Author: महेन्द्रनगर पोष्ट

धनगढी ः नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले भीमबहादुर रावलका कारण सुदूरपश्चिमको पार्टीमा समस्या भईरहेको बताएका छन्। एमाले सुदूरपश्चिम सल्लाहकार परिषदको सपथग्रहण कार्यक्रममा बोल्दै ईञ्चार्ज भट्टले यस्तो बताएका हुन्। ‘भीम रावलको समस्या पार्टीको माथिल्लो निकायमा हो। तर उहाँ तलतल आउनुभयो। जस कारण सुदूरपश्चिममा पार्टीभीत्र समस्या देखियो,’ ईञ्चार्ज भट्टले भने। रावल हरेकपटक सुदूरपश्चिम आएर एमालेमै रहेका तर आफ्नो नजिक रहेकाहरुको गुट बनाउदै हिडेको उनको आरोप छ। यस्तै रावलको बढी उठबस सुदूरपश्चिमका नेकपा एकीकृत समाजवादीका नेताहरुसँग भएको भट्टले बताए। शुक्रबारमात्रै टीकापुरमा रहेका रावललाई त्यहाँका एमाले र एकीकृत समाजवादीका नेताहरुले नयाँ पार्टी खोल्न दबाब दिएको खबरहरु सार्वजनिक भएको उनको दाबी छ। ‘जुन…

Read More

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ। नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो। शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो। जसअनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्। सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन्।

Read More

धनगढीः प्रेममा धोका पाएपछि कैलालीका एक युवकले प्रेमिकाको हत्या गरेका छन्। कैलालीबाट झापाको बिर्तामोड पुगेर युवकले प्रेमिकाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। युवकले अन्धाधुन्ध छुरा प्रहार गरेर युवतीको हत्या गरेका हुन्। बिर्तामोडको महानन्द चौकमा शुक्रवार साँझ छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको हत्या भएको हो। लोहार इलामको सूर्यादय नगरपालिकाको फिक्कलकी हुन्। उनको हत्या आरोपमा कैलालीको गौरीगंगा नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियत्रन्त्रणमा लिएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय झापाकी सूचना अधिकारी मेहघी तामाङले बताइन्। कुटपिटबाट सामान्य घाइते भएका उनको मेची अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढीः महाकाली नदीमा २ किशोर बगेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका हुन्। महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताए। उनका अनुसार आज दिउँसो भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही स्थानका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्। बगेकामध्ये सौरभको शव फेला परेको छ। दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्। यस्तै कैलालीको धनगढीमा नदीमा डुबेर…

Read More

काठमाडौं: भारतको जम्मु कश्मीरमा भारतीय सुरक्षा बल र आतंकवादी समूहबीच भएको झडपमा दुई सैनिकको ज्यान गएको छ। घटनामा अन्य दुई सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  नाइट कर्प्सका नायक सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह मारिएको र घाइते सैनिकको उपचार भइरहेको बताइएको छ। भारतीय सेनाका अनुसार चत्रु बेल्टको नैदधाम क्षेत्रमा जैश–ए–मोहम्मदका तीन आंतककारीहरु लुकेर बसेको सूचनापछि खोज अभियान थाल्ने क्रममा मुठभेड भएको हो । जम्मु कश्मीरमा विधानसभा चुनावको पहिलो चरणअन्तर्गत आगामी बुधबार मतदान हुँदैछ। डोडामा आयोजित जनसभालाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नुअघि भिडन्त भएको हो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले भदौ ३१ गते बजेट ल्याउने बताएका हुन्। मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए। मुख्यमन्त्री शाहले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ। किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ ।’ प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने विश्वास व्यक्त…

Read More

धनगढी: धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ। शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीन मध्ये दुई वटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए। उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पूरानो भवन समेत जोखिममा रहेको छ। बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ।

Read More

धनगढी: डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु भएको छ। शुक्रबार विहान जिल्लाको पर्शुराम नगरपालिका–८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो। श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै उता डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै डोटीमा पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्लाको बड्डीकेदार गाउँपालिका–४…

Read More

काठमाडौं: भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन्। नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो। सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन्। कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे। कविता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाकि हुन्।

Read More

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत ५८ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जोशीलाई आज विद्यालयमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्। उनले ईन्टरनेटको तार काट्ने क्रममा करेन्ट लागेको थियो।

Read More