Author: महेन्द्रनगर पोष्ट

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरु भोलि धनगढी आउने भएका छन्। स्रोतका अनुसार भोलि केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री धवल शम्सेर जबरा,प्रवक्ता एंव प्रमुख सचेतक ज्ञानेन्द्र शाही धनगढी आउने कार्यक्रम छ। भोलि र पर्सि हुने अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन उनीहरु धनगढी आउन लागेका हुन्।

Read More

डडेल्धुरा : दार्चुलामा आफुले भेट्न नपाएको भन्दै अनशन बसेका साधुको क्रोध मरेको छ । आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उनको अनशन तोडेका छन्। उनले जुस पिलाएर साधुको अनशन तोडेका हुन् ।शनिवार जिल्लाको गोकुलेश्वरमा जगतपुरी शिवधाम क्षेत्रका महाराज रामानन्द स्वामीलाई मुख्यमन्त्री भेट्नमा रोक लगाइएको थियो। सोही आक्रोशमा आएर उनीगोकुलेश्वरको शिवपुरी धाममा अनशन मौन अनशन बसेका थिए।मुख्यमन्त्री कमलबहादुर शाहलाई उनले त्यहाँको विकास निर्माण र केही विवादास्पद विषयवस्तुमा ध्यानाकर्षण गराउन खोजेका थिए। तर, सो विषयमा कुरा गर्न खोज्दा मुख्यमन्त्री र उनका कार्यकर्ताको निर्देशनमा प्रहरीले स्वामीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

Read More

धनगढीः बैतडीको सुर्नया गाउँपालिकाले आज (आइतवार) एक हास्यासपद विज्ञप्ती जारी गरेको पाइएको छ। गाउँपालिकाका प्रवक्ता प्रताप महराले उक्त विज्ञप्ती जारी गरेका हुन्। विज्ञप्तीमा भनिएको छ, ‘यस सुर्नया गाउँपालिकामा मिति २०७९/०९/१० गतेको कार्यपालिकाको निर्णय बमोजिम अध्यक्ष र उपाध्यक्ष ज्युको स्वकिय सचिव नियुक्त गरिएको सन्दर्भमा सामाजिक संजाल लगायत संचारका माध्यमहरुमा विभिन्न किसिमका टिकाटिप्पणी भएकोप्रति यस गाउँपालिकाको ध्यानाकर्षण भएको छ। सो सम्बन्धमा हाललाई अध्यक्षस्तरको मिति २०८०/०१/१० गतेको बैठकवाट सो सम्बन्धी कार्यविधि नबनुन्जेल सम्मका लागी निजहरुले स्वकीय सचिव भई लिएको सेवा सुविधा फिर्ता दाखिला गराउने गरी मिति २०८०/०१/११ गतेबाट अवकाश दिने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागी यो विज्ञप्ती प्रकाशित गरिएको छ।’ उसो…

Read More

धनगढीः १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं १ चङ्घाटका ३४ वर्षीय टोपबहादुर रायमाझी (एमाले नेता होइन) लाई प्रहरीले बलात्कार अभियोगमा समातेको हो। प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले उनलाई हिजो बिहान ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा नियन्त्रणमा लिएको बताइएको छ। रायमाझीमाथि थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः कञ्चनपुरको बेलौरीबाट धनगढीका दुई युवा लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ विद्यानगरबाट ७५ मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय सुमित राना र धनगढी उपमहानगरपालिका–७ मनहेराका १५ वर्षीय किशोर रहेका छन्। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले से ७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो।

Read More

काठमाडौं : चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन्। उपनिर्वाचन भइरहेको चितवन क्षेत्र नम्बर २ का मतदाता नभएकाले उनले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। त्यस्तै एमालेबाट उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले पनि आफैलाई मतदान गर्न पाएनन्।

Read More

पाँचथर : पाँचथर जीप दुर्घटना हुँदा एकजनाको मृत्युपाँचथरको फिदिम-११ मा पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मे १ ज २९५८ नम्बरको पिकअप दुर्घटना भएको हो । फालेलुङबाट फिदिम आउदै गरेको पिकअप जीप दुर्घटना भएको हो । विस्तृत विवरण आउन बाँकि रहेको छ ।

Read More

काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरुविरुद्ध षडयन्त्र गर्न खाजिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले शान्तीपूर्वक भईरहेको उपनिर्वाचन बिथोल्ने प्रयास भएको बताएका हुन् । हारको मानसिकता बोकेका मानिसहरूको पछि नलाग्न उनले मतदातालाई आग्रह समेत गरेका छन्।  ‘रास्वपा तीनवटै ठाउँमा एक्लै चुनाव लडिरहेको छ। न कसैलाई हामीले भोट मागेका छौं न कसैसँग तालमेल छ। एक्लै आफ्नो बलमा हामी चुनाव लडिरहेका छौं,’ सभापति लामिछानेले भनेका छन्, ‘कुनैपनि किसिमका गलत सूचनाको पछि नलागि घण्टी चुनाव चिन्हमा मतदान गर्नुहोला।’ साथै, उनले आफूहरुविरुद्ध भएको घेराबन्दी र षडयन्त्रको जवाफ जनताले भोटमार्फत दिने पनि बताएका छन्।

Read More

धनगढीः कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परेर ज्यान गएको छ । बिहीवार साँझ जिल्लाको धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको मृत्यु भएको हो। उनी बिहीवार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। त्यही क्रममा उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको थियो। उनको शनिवार राति धनगढीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ।

Read More