Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसपाबाट वीरेन्द्र प्रसाद महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा बनेका छन् ।

Read More

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले कञ्चनपुरको बेलडाँडीमा रहेको इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीले शान्ति सुरक्षा थप प्रभावकारी बनाउन आवश्यक बजेट र स्रोत साधनको व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तले ग्रामीण क्षेत्रका प्रहरीले भोग्नु परेका समस्या, सवारी साधनको व्यवस्था र निकुञ्ज क्षेत्र तथा बढी संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडानका लागि अनुरोध गरेका छन् । त्यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बेलडाँडीका मुख्य समस्याहरू अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरे । मन्त्री सिंहले बेलडाँडीको विकासका लागि सक्दो प्रयास गर्ने…

Read More

कञ्चनपुर: कञ्चनपुरमा क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीका ७० वर्षीया फूलपाती चौधरीको मृत्यु भएको हो । वाणी चौराहमा सु.प.प्र.००१ क १६५३ नम्बरको क्रेनकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

दार्चुलाः दार्चुलामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मालिकार्जुन गाउँपालिका ७ पासादेउका ५८ वर्षीय केशरसिंह धामी पक्राउ परेका हुन् । उनी एक थान भरुवा बन्दुकसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले विशेष सूचनाको आधारमा धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाएको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरबाट हाम फालेका एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मालिका टोलका ४८ वर्षीय देवदत्त भट्टको मृत्यु भएको प्रहरीले बताएको हो । सोमवार मालिका टोलमा म.१ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा उनी घाइते भएका थिए । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

बैतडी: बैतडीमा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ वर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालका अनुसार सोमवार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएपछि मंगलवार हेलिकोप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो । दमयन्तीलाई बैतडीमै ६ युनिट रगत चढाइसकेको बताइएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुविधा सम्पन्न अस्पातल लगिएको हो ।

Read More

बझाङ: बझाङको सेती नदीमा एक बालकको शव फेला परेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका १ जालेबगरमा सोमवार अन्दाजी ४ वर्षीय बालकको शव फेला परेको प्रहरीले बताएको हो । जालेबगरमा काम गररिहेका कामदारहरुले नदीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको र पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Read More

बैतडी: बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीविरुद्ध जिल्ला अदालत बैतडीमा कुटपिट र गाली बेइज्जतको मुद्दा दर्ता भएको छ । सिगास–४ को कान्धार–देउलेक सडक निर्माण समितिका अध्यक्ष वीरसिंह धामीले पालिका अध्यक्ष धामीविरुद्ध मुद्दा दर्ता गरेका हुन् । आफूलाई अध्यक्ष धामीले कुटपिट र गाली बेइज्जती गरेको भन्दै उनले मुद्दा दर्ता गरेका हुन् । यही जेठ २ सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो । तर चेक साट्न जाँदा पालिकाले बैंकलाई पत्राचार गरेर चेक नसाट्न आग्रह गरेको थियो । चेक नसाटिएपछि उपभोक्ता समिति अध्यक्ष धामी गाउँपालिकाको केन्द्र गर्जे पुग्दा गाउँपालिका अध्यक्षले…

Read More

धनगढी: बैतडीको मेलौलीमा सिँचाइको चरम समस्या देखिएको छ। जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ को मुदरे वल्लो स्याल्तडी र पत्नी रुपान्तडी बस्तीमा सिँचाइको समस्या देखिएको हो। सो बस्तीका ५० घरधुरीले २०६२ सालदेखि सिँचाइ अभावको समस्या झेलिरहेका छन्। सिँचाइको समस्या भएपछि त्यहाँ १० हेक्टर खेतीयोग्य जमिनबाझो बनेको छ। जसका कारण उनीहरूको जीविकोपार्जनमा समेत कठिनाइ भएको छ। सोही सन्दर्भमा उक्त बस्तीहरुमा प्रदेश सरकार र मातहतका निकायबाट सिँचाइको समस्या समाधानका लागि पहल गर्न माग गर्दै सिँचाइ उपभोक्ता समितिले प्रदेश सभा सदस्य शिवराज भट्टलाई ध्यानाकर्षण गराएको छ। सोमवार बैतडीबाट निर्वाचित भट्टलाई याक नेपाल नामक संस्थाको समन्वयमा उपभोक्ता समितिले ध्यानाकर्षण पत्र बुझाएको हो। यस्तै, भट्टले…

Read More

धनगढीः पूर्वराजा ज्ञानेन्द्र शाहले आज राजा महेन्द्रको सालिकमा माल्यार्पण गर्ने भएका छन् । उनी बिहान ११ बजे अत्तरिया चौराहमा रहेको राजा महेन्द्र शाहको सालिकमा माल्यार्पण गर्नेछन् । नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह आइतवार स्थलमार्ग हुँदै धनगढी पुगेका थिए ।

Read More