Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिममा अहिले पनि स्ववियु निर्वाचन कहिले हुने ? भन्ने टुंगो लागेको छैन। सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा स्ववियु निर्वाचनबारे अहिले पनि अलमल नै छ। यद्यपि विद्यार्थी नेता तथा संगठनहरुले स्ववियु निर्वाचन शिघ्र गराउनका लागि पहल तथा कसरत गरिरहेका छन्। अस्तीमात्रै सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनबारे छलफल गर्न बैठक बसेको थियो। तर केही निर्णय नगरी सो बैठक सम्पन्न भएको थियो। अहिले पनि विद्यार्थी संगठनहरुले चाडो निर्वाचनको मिति तोक्न दबाब दिइरहेका छन्। यो आगामी महिना चैतभित्र निर्वाचनको मिति तय गर्न भन्दै आफूहरु दबाब दिइरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश समितिका प्रमुख सचिव डम्बर भट्टराईले बताए। उनले आफ्नो संगठनको मुल माग…

Read More

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानीसमेत रहेको धनगढीमा शनिबारदेखि साइनो एजुकेशन सञ्चालनमा आएको छ। सुदूरपश्चिममै गुणस्तरीय पढाइको वातावरण मिलाउने उद्देश्यसहित युवा व्यवसायीद्वय रोहित चन्द र पदमराज जोशीले साइनो एजुकेशन प्रालि सञ्चालनमा ल्याएका हुन्। महाशिवरात्रिका अवसरमा धनगढी उपमहानगरपालिकाको हसनपुरमा सो प्रालिको उद्घाटन सुदूरपश्चिमका शिक्षाविद् डा हेमराज पन्तले गरे। उनले प्रालिको उद्घाटन गर्दै दुईजना युवा व्यवसायीहरुलाई सफलताको शुभकामना व्यक्त गरे। यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि एजुकेशनको सफलताको कामना गर्दै सञ्चालक चन्द र जोशीलाई बधाई तथा शुभकामना व्यक्त गरे। साइनो एजुकेशन प्रालिका सञ्चालक चन्दका अनुसार साइनोमा विभिन्न कक्षाका अतिरिक्त कक्षा, कन्सल्टेन्सी, लोकसेवा, शिक्षक सेवा तथा अन्य कक्षाहरू सञ्चालनमा आउने छन्। सुदूरपश्चिममै राम्रो पढाइको…

Read More

दार्चुलाः मार्मा गाउँपालिका–३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आइतबार बिहान करेन्ट लागेर चालकको मृत्यु भएको छ। सहचालक घाइते छन्। कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानी बस्ने २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। उनी टिप्पर चालक हुन्। मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाश सिंह ठगुन्ना घाइते छन्।

Read More

धनगढीः भारतीय पूर्व सेनाध्यक्षहरु नेपाली सेनाको हेलिकोप्टरमा जोमसोम हुँदै मुक्तिनाथ गएका छन्। हिजो सेनाको २६० औं स्थापना दिवसमा आमन्त्रित भारतीय पाहुनाहरु आज बिहान दुई वटा हेलिकोप्टरमा त्यसतर्फ गएका हुन्। सेनाको एनए ०५८ अगुस्ता र एनए ५३ एमआई हेलिकोप्टरमा २५ जनाको टोली त्यसतर्फ गएको हो। हेलिकोप्टर बिहान साढे ७ बजे काठमाडौंबाट उडेको बताइएको छ। एउटा हेलिकोप्टरमा क्रु मेम्बरसहित ११ जना र अर्कोमा २१ जना सवार छन्। भारतीय चार जना पूर्वसेनाध्यक्षहरु अस्ति आफ्ना परिवारका सदस्यसहित काठमाडौं आएर हिजो सेनाको कार्यक्रममा सहभागी भएका हुन्। नेपालका मानार्थ सेनापतिसमेत रहेका पूर्व सेनाध्यक्ष विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दिपक कपुर र दलवीर सिंह सुहाग अस्ति बिहान…

Read More

धनगढीः नेपाली काँग्रेसकी नेतृ तथा काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजू राणा देउवा आज राजधानी फर्किएकी छन्। उनी गत बुधबार काठमाडौंबाट धनगढी आएकी थिइन्। त्यसपछि धनगढीबाट गृहजिल्ला डडेल्धुरा पनि गएकी थिइन्। डा. राणा आज श्री एअरलाइन्सको उडानमा काठमाडौं फर्किएको सुरक्षा स्रोतले जनाएको छ। उक्त एअरलाइन्सको उडान नम्बर एसएचए २२२ मा राणा धनगढीबाट बिहान साढे ११ बजे काठमाडौं पुगेको बताइएको छ। धनगढीमा उनले कार्यकर्ता भेटघाट तथा नेविसंघको कार्यक्रममा सहभागी भएकी थिइन्। उनी डडेल्धुराकी समानुपातिक प्रतिनिधिसभा सदस्य पनि हुन्।

Read More

बझाङः बझाङमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। चितुवाको आक्रमणबाट सिमकोट गाउँपालिका–७ चौगानफयाका २८ वर्षीय रामजल शाही घाइते भएका हुन्। घाइते शाहीको हात, खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ। खप्तडछान्ना गाउँपालिकाको खालीगडास्थित पुजारी गाउँको जंगलमा बाख्रा चराउन गएका बेला शनिबार दिउसो शाहीलाई चितुवाले आक्रमण गरेको स्थानीयले जानकारी दिए। कुकुर र गाउँलेहरुले कोलाहल गरेपछि चितुवा भागेको स्थानीयको भनाई छ। शाही उक्त जंगलमा लामो समयदेखि बाख्रा चराउदै आएका थिए।

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले रिहा भएपछि आममाफी दिएकोमा राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिएका छन्। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका छन्। जेलमुक्त भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र कारागार बसाइँले धेरै कुरा सिकाएको बताए। कैलाली कारागारबाट रिहा हुँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। आफ्नो रिस मान्नेहरूको योजनाअनुसार आफूलाई पक्राउ गरिएको भएपनि उनीहरूको योजना सफल नभएको उनको दाबी छ। ‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’ चौधरीले भने,‘ ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले…

Read More

बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आज दशरथचन्द राजमार्गको घुसुल्ला भन्ने स्थानमा से १ ज ९२७ नम्बरको जिप दुर्घटना भएको हो। घाईतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिपमा ९ जना सवार थिए। तीन जनाबाहेक सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

Read More

धनगढी: नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त भएपछि उनका कार्यकर्ताले सडक जाम पारेका छन्। जिल्ला कारागार कैलालीबाट चौधरी आइतबार रिहा भएपछि उनका कार्यकर्ताले धनगढीको सडक जाम पारेका हुन्। चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सजाय माफी गरेपछि रिहा भएका थिए। पक्राउ भएपछि निलम्बित भएका सांसद चौधरी रिहा भएपछि उनको स्वागतका लागि नागरिक उन्मुक्तिकि अध्यक्ष रञ्जिता श्रेष्ठ कार्यकर्ताको हुलसहित कारागार पुगेकी थिइन्। २०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। छ…

Read More

धनगढीः दार्चुला र धारचुला बजार जोड्ने झोलुंगेपुल छेउको भारतीय तटबन्ध संरचना निर्माणमा नेपाली पक्षले आपत्ति जनाएको छ। इञ्जिनियरिङ सिद्धान्त र मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै महाकाली नदी नियन्त्रण आयोजनाले मौखिक र लिखित रूपमा यसबारे जानकारी गराएको छ। भारततर्फको झोलुंगेपुलछेउमा पुलको एबुटमेन्टभन्दा ८ मीटरअगाडि तटबन्धको संरचना निर्माण गरेकोमा नेपाली प्राविधिकले सरोकार देखाएका छन्। ‘पुलको एबुटमेन्ट भनेको आफैँमा सुरक्षा संरचना हो, भारततर्फको तटबन्ध निर्माणले पुलको एबुटमेन्ट सबै ढाकिँदै छ’ महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहरकुमार साहले भने। पुलछेउको ‘अपस्ट्रिम’मा तटबन्धको ‘कर्भ’ आकारको संरचना बनाएपछि नदीको बहाव नेपालतर्फ फर्किने जोखिम बढेको प्राविधिकहरूको भनाइ छ। भारतीय पक्षबाट पुलछेउको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ दुबैतर्फ ‘काउन्टर फोर्ड…

Read More