Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: कर्मचारी सञ्चय कोषले स्थायी पदपूर्तिको लागि कर्मचारी माग गरेको छ ।  रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो ।  आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

Read More

काठमाडौं: सूचना प्रविधि दिवसरका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको उल्लेखनिय रुपमा कमी गर्ने भएको छ । बुधबारदेखि लागू हुने नया“मा नेपाल टेलिकमबाट भारतका कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपिया“ मात्र शुल्क लाग्नेछ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउ“दा प्रतिमिनेट ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपिया“ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपिया“ अन्य नम्बरबाट आएको कल उठाउ“दा १४ र एसएमएस गर्दा २४ रुपिया“ लाग्ने व्यवस्था छ ।

Read More

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीलाई क्रान्तिकारीको संज्ञा दिएका छन्। बुधबार ट्वीट गर्दै भट्टराईले चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्ने खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्। टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो। सोबारे भट्टराईले लेखेका छन् – ‘अदालत र न्यायाधीसले पुराना/विद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्! क्रान्तिकारीले पुरानो/विद्यमानसंग विद्रोह गरेर नयाॅ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ!रेशम चौधरी क्रान्तिकारी हुन्! सलाम।’ https://twitter.com/brb1954/status/1658636609666060289?t=hpCe8Q5V04JhuINtBuxbHA&s=19

Read More

काठमाडौं: नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्यमा हिजो राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर रु १० घटाएको छ । पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत छ । मूल्य घटेसँगै डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ५५ कायम भएको छ ।   यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु एक सय ६५ थियो ।

Read More

काठमाडौं: जापानको सेन्दाइमा भएको बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा। सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखिएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। सोही क्रममा बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो। ट्रकको ठक्करपछि बस उछिट्टिएर १ सय मिटर पर पुगेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। भू–उपयोग नियमावलीअनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो। सोमवार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ। नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए। जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए।

Read More

काठमाडौँ: हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका- ५ स्थित सुकासालमा प्रहरी र क्यारिङ्गकर्ताबीच विवाद भएको छ।हिजो साँझ प्रहरीले समान जाँच गर्दा दुवै पक्षबिच विवाद मच्चिएको हो। भारतीय सीमावर्ती शहर वनबासाबाट दुई पाङ्ग्रे साधनमा मालसामान क्यारिङ्ग गर्दै आएका उनीहरु आक्रोशित भएर सुकासालस्थित प्रहरी बिटमा तोडफोड समेत गरेका छन् । प्रहरीले चेकजाँचका नाममा अनावश्यक दुःख दिएको उनीहरूको आरोप छ। झडपमा दुवै पक्षका केही व्यक्ति घाइते भएको कञ्चनपुर प्रहरीले जनाएको छ।  तोडफोडमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी कार्य जारी रहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

Read More

धनगढी: सुदूरपश्चिमको प्रि–बजेट छलफल काठमाडौँमा गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुबीच मंगलबार काठमाडौँमा प्रि बजेट छलफल भएको हो । आर्थिक मामिला मन्त्रालय धनगढीको आयोजनामा यहाँको बजेट, विकास योजनाको समीक्षासहित आगामी बजेट र योजनाबारे छलफल गरिएको छ ।

Read More

बैतडी: बैतडीको एक विद्यालयका विद्यार्थी बिरामी हुन थालेपछि स्थानीय पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयलाई सहयोगका लागि गुहारिएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका-४ स्थित रायपुर आधारभूत विद्यालयका विद्यार्थीहरु एक्कासी ढल्ने, काँप्ने हुन थालेपछि विद्यालयले सहयोगका लागि गुहारेको हो । पालैपालो रुने, कराउने, एकले अर्कोलाई देखेर सामूहिक रूपमै चिच्याहट गर्ने, लड्ने समस्या विद्यार्थीमा देखिन्छ । विद्यालयले कहिले विद्यार्थी ६ महिनासम्म बिरामी हुने त कहिले २/३ महिना बिराएर फेरि बिरामी भइहाल्ने समस्या रहेको जनाएको छ । केही दिनका लागि अन्य विद्यालयमा सर्दा पनि समस्या समाधान नभएको भन्दै विद्यालयले अमचौरा स्वास्थ्य चौकी, वडा नम्बर ४ को कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय बैतडी र पञ्चेश्वर गाउँपालिकालाई…

Read More