Author: महेन्द्रनगर पोष्ट

धनगढी : नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ। बुढाबूढीसमेत रहेका रेशमलाल चौधरी र रन्जिता चौधरीले संयुक्त रुपमा चलाइरहेको सो पार्टीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरी र इन्दिरा गिरीको कारबाही फुकुवा गरेको हो।  पार्टी अध्यक्ष श्रेष्ठले सोमबारदेखि कारबाही फुकुवा गर्दै दुवै जनालाई पार्टीको यथास्थानमा बहाली गरेको जनाएकी छन्। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको बेला अध्यक्ष श्रेष्ठले कारबाही गरेककी थिइन्। झन्डै छ महिनापछि सो कारबाही फुकुवा गरिएको हो।अहिले पार्टी विवाद समाधानतर्फ गएको देखिन्छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीको (नाउपा) आन्तरिक कलहमा पूर्णविराम लाग्ने देखिएको छ। पति-पत्नीसमेत रहेका रेशमलाल चौधरी, जो पार्टीका संरक्षक हुन्। उनी र उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठको सम्बन्ध मिलापतर्फ गएकाले कलह अन्त्यको संकेत देखिएको हो। स्रोतका अनुसार उनीहरूबीच केही समयदेखि देखिएको राजनैनिक तथा पारिवारिक विवाद समाधानउन्मुख छ। सोही सिलसिलामा श्रीमान-श्रीमतीसमेत रहेका संरक्षक चौधरी र पार्टी अध्यक्ष श्रेष्ठले आपसी मतेभत मत्थर पार्दै संयुक्त बैठक बोलाएका छन्।  ०८० पुसमा भएको पार्टीको पहिलो महाधिवेशनपछि यी दुईबीच किचलो शुरु भएको थियो। त्यसयता श्रीमान-श्रीमती दुबैले आफूलाई नेतृत्व दावी गर्दै छुट्टा-छुट्टै बैठक बोलाउदै आएका थिए। जसको कारण पार्टी विभाजनको संघारमा पुगेको चर्चासमेत चलेको थियो। तर, अहिले यी…

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले डिएसपीहरुएको सरुवा गरेको छ। नक्सालले मंगलबार गरेको एक सय ४३ डिएसपीको सरुवामा काठमाडौं उपत्यकाका ८ वृत्तका डिएसपी पनि फेरिएका छन्। यसरी फेरिनेमा एक वर्ष अवधि पुगेका डिएसपीहरु छन् भने केहीको काज तथा काज थमौती पनि गरिएको छ। जसअनुसार बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ। त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ। यस्तै दरबारमार्ग वृत्तमा भने राजकुमार श्रेष्ठलाई पठाइएको छ। उनी बदनामित प्रहरी अधिकृत हुन्। उनी पोखरामा हुँदा विवादमा तानिएका थिए भने उनलाई त्यसबेला हेडक्वाटर…

Read More

काठमाडौं: नेपाल प्रहरीका ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा तथा काज गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको काज तथा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् सूची डिएसपीको सूची

Read More

काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक (आईजीपी) टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निमित्त आईजीपी राईले यस्तो निर्देशन दिएका हुन्। एआईजी राईले समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका थिए। निमित्त आईजीपी राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताए। विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि…

Read More

धनगढी: इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ। अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा एमबिपिएस को सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ एमबिपिएस सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० एमबिपिएसमा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ। साथै भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिईको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ। ग्राहकहरूले ‘मेस वाइफाई राउटर’मा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन्। जसका लागि रु. ३००० (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ। मेस अफर भायानेटका २०० एमबिपिएस वा माथिका वार्षिक ग्राहकलाई…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ। यहीँ असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो। जसअनुसार सुदूरपश्चिमका ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएका छन् भने बैतडी, बाजुरा र कञ्चनपुरमा भने पुरानै इन्चार्जहरु यथावत छन्। यस अगाडिदेखि नै कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशब) र बैतडीमा नरेन्द्र बहादुर कुँवर इन्चार्ज थिए। उनीहरू यथावत छन्। त्यस्तै पहिले कैलालीमा हरि ज्ञवाली इन्चार्ज भएकोमा अहिले उनलाई हटाएर नेपबहादुर चौधरीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डोटीमा शिव ओलीलाई हटाएर त्रिलोचन भट्टलाई जिम्मेवारी दिइएको छ। त्यस्तै डडेल्धुरामा जगत पार्कीलाई हटाएर कुन्ती जोशीलाई इन्चार्ज तोकिएको छ। उता अछाममा झपट साउदलाई…

Read More

काठमाडौं: राजावादी तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई हुन लागेको छ। छोरा निराजनले हिजो सर्बोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको छ।  पेशीसूचीको ३ नम्बरमा रहेको रिटमा प्रसाईंलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको उल्लेख छ। साइबर अपराधसम्बन्धी कसूरमा प्रसाईंलाई अस्ति अपरान्ह भक्तपुरको कमेरोटारस्थित उनकै निवासबाट नेपाल प्रहरीको साइबर ब्यूरो टोलीले नियन्त्रणमा लिएको थियो। काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएका उनी अस्ति साँझदेखि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएका हुन्।

Read More

धनगढी: कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो। उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास बरामद गरिएको कञ्चनपुुर प्रहरीले जनाएको छ। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहको बताइएको छ।

Read More

धनगढी: बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन्। भदाै २६ गते डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्। अस्पतालका अनुसार उनले जन्म दिएको पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोस्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ। शिशुहरूलाई आइसियु वार्डमा राखिएको छ। दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक बालकुमारी बस्यालले जानकारी दिइन्। गत वर्ष मात्रै प्रेम विवाह भएको र यस वर्ष दुवै सन्तानको सकुशल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका छन्। २० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग…

Read More