Author: महेन्द्रनगर पोष्ट

दैलेख:  दैलेख जिल्ला अदालतले १४ वर्षीया बालिका बलात्कार कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई १३ वर्षको कैद फैसला गरेको छ।  जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलावा पीडितलाई ५० हजार क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ तिर्नुपर्ने फैसला भएको छ। अदालतका सूचना अधिकारी नासु टीकाराम न्यौपानेका अनुसार २०७७ चैत १९ गते लक्ष्मी प्राथमिक विद्यालय देउरालीको भान्छाकोठामा बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा भूपेन्द्र शाहीलाई प्रहरीले गिरफ्तार गरेको थियो। अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको…

Read More

काठमाडौं: नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपक बाँस्कोटाकी छोरी प्रमिला बाँस्कोटा सुवेदीको अमेरिकामा सडक दुर्घटनामा परि मृत्यु भएको छ। ४६ वर्षीया प्रमिलाले चलाएको गाडीलाई ट्रकले ठक्कर दिँदा बिहीबार साँझ उनको निधन भएका हो। प्रमिला अमेरिकाको गाडी टेक्ससमा दुर्घटनामा परेको हो। छोरालाई स्कुल पुर्याएर फर्किन क्रमममा दुर्घटना भएको बताइएको छ। उनको नेपालस्थित पुर्ख्यौली घर पाँचथर हो ।

Read More

धनगढीः कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) माथि शुक्रबार राति खुकुरी प्रहार भएको छ। दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार÷पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए। “जोगबुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरुलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, “खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजीकार्य जारी छ।” सशस्त्र प्रहरीका अनुसार खुकुरी…

Read More

कैलाली: कैलालीले गोदावरी नगरपालिका-३ स्थित चौकिडाँडामा वादी समुदायकी महिलामाथि कुटपिट भएको छ। चौकिडाँडाको सुकुम्बासी बस्तीमा बस्दै आएकी ६० वर्षीया पार्वती वादीमाथि बिहिबार राति कुटपिट भएको मिठु वादीले बताइन्। मध्यराति सुतेको ठाँउबाट पर लगेर दुईजना अन्जान पुरुषले पार्वतीमाथि कुटपिट गरेको मिठु वादीले बताइन्। कुटपिटबाट वादीको शरिरमा निलडाम परेका छन्। ती व्यक्तिहरुले वादीले लगाएको लुगा पनि च्यातिदिएका थिए। यस विषयमा इलाका प्रहरी कार्यालय अत्तरियाले जानकारी प्राप्त भएको र अनुसन्धान भइरहेको जनाएको छ।

Read More

काठमाडौं: आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो। नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुनेछ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ। यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।

Read More

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारी अन्त्य भएको घोषणा गरेको छ। डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अदनोम घेब्रेयसले संगठनको आपतकालीन समितिको बैठकले कोरोना महामारी अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘कोरोना महामारी र आपतकालीन अवस्थाको अन्त्य भए पनि कोरोना रोगका रूपमा भने कायमै रहेको छ।’डब्ल्यूएचओले ३० जनवरी २०२० मा कोरोना महामारीको घोषणा गरेको थियो। त्यसयता कोरोनाका कारण विश्वभर ७० लाख व्यक्तिको मृत्यु भएको छ। चीनको वुहानबाट निमोनियाका बिरामीमा देखिने लक्षण जस्तो संक्रमण कोरोना भाइरसका रूपमा विश्वभर फैलिएको थियो।

Read More

कञ्चनपुर:  भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ। रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ। “सङ्क्रमित लामखुट्टेको टोकाइबाट औलो रोग लाग्दछ, कैलाली र कञ्चनपुर यसको उच्च जोखिममा छन्”, स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भने, “यहाँ स्थानीयभन्दा आयातित बिरामी बढी छन्।” आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार कञ्चनपुरमा स्थानीय लामखुट्टेको टोकाइबाट औलो लागेको वा सरेकोका बिरामी पाँच र देश बाहिरका औलो जोखिमयुक्त क्षेत्रबाट आउँदा नै औलो लिएर आएको बिरामी १७ छन्। “वैशाख–जेठमा बिरामी बढी देखापर्छन्, यो सङ्ख्या अझै बढ्न सक्छ”, उनले भने, “औलो निवारण गर्नका लागि…

Read More

डोटी: डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको ज्यान गएको छ। शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ का ५० वर्षका पदम नेपालीको मृत्यु भएको हो। उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। जिल्ला अस्पताल डोटीमा पुगाइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।

Read More

काठमाडौँ: हाल पहाडी भू-भागमा बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

Read More

कैलाली: कैलाली प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। हिजो बिहिवार जिल्लाको लम्कीचुहा नगरपालिका-३ व्यस्थितनगरबाट जोशीपुर गाउँपालिका-७ का २१ वर्षका अमृत चौधरीलाई समातिएको हो। शंकास्पद रुपमा हिँडिरहेको उनको पाइन्टको गोजी चेकजाँच गर्दा ३ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस केशमा थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

Read More