Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलाको हिमपहिरोमा परि ज्यान गुमाएकाहरुको शव अझै सदरमुकाम खलंगा पुगाउन सकिएको छैन। भारततर्फको सडकमा पहिरो खसेकाले व्याँस गाउँपालिका १ भोलममा हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन समस्या भएको हो। मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको थियो। भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलंगा ल्याउने भनिएपनि पहिरो खस्दा समस्या भइरहेको छ। दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर…

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन पुगेका छन्। मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति विशिष्ट कक्ष विन्सर स्विटमा स्वागत गरेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। परराष्ट्रमन्त्री साउदले आज बकिङ्घम दरबारमा विदेशी प्रतिनिधिको सम्मानमा आयोजना गरिएको राजा चार्ल्सको स्वागत समारोह र वैशाख २३ गते वेस्टमिन्स्टर एब्बेमा राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको छ।

Read More

काठमाडौँ: कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो। ‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो। दुई विषयभन्दा बढीमा त्यस्तो ग्रेड प्राप्त गर्नेले सबै विषयमा पुनः परीक्षा दिनुपर्ने हुन्थ्यो। बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिए। ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले…

Read More

काठमाडौँ: यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशैभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने जनाएको हो। मौसमविद् सुदर्शन हुमागाईंले कोसी प्रदेशका मध्य तथा उत्तर–पूर्वी भू–भाग, बागमती प्रदेशका दक्षिण–पूर्वी भू–भाग र मधेस प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताए। उनले भने, ‘हामीसँग ऋतुगत प्रक्षेपण गर्न गाह्रो छ। तथ्यांकको अभाव छ। उच्च पहाडी र हिमालमा स्टेसन कम भएकाले कति पानी पर्‍यो भनेर भन्न सकिएको छैन।’ यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानविशेष फरक रहेको छ। कर्णाली प्रदेशका…

Read More

कञ्चनपुर: चट्याङ लागेर कञ्चनपुरका तीन बालिका घाइते भएका छन्। हिजो(बिहीबार भीमदत्त नगरपालिका १८ खैरभट्टीका तीन बालिका घाइते भएका हुन्।  आशा कुँवर, अस्मिता भण्डारी र सदिक्षा ओड घाइते भएका थिए। आशाा र सदिक्षाको घरमा चट्याङले विद्युत अवरुद्ध भएको थियो। उनीहरु तीनै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना खतरामुक्त भएको अस्पतालले जनाएको छ।

Read More

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन छन्।  प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन भएका हुन। रायमाझीले प्रयोग गर्दै आएको प्रदेश–३–०१–०२२ च–०५८२ नम्बरको टाटा हेक्सा गाडी बिहीबार दिउँसो चितवनबाट मुग्लिन हुँदै काठमाडौँ आएको छ। सो गाडीमा रायमाझी आफैँ काठमाडौँतर्फ आइरहेको अनुमान गरी पिछा गरेकोमा काठमाडौँ आइपुग्दा भने गाडीमा चालक मात्र रहेको पाइएको प्रहरीले जनाएको छ। रायमाझी सो गाडीमा नआएको हो वा बीच बाटोबाटै फरार भएको…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम शनिबार पनि कायमै रहने महाशाखाले जनाएको छ । 

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज (बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्। उनले भने, ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ। तर, हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’ यस्तै डिआइजी बोहराले सुदूरपश्चिममा आफ्नो कार्यकालमा गुण्डागर्दी र चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सुदूरपश्चिम प्रहरीले लागुऔषध, चोरी तस्करी, गुण्डागर्दीको नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्ने…

Read More

टेकसिंह धामी, धनगढी: कैलालीमा एक नवजात शिशु झाडीमा फेला परेको छ। आज (बिहीवार) जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित रोरा खोला नजिकैको झोलुङ्गे पुल तल बाँसको झाडीमा शिशु फेला परेको हो। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर शंकर खड्काले आज बिहान शिशु फालिएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार सो शिशु स्थानीय २२ वर्षीया रिता बिकको भएको खुलेको छ। उनका श्रीमान् भने दुई वर्षदेखि रोजगारीको सिलसिलामा खाडी मुलुक साउदी अरवमा छन्। रिताले श्रीमान वैदेशिक रोजगारीमा रहेकै बेला नवजात शिशुलाई जन्म दिएको प्रहरीको दाबी छ। रिताले ती शिशुलाई ७ दिन अघि जन्म दिएर पालनपोषण गर्दै आएकी थिइन्। तर, हिजो राति उनले झाडीमा फालेर…

Read More

धनगढीः बाजुरामा आज भुकम्प गएको छ। दिउँसो १ बजेर १७ मिनेटमा भुकम्पको धक्का महसुुस भएको हो। भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागनिच्युडको भुकम्प गएको हो।

Read More