पोष्ट

धनगढीः निर्वाचित भएपछि नेकपा एकीकुत समाजवादीका प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आले आज पहिलोपटक संसद्मा बोलेका छन्। डोटीबाट निर्वाचित भएका आले नीति तथा कार्यक्रम सम्बन्धीको छलफलमा आज (बुधवार) संसद्मा बोलेका हुन्। आफू बिरामी भएको जानकारी गराउँदै उनले आफ्नो मन्त्रीकालमा गरेका कामहरुको फेहरिस्त सुनाएका थिए। यस्तै बोल्दाबोल्दै पानी पिएका उनले आफू हल्का बिरामी भएकोले संसद्को २ मिनेट थप समयसमेत मागेका थिए। उनले संसद्मा पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासो सोत गरे। उनले भने, ‘म मन्त्री हुँदा निजगढमा विमानस्थल बनाउन पहल गरे। त्उसका लागि लगत स्टीमेट गरेर बजेटका लागि अर्थ मन्त्रालयमा पठाउँदा उहाँ तत्कालीन अर्थमन्त्री (शर्मा) ले त्यो रद्दीको टोकरीमा फाल्नुभयो। बजेट…

Read More

काठमाडौँ: बुधवार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार आठ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेर एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

अछामः अछाममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको बान्निगढी जयगढ गाउँपालिका-३ धारासैनका २१ वर्षीय शंकर ठकुल्ला रहेका छन् । उनलाई सोही गाउँपालिकाको वडा नम्बर ४ तिमल्सेनबाट एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्दा तीन करोड रकम बुझाएको खुलासा गरेका छन् । उनले आफूलाई समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले तीन करोड लिएको खुलासा गरेका हुन् । उनले सभापति रवि लामिछाने निकट भनिएका अर्याल र ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा बुझाएको दाबी गरेका छन् । उनले सुरुमा ढकाललाई पार्टी कार्यालय छेउको रेस्टुरेन्टमा एक करोड रकम दिएको र पछि कार्यालयमै गएर अर्याल र ढकाल दुबैलाई एक करोड ८४ लाख दिएको बताएका छन् । समानुपातिक सांसद बन्नका लागि उपसभापति र महामन्त्रीलाई दुई करोड ८४ लाख नगद बुझाएपनि पार्टी…

Read More

काठमाडौंःनेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएकोमा ध्यानाकर्षण भएको जनाएका छन्। उनले अभियुक्त केशव दुलालको बयानको हवाला दिंदै विभिन्न सञ्चार माध्यमले आफ्नो नाम उल्लेख गरेर समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले लेखेका छन्, ‘अभियुक्त केशव दुलालसँग मेरो चिनजान छैन। चिनजान नै नभएको व्यक्तिले मसँग सरोकार नै नभएको र मलाई थाहै नभएको विषयमा किन मेरो नाम पोले र किन पोल्न लगाइयो, त्यसको कारण पनि मैले बुझ्न सकेको छैन। नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा मलाई थाहा भएको विषय पनि होइन र मैले बुझेको विषय पनि होइन। मैले नचिनेको…

Read More

काठमाडौँ: ठमेलमा रहेको एलओडी क्लब (नाइट क्लब) विश्वकै उत्कृष्ट क्लबमध्ये ४९औँ स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४९औँ स्थानमा परेको हो । क्लबसँगै राष्ट्रको नाम पनि सँगसँगै जोडिएकाले गर्वको अनुभूति भएको क्लबका निर्देशक भुपेन शमशेर कुँवरले बताए । उनका अनुसार क्याम्पियनमा पाँच सय क्लब सहभागी थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको छ ।

Read More

काठमाडौंः नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जबर्जस्ती’ जोडेको आरोप लगाएका छन्। भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन्। प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाण गिरफ्तार छन तर मन्जु खाण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन। हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले…

Read More

दार्चुला: दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाको नौगाड गाउँपालिका-३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना घाइते भएका हुन् । बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइते ठगुन्नालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको र उनलाई अन्तै रिफर गर्न भनिएको प्रहरीले बताएको छ । आगलागीबाट अन्य क्षति भने नभएको बताइएको छ ।

Read More

धनगढीः कैलालीमा मंगलवार राति आएको हावाहुरीले वितण्डा मच्चाएको छ । जिल्लाका विभिन्न ठाउँमा हुरीले क्षति पुर्‍याएको छ । कैलाली प्रहरीका अनुसार गोदावरी नगरपालिकाको एक विद्यालयसहित ६ घरमा क्षति पुगेको छ । गोदावरी-११ मा रहेको धर्म सिंहको घरको टिनको छानो, जानकीदेवी कोलीको एकतले घरको छानोसहित ३ क्विन्टल गहुँ, ५ बोरा धान, जुहारी लुहार, लालीदेवी खड्काको एकतले घरको जस्तापाता र १ क्विन्टल गहुँ, निर्मल खत्रीको दुईतले घर र हरिलाल खत्रीको घरको जस्तापाता उडाएको छ । त्यस्तै, दुर्गा माध्यामिक विद्यालयको एकतले टिनको छानो उडाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए। उनले अहिले क्षतिको विवरण संकलन भइरहेको बताएका छन् ।

Read More

काठमाडौँ: ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ । दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू (एच फाइभ एन वन)का आठ वटा केस पुष्टि भएपछि ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरिएको हो । राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको हो । ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ । भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको र बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न…

Read More