Author: महेन्द्रनगर पोष्ट

धनगढीः खोलामा नुहाउन गएका नेपाली सेनाका एक जना सैनिकको ढुंगामा चिप्लेर ज्यान गएको छ । बज्रदल गणका प्युठ रामबहादुर कुमालको गुल्मीमा मृत्यु भएको हो। शान्ति सेनामा जान छनौट भएका उनी पाँचखालबाट केही दिनअघि स्वयम्भूको छाउनीस्थित सैनिक अस्पतालमा उपचारको निम्ति पुगेका थिए। अस्पतालमा उपचारपछि उनी बिदा मनाउन आफ्नो घर गुल्मीको बडा गाउँपालिका २, विक्रमचौर गएको बताइएको छ। हिजो नुहाउन घर नजिकैको खोलामा गएका कुमाल ढुंगामा चिप्लेका थिए। चिप्लेपछि गम्भीर घाइते भएका उनको लगत्तै मृत्यु भएको हो।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो। नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए।

Read More

काठमाडौं: नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा ११८ रनको लक्ष्य पाएको छ । वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७.३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । यसअघि सोमबार नेपालका लागि ललितनारायण…

Read More

कञ्चनपुर: कञ्चनपुरमा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका-४ कार्कीचोकका ३० वर्षीय गणेश खडका मंगलबार बिहान हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।घरायसी विवाद हुँदा सोमबार राति छोरा गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खडकामाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए। उनका अनुसार बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरीको नियन्त्रणमा छन्। उनलाई मंगलबार बिहान समातेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ । यो अवधिमा मेघगर्जन र चट्याङसहितको वर्षाका कारण विभिन्न क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णालीका थोरै स्थान र अन्य पहाडी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक…

Read More

काठमाडौँ: भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्यको विवरण दिएको छ।  निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो। 

Read More

पाल्पा:  पाल्पामा काफल टिप्ने क्रममा रुखबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ। साेमवार घर नजिकैको जङ्गलमा काफल टिप्ने क्रममा रुखबाट लडेर रैनादेवी छहरा गाउँपालिका ३ छचुवाका १८ वर्षीय सूर्य कुमालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

Read More

एजेन्सी: भारतमा गत बिहीबार एक महिलाले ब्युटिपार्लर जान नपाएको झोँकमा आत्महत्या गरेकी छिन् । मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी हुन् । आफूलाई श्रीमान्‌ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकाे प्रहरीले जनाएको छ । १५ वर्षअघि बलराम यादवसँग विवाह गरेकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घरफर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

काठमाडौँ: वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ। हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो। आज बिहान ९ बजेदेखि सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि  खेल रोकिएको थियो । 

Read More

धनगढी: आज पनि देशका अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिम, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि बदली  रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।  आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागमा चट्याङ्गसहित  मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ।

Read More