Author: महेन्द्रनगर पोष्ट

धनगढीः अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। गएराति कमलबजार नगरपालिका–१ मा हावाहुरी र वर्षासंगै परेको चट्याङ लागेर ४ जना घाइते भएका हुन्। घाइते हुनेमा १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ। अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ।

Read More

काठमाडौँ: आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटकको विश्व कप विजेता हो । मङ्गलवार आईसीसीले विश्व कप छनोटको समूह विभाजन गरेको हो । समूह ‘ए’ मा नेपाल र वेस्ट इन्डिजसँगै, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । नेपाले पहिलो खेल असार ३ गते जिम्बावेसँग, दोस्रो खेल असार ५ गते अमेरिकासँग, तेस्रो खेल असार ७ गते वेस्ट इन्डिजसँग र चौथो खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । छनोटअघि नेपालले दुई खेलको वार्म–अप खेल्नेछ । नेपालले जेठ ३० गते यूएईसँग र जेठ ३२ गते ओमानसँग खेल्नेछ । समूहको शीर्ष ३…

Read More

धनगढीः अर्थमन्त्री डा.प्रकाशशरण महतले सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर सहयोग गर्न तयार रहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गएको टोलीलाई उनले आज यस्तो बताएका हुन् । संघीय सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा रहँदा सुदूरपश्चिम प्रदेशको आर्थिक प्याकेज नघटाउन आग्रह गर्न उक्त टोली सोमवार काठमाडौँ पुगेको थियो । सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्षी दलका नेताहरु प्रदेशको आर्थिक प्याकेज नघटाउन र प्रदेशमा महत्वपूर्ण गौरवका योजनाको माग गर्न अर्थमन्त्रीसँग छलफल गरेका छन् ।

Read More

काठमाडौँ: आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटको नीति तथा कार्यक्रम संघीय संसद्को राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बहुमतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताए । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार बडो प्रस्ट छ । थाती रहेको सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धी नक्सा तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न दृढ र प्रतिवद्ध रहेको जानकारी पनि माननीय सदस्यहरुलाई गराउन चाहन्छु’ उनले भनेका छन् ।

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् । मङ्गलवार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले सङ्घीय सरकारले आफू दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएकोजस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे। उनले प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत सङ्घीय सरकारको नियन्त्रणमा रहेर एकाधिकार जमाएको बताए । उनले भने, ‘केन्द्र सरकारले राजस्व सङ्कलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गर्‍यो, असमान वितरण प्रणाली लागू गर्‍यो, विकासलाई समातामूलक रूपमा गरेन । भन्सारमा उठेका महसुल केन्द्रमा नै आए अनुदान दिन्छौँ भन्ने…

Read More

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ९ को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । उक्त वडामा रहेको सिद्धनाथ–कालिका मन्दिरको सिमाङ्कन गर्न माग राख्दै वडा कार्यालयमा लगाइएको थियो । यही जेठ ११ गतेभित्र सिमाङ्कन गर्ने सहमति भएपछि कार्यालयमा लगाएको ताला आज खोलिएको हो । नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको रहोवरमा मन्दिर समिति र वडा कार्यालय बसी ११ गतेसम्म नगरपालिकाले प्राविधिक टोलि ल्याएर मन्दिरको सिमाना छुट्याइदिने सहमति भएपछि ताला खोलिएको मन्दिर समिति अध्यक्ष दिनेशराज भट्टले बताए ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भएको बताएका हुन् । उनले नीति तथा कार्यक्रम केवल कर्मकाण्डमा मात्रै अलमल्लिएको टिप्पणी गरे । उनले नवीनता, ऊर्जा, प्रेरणा र महत्त्वकाङ्क्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरे । उनले भने, ‘रास्वपा रचनात्मक प्रतिपक्षको भूमिकामा उभिएको छ । हामी नीति तथा कार्यक्रम परम्परा धान्नलाई ल्याइएको दस्तावेज हो भन्छौँ । परम्परा…

Read More

काठमाडौँ: नेकपा एमालेका सांसद भानुभक्त जोशीले ‘बझाङमा अमेरिकी सेनाको क्याम्प छ’ भनी दाबी गर्ने राजनीतिक विश्लेषक भरत दाहाललाई कारबाही गर्न माग गरेका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै जोशीले बझाङको साइपाल गाउँपालिकामा अमेरिकी सेनाको क्याम्प रहेको भनेर दाहालले भ्रमपूर्ण सन्देश फैलाएको भन्दै कारबाहीको माग गरेका हुन् । सांसद जोशीले दाहालले यही जेठ ६ गते भिडियो बनाएर साइपालको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, केही कांग्रेसका गुन्डाहरूले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको बताएका छन् । उनले आफूले त्यहाँका स्थानीयलाई यसबारेमा सोधेको बताउँदै यो भ्रम पार्ने काम मात्र भएकोले यसबारे…

Read More

कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा जंगली हात्तीले आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट केही पशुवस्तु घाइते भएका छन् । पुनर्वास नगरपालिका–१० विकास बस्ती दोदा पुल नजिकको हुलाकी राजमार्गमा मंगलवार दिउँसो हात्ती देखा परेको थियो । हात्ती उखुको खेत हुँदै दुधवा नेसनल पार्कतर्फ लागेको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश यादवले बताए । वन कर्मचारीहरु हात्तीबाट मानवीय क्षति हुन नदिन सर्वसाधारणलाई सचेत गराइरहेका उनले बताए ।

Read More