Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा हावाहुरीले क्षति पुर्‍याएको छ । मंगलबार राति आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको हो । हावाहुरीले स्थानीयका घर तथा विभिन्न ठाउँका विद्यालयमा क्षति भएको छ । पाटन नगरपालिका-१० पनालीमा रहेको सिद्धसिगास आधारभूत विद्यालयका दुई कोठाको छानो उडाएको छ । जसले गर्दा पठनपाठनमा बाधा पुगेको प्रधानाध्यापक प्रतापसिंह बिष्टले बताए । यस्तै पाटन-८ का ५ ओटा घरमा क्षति पुगेको छ । खोड्पे बजारमा रहेको धनबहादुर कुवँर, डम्बरसिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो पनि उडाएको छ । खोड्पे बजारमै रहेको गगनसिंह महराको पसलमा पनि हावाहुरीले क्षति पुगाएको छ । यसैगरी पाटन-८ आरुबाटामा पदमसिंह बिष्टको पसलमा पनि…

Read More

धनगढी: कैलालीमा भन्सार छलीको समान पास गर्न प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पलिया बस्ने ५० वर्षीय सुधिर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार भारतबाट भन्सार छलेर ल्याएको आठ हजार रुपैयाँ बराबरको समान पास गरिदिन आग्रह गर्दै गुप्ताले प्रहरीलाई पाँच सय रूपैयाँ लिन भनेका थिए । उनी बुधवार बिहान धनगढी उपमहानगरपालिका-२ त्रिनगर व्यारेल नजिकैबाट पक्राउ परेका हुन् । उनको साथबाट मिठाई, सुपारी, चियापत्ती, दूध पाउडर लगायत बरामद भएको छ । बरामद गरिएको समान र पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार…

Read More

कञ्चनपुर: कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई जना घाइते भएका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीका दुई जना घाइते भएका हुन्। टिनले छाएको घरमाथि सालको रुख ढल्दा सालघारीका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए। गणेशलाई धनगढी रेफर गरिएको र हेलोको अवस्था सामान्य रहेको उनले बताए।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नेपाली नागरिता लिँदा प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनलाई दर्ता गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश गरेको हो । सर्वोच्च प्रशासनले रिट निवेदन दरपीठ गरेको थियोे ।  दरपीठविरुद्ध युवराज सफलले इजलासमा रिट निवेदन पेश गरेका थिए । निवेदनमाथि सुनुवाइ गर्दै अदालतले दर्ता गर्ने आदेश गरेको छ । रिट निवेदनमा सर्वोच्च अदालतले पुरानो नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको फैसला गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले नागरिकता लिएको तर प्रक्रिया नपुगेको उल्लेख छ ।

Read More

काठमाडौं। नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ खुवाइँदै छ। राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी यादवलाई अहिले बिहान १० बजे पद तथा गोपनीयताको शपथ खुवाइने भएको हो। दुवै जनता समाजवादी पार्टी (जसपा) बाट मङ्गलबार नियुक्त भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डले प्रधानमन्त्री पुष्प कमल दाहालसँँग भेटवार्ता गरेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सभामुख भीम भण्डारी लगायत मन्त्रीहरु र प्रतिपक्षी दलका नेताहरुले प्रचण्डलाई भेटेका हुन्। भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडी बढाउन आग्रह गरेका थिए। यस्तै गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन लगायत समग्र सुदूरपश्चिमको विकासका सवालमा छलफल समेत भएको थियो।

Read More

दोहा: रोजगारीका लागि कुवेत पुगेका एक नेपाली अचेत अवस्थामा अस्पतालमा फेला परेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार  नवलपरासी सुस्ता पूर्व देवचुली-२ का ३८ वर्षीय ओमप्रकाश चौधरीको त्यहाँको फर्वानिया अस्पतालमा अचेत अवस्थामा उपचार भइरहेको छ। कुवेतको अल आहमदिया जेनेरल ट्रेडिङ एन्ड कन्ट्राक्टिङ कम्पनीमा हेभी ड्राइभरको रुपमा कार्यरत चौधरी विगत ८ महिना अघि मात्र कुवेत पुगेका थिए। उच्च रक्तचापको कारण उनको हार्ट स्ट्रोक भएको र गत मे ११ तारिखका दिन हस्पिटल पुगेको एनआरएनएले जनाएको छ। अहिले उनलाई भेन्टिलेटरद्वारा श्वास प्रश्वास गराइरहेको बताइएको छ। डाक्टरका अनुसार उनको अवस्था गम्भीर रहेको छ। हाल उनको फर्वानिया अस्पतालको वार्ड २८ मा उपचार भइरहेको संघले…

Read More

बैतडी: बैतडीमा आज(बुधवार)बाट विद्युत सेवा अवरुद्ध हुने भएको  छ।  आजबाट जेठ २० गतेसम्म  विहान ६ बजेदेखि बेलुका ५ बजेको समयमा विद्युत आपूर्ति  बन्द हुने भएको  हो।   मंगलबार  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले एक सूचना जारी गरेर विद्युत सेवा अवरुद्ध हुने  जनाएको  थियो । ३३ र ११ केभी प्रशारण लाईनमा लागेका रुखहरुको हांगाबिंगा छेकान गर्नुपर्ने भएकाले बजार फिडरका विभिनन क्षेत्रमा जेठ १० गतेदेखि २० गतेसम्म बिहान ६ देखि बेलुका ५ बजेको समयमा  विद्युत सेवा अबरुद्ध हुने सूचनामा उल्लेख गरिएको  छ।   २० गते अगावै छेकान कार्य सम्पन्न भइहाले  जुनसुकै समयमा पनि बत्ती आउने  जनाइएको  छ।  

Read More

काठमाडौं:  चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १० औं पटक फाइनलमा पुगेको छ । आइपिएल २०२३ को पहिलो क्वालिफायरमा साविक विजेता गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । गुजरातका शुभमन गिलले ३८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । चेन्नईको जितमा रविन्द्र जडेजा, दीपक चाहर र मथिशा पाथिरानाले सामान दुई विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १…

Read More

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित वर्षा भइरहेका बेला भूकम्पको धक्का समेत महसुस गरिएको छ। बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको थियो। यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो।

Read More