Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ।  नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रवारदेखि ३ दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको थियो। नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए। उनले महोत्सवमा सहभागी जोसुकैले निःशुल्क हेर्न पाउने बताए। सुदूरपश्चिम विश्वविद्यालयको कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए। उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए। महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र…

Read More

बाजुरा: बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ। मध्यराति दुई पटक भूकम्प गएको हो। राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला तथा अन्य जिल्लामा पनि महसूस गरिएको थियो। भूकम्पले क्षति पुर्याएको बारे एकीन हुन सकेको छैन। सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो।

Read More

धनगढीः जबरजस्ती करणी गरेको आरोपमा एक पत्रकार समातिएका छन्। मकवानपुरका पत्रकार ईन्द्रप्रसाद बञ्जारा (रमेश) बलात्कारको अभियोगमा समातिएका हुन्। उनी पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष मणिराज गौतमले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही र निर्दोषलाई न्याय दिलाउन माग गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै निष्पक्ष र दोहोरो तवरले छानबिन हुनुपर्नेमा जोड दिएका छन्। गत चैत ३० गते एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको नियन्त्रणमा रहेका बञ्जाराको विषयमा कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न उनले आग्रह गरेका छन्। ‘जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई घटनाको निष्पक्ष र…

Read More

धनगढीः अस्ती शिक्षकले छात्राहरुमाथि यौन द्रुव्यवहार गरेको भन्दै काण्ड मच्चिएको कैलालीस्थित धनगढीको एसपीए कलेजविरुद्ध महिलाहरु उपमहानगरसम्म पुगेका छन्। कलेजमा छात्राहरुमाथि यौन द्रुव्यवहार भइरहेको र त्यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरु धनगढी उपमहानगरपालिकामा पुगेका हुन्। कलेजमा अध्यननरत छात्राहरुमाथि शिक्षकबाट गरिएको यौन द्रुव्यवहारको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले गम्भीर ध्यानाकर्षण गराएका हुन्। त्यो घटनाले बालिका तथा किशोरीको सुरक्षित, सम्मानित र स्वतन्त्रता पुर्वक बाँच्ने अधिकारको खण्डित गरेको उनीहरुको ठहर छ। घटनाको सत्य, तथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही, प्रभावित बालिकाको सुरक्षाको सुनिश्चितताको लागि महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारको…

Read More

काठमाडौं: स्वास्थ्य बीमा बोर्डले ठूलो सँख्यामा करारमा कर्मचारी माग गरेको छ। बोर्डले एक सूचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी (ना.सु.पाँचौं तह) तर्फ ५५ जना कर्मचारी माग गरेको हो। बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्ला र स्थानीय तहमा खटिनेगरी यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन बुझाउनसमे बोर्डले आह्वान गरेको छ।

Read More

काठमाडौं: काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध ब्याटिङ गर्दैछ। टीयु क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ।

Read More

बैतडी: बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा ७० बर्षीय वृद्ध पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका-१ बस्ने बस्ने एक वृद्धलाई बलात्कारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख कमल चौधरीले बताए। आरोपित र पीडित बालिकाको थर एउटै भएकाले नाम सार्वजनीक गर्ने नमिल्ने प्रहरीले जनाएको छ। बोल्न नसक्ने ती बालिकामाथि पुस महिनामा बलात्कार भएको बुझिएको छ। बालिकालाई कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की समेत दिएका ले ढिलोगरि घटना सार्वजनिक भएको बताइएको छ। घटनापछि बालिकालाई सुधपुक्ष गर्दा उनले ती वृद्धतिर संकेत गरेकी थिइन्। त्यसपछि आमाले दिएको जाहेरी अनुसार पक्राउ गरी वृद्धलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ।

Read More

काठमाडौं: सरकारले  थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका त्रिशक्ती कन्स्ट्रक्सन प्रालि कैलाली  र  गणपति कन्स्ट्रक्सन कंचनपुर रहेका छन्। समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ। तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।

Read More

बैतडी: बैतडीमा ५ बर्ष मुनिका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको छ। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लाए/नलाएको जानकारी हुने भएकाले विद्यालय भर्ना गर्दा खोप कार्ड अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  जिल्ला खोप समन्वय समितिको बैठकले विद्यालयमा बालबालिकाहरुलाई भर्ना खोप कार्ड अनिवार्य गर्ने गरेको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए। राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुलाई विभिन्न रोग विरुद्ध निशुल्क खोप दिने गरेको छ। त्यस्ता खोपबाट कोही पनि बालबालिका नछुटुन भनेर खोजपडताल अभियान समेत सञ्चालन गर्ने निर्णय भएको स्वास्थ्य प्रमुख भट्टले बताए। 

Read More

काठमाडौं : लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्यांक (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो।  पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुनेरनहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको छ।  लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिए। ‘कात्तिक, मंसिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेको थियो’, उनले भने, ‘नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग…

Read More