Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : कांग्रेस, एमालेसहितको समीकरण अन्तर्गत एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेबाट मन्त्री बन्नेहरूको न्यूनतम तीन वटा आधारसहितको मापदण्ड बनाउने भएको छ । त्यसका लागि एमालेले मंगलबार बस्ने केन्द्रीय सचिवालय बैठकमा व्यापक छलफल गर्ने एमाले नेताहरूले बताएका छन् । मन्त्री बन्नका लागि काविल, योग्य तथा कार्यक्रम र नीतिगत हिसाबमा आफ्नो मन्त्रालय लिड गर्न सक्ने मान्छे सरकारमा जाने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताए । मन्त्री हुनलाई यिनै मुख्य तीन आधारलाई अपनाएर अघि बढ्ने गौतमको भनाइ छ ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

Read More

धनगढी: सुदूरपश्चिमस्थित कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पितृशोक परेको छ। आज (सोमबार) उनका ८२ वर्षीय पिता उजिरसिंह भण्डारीको निधन भएको हो। मृतक भण्डारी जिल्लाकै पुराना राजनैतिक र सामाजिक व्यक्तित्व मानिन्थे।

Read More

काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आजदेखि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, “हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौँले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ ।” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पूजापाठ गरी कामकाज सुरु गरेका हुन् । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध…

Read More

धनगढी : साहित्यकार हेमबाबु लेखक सम्मानित भएका छन् । महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका सभाकक्षमा आयोजित काव्य गोष्ठीमा लेखक सम्मानित भएका हुन् । विगत लामो समयदेखि नेपाली तथा डोट्याली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा काम गर्दै आइरहेका लेखकले नेपाली तथा डोट्याली भाषा संरक्षण, सम्बर्धन तथा विकासका लागि योगदान गरेको भन्दै आयोजक गुगुल्डि वाङमय प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्दले बताए । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका समाजका उदाहरणीय व्यक्तित्वहरूलाइ समेत सो अवसरमा सम्मान गरिएको छ । भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा सामाजिक एवं परोपकारी कार्यमा समर्पित लेखकलाई प्रतिष्ठानले नगद पुरस्कारसहित “ग्वाल्लेक गौरव सम्मान” अर्पण गरिएको साहित्यकार रमेश पन्तले…

Read More

धनगढी : धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा सोमबार धनगढीमा प्रदेश स्तरीय सामाजिक सुरक्षा नीति संवाद सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक सुरक्षा नीति र त्यसको कार्यान्वयको बिषयमा छलफल भएको थियो । नगर उपप्रमुख कन्दकला कुमारी रानाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्साल प्रमुख अतिथि रहेका थिए । यस्तै सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणि पाण्डे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषको विषयमा प्रस्तुतिकरण राखे। उनले सामाजिक सुरक्षा लोककल्याणकारी राज्यको दायित्व भएको र नागरिकको…

Read More

धनगढी : बैतडीको पाटन नगरपालिका–६ घर भएका ट्रक चालक बीरभान बिष्टको हत्या गरेको अभियोगमा शिक्षिकासहितका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका ३६ वर्षीया भागरथी बिष्ट, ३८ वर्षीय भरतमोहन बिष्ट,पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई, १७ वर्षीय किशोर भट्टराई र २६ वर्षीय शाशिष पहरी कारागार चलान भएको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले आइतबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बताए । सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो । डीएसपी…

Read More

काठमाडौं: नेपाल प्रहरीका एक बदनामित एसएसपीमाथि हेडक्वार्टरले छानबिन गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एसएसपी दीपक रेग्मीमाथि छानबिन गर्ने भएको हो। उनीमाथि आचरणसम्बन्धि विषयमा छानविन थालिएको स्रोतले जनाएको छ। रेग्मी नेपाल प्रहरी प्रदेश कार्यालय, पोखरामा कार्यरत छन्। रेग्मीविरुद्ध एक व्यक्तिले आफ्नो श्रीमतीसँग नजिकिएको भन्दै उजुरी दिएको प्रहरी स्रोतले जनाएको छ। उनीविरुद्ध प्रमाणहरुसहित नै उजुरी परेको छ। जसकारण एसएसपी रेग्मीमाथि कारबाही हुने उच्च अधिकारीहरुको भनाई छ। यस विषयमा महेन्द्रनगरपोष्टले हिजोमात्र समाचार प्रकाशन गरेको थियो। रेग्मीको अर्काकी श्रीमतीसँगको अंतरङ्ग भिडिओ भाइरल भएको थियो। रेग्मीले बागलुङमा हुँदा महिलासँग नाजायज सम्बन्ध राखेकोमा उनी पोखरा पुगेपछि सो कुरा छताछुल्ल भएको थियो। महेन्द्रनगरपोष्टलाई प्राप्त…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब सम्पत्ति शुद्धीकरणको विषय पनि छानबिन तथा अनुसन्धान गर्न पाउने भएको छ।सरकारले कानून संशोधन गरी आयोगलाई थप अधिकार दिएकोमा अब सम्पत्ति शुद्धीकरणदेखि गोप्य रुपमा अनुसन्धान गर्न पाउने लगायतका अधिकार प्रदान गरिएको छ। गत असार १७ गते अख्तियारको नियमावली संशोधनको सूचना राजपत्रमा प्रकाशित भएको छ। जसअनुसार अख्तियारले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि आफैं अनुसन्धान गरी अभियोजन गर्न पाउनेछ। त्यस्तै अनुसन्धानका क्रममा उसले शंकास्पद व्यक्तिको फोन गोप्य रुपमा रेकर्ड(इन्टरसेप्सन) समेत गर्न पाउने अधिकार नियमावलीले दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान नियमावली २०५९ लाई संशोधन गरी कार्यान्वायनमा लगिएको हो। नियमावलीमा सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानको क्रममा नियन्त्रित अनुसन्धान प्रविधि, सुराकी…

Read More

धनगढी : लगातारको वर्षापछि कञ्चनपुरमा आएको बाढीका कारण ३ बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वासमा बाढीमा डुबेर तिनै जनाको मृत्यु भएको हो । सोमबार दिउँसो साढे १२ बजेको समयमा बाढीमा नुहाउने क्रममा पुनर्वास नगरपालिका–५ नयाँ कटानककी १५ वर्षीया सृजना बोगटी, १६ वर्षीया आरती बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र स्थानीयले खोजीकार्यबाट तीनै जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

Read More