Author: महेन्द्रनगर पोष्ट

धनगढी- कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। मजिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं: नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ। कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।  सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र सहायक कम्प्युटर अपरेटर पदका लागि खुलाइएको उक्त विज्ञापनका लागि जेठ १३ भित्र आवेदन दिन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ। 

Read More

काठमाडौं: वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक महिलाको लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। श्रेष्ठले अस्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक तीन लाखभन्दा बढी तलब हुन्छ भनी अमृता गुरुङलाई प्रलोभनमा पारी तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्।  श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। 

Read More

बाजुरा:  बाजुराको बुढीगंगा नगरपालिकाकाे बाम्काबाट खप्तड छेडेदह गाउँपालिका–४ गुदुखाती जादै गरेको ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ। बिहीबार साँझ भएको दुर्घटनामा सोही वडाका अन्दाजी ३१ वर्षीय खम्मबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  बाम्का बजारबाट सामान लिएर जादै गरेको सु प प्र ०१–००१ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने बेलामा खसेर ट्याक्टरको टायरमा च्यापिएर उनको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्। ट्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

धनगढीः आज पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। 

Read More

कञ्चनपुरः आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ।  नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रवारदेखि ३ दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको थियो। नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए। उनले महोत्सवमा सहभागी जोसुकैले निःशुल्क हेर्न पाउने बताए। सुदूरपश्चिम विश्वविद्यालयको कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए। उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए। महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र…

Read More

बाजुरा: बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ। मध्यराति दुई पटक भूकम्प गएको हो। राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला तथा अन्य जिल्लामा पनि महसूस गरिएको थियो। भूकम्पले क्षति पुर्याएको बारे एकीन हुन सकेको छैन। सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो।

Read More

धनगढीः जबरजस्ती करणी गरेको आरोपमा एक पत्रकार समातिएका छन्। मकवानपुरका पत्रकार ईन्द्रप्रसाद बञ्जारा (रमेश) बलात्कारको अभियोगमा समातिएका हुन्। उनी पत्रकार पक्राउ परेपछि नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष मणिराज गौतमले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही र निर्दोषलाई न्याय दिलाउन माग गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै निष्पक्ष र दोहोरो तवरले छानबिन हुनुपर्नेमा जोड दिएका छन्। गत चैत ३० गते एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपछि जिल्ला प्रहरी कार्यालय, मकवानपुरको नियन्त्रणमा रहेका बञ्जाराको विषयमा कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न उनले आग्रह गरेका छन्। ‘जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई घटनाको निष्पक्ष र…

Read More

धनगढीः अस्ती शिक्षकले छात्राहरुमाथि यौन द्रुव्यवहार गरेको भन्दै काण्ड मच्चिएको कैलालीस्थित धनगढीको एसपीए कलेजविरुद्ध महिलाहरु उपमहानगरसम्म पुगेका छन्। कलेजमा छात्राहरुमाथि यौन द्रुव्यवहार भइरहेको र त्यसमा गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरु धनगढी उपमहानगरपालिकामा पुगेका हुन्। कलेजमा अध्यननरत छात्राहरुमाथि शिक्षकबाट गरिएको यौन द्रुव्यवहारको घटनाप्रति महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले गम्भीर ध्यानाकर्षण गराएका हुन्। त्यो घटनाले बालिका तथा किशोरीको सुरक्षित, सम्मानित र स्वतन्त्रता पुर्वक बाँच्ने अधिकारको खण्डित गरेको उनीहरुको ठहर छ। घटनाको सत्य, तथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही, प्रभावित बालिकाको सुरक्षाको सुनिश्चितताको लागि महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारको…

Read More

काठमाडौं: स्वास्थ्य बीमा बोर्डले ठूलो सँख्यामा करारमा कर्मचारी माग गरेको छ। बोर्डले एक सूचना जारी गर्दै करार सेवामा दर्ता अधिकारी (ना.सु.पाँचौं तह) तर्फ ५५ जना कर्मचारी माग गरेको हो। बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ। स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्ला र स्थानीय तहमा खटिनेगरी यो सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन बुझाउनसमे बोर्डले आह्वान गरेको छ।

Read More