धनगढी: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेशका सहसंयोजक अरुण कुँवर रुष्ट बनेका छन्। केहि दिनअघि मात्रै संगठनको केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै उनलाई उक्त जिम्मेवारी दिएको थियो।
उनी संयोजक बन्न चाहन्थे। तर, सहसयोजक तोकिएपछि रिसाएर उनले सामाजिक संजालमा लामो स्टाटस लेखेका छन्।
‘के मा कमी गरे म लाई नै थाहा भएन ? हजुरहरुले भनेका हरेक शब्दहरु मलाई नेतृत्वको आदेश ठानेर निभाउने हर संभव प्रयत्न गरेकै हो जस्तो लाग्छ। बरु राष्ट्रिय युवा संघ नेपालमा तिम्रो योगदान अब पुग्यो है छोडी देउ भनेको भय सहर्ष मान्थे! तर आफ्नै प्रस्तावलाई पनि अपमान हुने गरि जुन सर्कुलर जारी गर्नुभएको छ त्यो हार्दिकता पूर्वक अस्वीकार गर्छु। राष्ट्रिय युवा संघ नेपाल भित्रका मेरा सबै शुभचिन्तक साथीहरु अन्यायका विरुद्ध आफ्ना उर्जामा कमी हुन नदिनुहोला ताकी म जस्तै अन्यायका विरुद्द लड्दा पायर पुरिनै लागेका खुकुरीका डोवहरु फेरि आला भै चहर्याउन नथालुन। फेरि राष्ट्रिय युवा संघ नेपालको गर्विलो इतिहास र उदेश्य लाई गौरवान्वित पनि त पार्नुछ। कमसे कम राष्ट्रिय युवा संघ नेपालमा म चै योग्य पात्र हुन सकिन छु। अब सामाजिक, पारिवारिक र व्यावसायिक जिवनमा योग्य र सफल हुन प्रयत्न गर्नेछु’ उनले लेखेका छन्।
यसअघि उनी राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य सहित कैलालीको इन्चार्ज थिए। अहिले पनि केन्द्रीय सदस्य रहेका उनलाई सुदूरपश्चिमको सहसंयोजक तोकिएको थियो।