Author: महेन्द्रनगर पोष्ट

धनगढीः धनगढीका विभिन्न स्थानहरुमा प्रहरीले गाँजा नष्ट गर्ने अभियान थालेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले गाँजाका बोट नष्ट गर्न थालेको हो। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले धनगढी उप–महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा उम्रिएका गाँजाका बोट नष्ट गरिरहेको जनाएको छ। सो क्रममा करिव ढाइ बिगाहा क्षेत्रमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको प्रहरीले जनाएको छ। उक्त अभियानमा प्रहरीलाई दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलाली, ग्रिन क्लिन केएमसी क्लव, राष्ट्रिय गोजुरियो कराते, स्थानीय सर्वसाधारण आमा समूह र युवा संघ संस्थाहरुको सघाएका छन्।

Read More

धनगढीः अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटाको भ्रमण गरेका छन्। आज नेपालका लागि अमेरिकी राजदूत थम्पसनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका हुन्। भ्रमणपछि उनले भारत र नेपालमा रहेको ५० हजार कालो हरिणहरूमध्ये नेपालमा ३२८ मात्रै रहेको र हरिण संरक्षणमा सहयोग गर्ने जनाएका छन्। राजदूत थम्पसनसँग युएसएआइडीका निर्देशक, सेपिडे केभन्शाड पनि भ्रमणमा थिए। कालो हरिण संरक्षणमा सहयोग पुर्‍याउन जैविक विविधता गतिविधिहरू अवलोकन गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गरिएको उनीहरुको जिकिर छ।

Read More

धनगढीः कञ्चनपुरमा प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको छ। बिहीबार बेलौरीबाट खटिएको टोलीले विद्यानगरबाट बोइलर कुखुरा बरामद गरेको हो। प्रहरीले बेवारिसे अवस्थामा विद्यानगरबाट करिब १ सय ३० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेक जनाएको छ। बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट चोरी तस्करीको माध्यमबाट कुखुरा तथा चल्ला भित्रिने गरेका छन्। यसले मारमा परेको दुखेसो नेपाली कुखुरा पालन व्यवसायीको छ।

Read More

धनगढीः भवन निर्माणसम्बन्धी भुक्तानीका लागि घुस लिने नेपाल प्रहरीका नायब निरीक्षक विनोद विष्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा लेखापाल पदमा कार्यरत रहेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार बानेश्वरको हंगर हव रेस्टुरेन्टबाट पक्राउ गरेको हो। ५० हजार नगद र एक लाख ५० हजारको चेकसहित उनी पक्राउ परेका आयोगले जनाएको छ। प्रहरीको भवन निर्माणको म्याद थप तथा भुक्तानीका लागि सहजीकरण गर्ने भन्दै उनले घुस लिएका हुन्।

Read More

धनगढीः संखुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ। केही बेरअघि हेलिकप्टर दुर्घटना भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए। हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर दुर्घटना भएको हो। संखुवासभा विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, शुक्रबार दिउँसो १ बजेतिर हेलिकप्टर दुर्घटनामा परेको हो। प्रमुख कोइरालाले दुर्घटनामा मानवीय क्षति नभएको बताए। उद्धारका लागि केही बेरअघि सैनिक खाँदबारीबाट हेलिकप्टर पठाइएको उनले जानकारी दिए। हेलिकप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए। हेलिकप्टरमा चालकसहित ४ जना रहेका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

Read More

धनगढीः भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्री रञ्जिता श्रेष्ठ भैरहवा गएकी छन्। उनी श्री एयरको उडानबाट भैरहवा पुगको बताइएको छ। मन्त्री श्रेष्ठ बिहान पौने ९ बजे काठमाडौँबाट भैरहवा प्रस्थान गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन स्रोतले जानकारी दिएको छ।

Read More

धनगढीः हिजो धनगढीस्थित मोहनापुल अत्तरिया ६ लेन सडकको चौराहदेखि भन्सार सडकखण्डबाट रेलिङहरू चोरी भएपछि सामाजिक संजाल तातियो। धनगढीका नगरप्रमुख गोपाल हमालको सचिवालयबाटै ६ लेन सडकबाट रेलिङहरू चोरी भएको सूचना छरपस्ट भएको थियो। त्यसपछि धनगढीमा चोरहरु बढेको भन्दै विभिन्न टीकाटिप्पणीहरु भए। त्यत्तिकैमा हिजै साँझ मेयरको ससचिवालयले नै खोजतलासको क्रममा नगर प्रहरीले रेलिङहरू फेला पारेको खबर सार्वजनिक गर्‍यो। २१ वटा रेलिङ सहिद गेट नजिकै रहेको रामजानकी संकलन केन्द्र कवाड संकलनकर्ताकोमा फेला परेको बताइएको थियो। नगर प्रहरीले खोजी गर्दा भेटाएको जनाएको छ। तर, सो प्रकरणमा उपमहानगर र मेयरको सचिवालयबाट झुटो कुराहरु प्रवाह भएको आरोप लागेको छ। मेयरले ४ फिटको रेलिङ चोरी भएकोमा ९…

Read More

धनगढीः कैलालीमा लागुऔषध खैरोहिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१० पिपरौवाबाट बिहीबार साँझ एक ग्राम खैरोहिरोइनसहित सोही ठाउँका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेको बताए। उनीहरुलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले पक्राउ गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै धनगढीमा पनि लागुऔषाध ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने २२ वर्षीय राज पार्कीलाई ५ सय ३० मिलिग्राम…

Read More

दाङ: दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्। गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्। वैशाख २ हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पीडितले दिएकी थिइन्। पीडित बालिकाको स्वास्थ्य जाँच रिपोर्टले पनि उनीमाथि बालात्कर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए। जाहेरी परेकै दिन प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिएको थियो।

Read More

काठमाडौं: आज राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने/नजाने भनेर छलफल गर्दैैछ। साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्यसूची रहेको सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। गत सोमबार पनि रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको बैठक बसेको थियो। बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन प्रस्ताव गरेको ब्रिफिङ गरेका थिए। लामिछानेले केन्द्रीय कमिटी सदस्य र सांसदहरूसँग पनि राय मागेका थिए। आजको बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्ने केन्द्रीय सदस्यहरूले बताएका छन्।

Read More