Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको अत्तरियामा सवारी दुर्घटना भएको छ। बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा सशस्त्र प्रहरीका २ जनासहित ५ जना घाइते भएका छन्। शनिवार साँझ अत्तरिया–धनगढी ६ लेन सडक खण्ड अन्तरगत सब्जी मन्डी अगाडी भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जना सशस्त्र प्रहरी र बसमा सवार ३ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार धनगढीबाट अत्तरियातर्फ आइरहेको से १ ख ९१५ नम्बरको बसले सडक क्रस गरिरहेको सुदूरपश्चिम प्रदेश ०१०१० प ८६३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिका–२ का ३० वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुरत ऐर र २८ वर्षीय सशस्त्र प्रहरी जवान निलम बोहरा…

Read More

काठमाडौं : काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटा सुरक्षा अंगका प्रमुखसँग छलफल गरेका छन्। आज बिहान निजी निवास खुमलटारमा बोलाएर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको पछिल्लो अवस्थाको जानकारी लिएका हुन्। उनले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको स्वकीय रमेश मल्लले बताए। सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे। सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे। देशको राजनीतिक परिस्थिति जे जस्तो भएता पनि देशको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा…

Read More

धनगढी : नेपाली काग्रेस नेतृ आरजु राणा देउवा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने लगभग निश्चित छ । तर पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा पत्नी आरजुलाई मन्त्री बनाउन रुचाइरहेका छैनन् । आरजु भने लगातार मन्त्रीका लागि दबाब बढाइरहेकी छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि देउवाले आरजुलाई मन्त्री नबन्न पटक–पटक भनेका छन् । तर उनी तयार छैनन् । गतसाता मात्रै कांग्रेस नेताहरु देउवा निवास पुग्दा देउवा दम्पत्तीबीच मन्त्रीको विषयमा चर्काचर्की भएको थियो । शनिबारपनि कांग्रेस महिला नेतृको टोली देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । सो क्रममा उनीहरुले आरजुलाई मन्त्री बनाउनुपर्ने माग राखे । उनीहरुको कुरा…

Read More

काठमाडौं : काठमाडौंको ठमेलबाट झण्डै ६ किलो कोकिनसहित पक्राउ परेकी मलेसियन महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ठमेलस्थित काठमाडौं सिटी होटलबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई भाडिभालो छन् । उनको साथबाट ८ किलो ८२० ग्राम कोकिन बराम भएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । अन्तराष्ट्रिय बजारमा लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ । अधिकारीका अनुसार बरामद भएको कोकिनको मुल्य २० करोड ३७ लाख बढी हुन आउँछ । उनले सो कोकिन ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर लुकाएकी थिइन ।

Read More

धनगढी : कञ्चनपुरमा डडेल्धुराकी एक बालिकाको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–१ बैसख्खा शिविर स्थित स्याली नदीमा डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका महादेव नाथकी १४ वर्षीया छोरी पुष्पा नाथको शव फेला परेको हो । शनिवार मृत फेला परेकी बालिका कञ्चनपुरमा मामा घरमा बस्दै आएकी थिइन ।

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा आज प्रधानमन्त्री पदमा नियुक्त हुँदैछ । नयाँ प्रधानमन्त्रीमा दाबी गरेका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नियुक्त गर्न लागेका हुन् । चौथो पटक प्रधानमन्त्री बन्न लागेका ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीले सोमबार ११ बजे पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेल अनुसार राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने छ ।  नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२)बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका थिए । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट…

Read More

धनगढी :  बैतडी कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ। चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ भने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए। टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ। क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए। जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए।।

Read More

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरेका छन् । ‘मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन्’, गृहमन्त्री लामिछानेले भने, ‘किनकी रिजल्ट आओस् अनि भनौ‍ला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’

Read More

काठमाडौं: अक्सफोर्ड मिडिया प्रालिद्वारा सञ्चालित महेन्द्रनगर पोष्टडटकम आज (आइतबार) बाट पाँचौ वर्षमा प्रवेश गरेको छ। महेन्द्रनगर पोष्टले २०६१ सालबाट सुदूरपश्चिमको प्रथम सन्ध्याकालीन दैनिक पत्रिकाको रुपमा यात्रा आरम्भ गरेको थियो। त्यस बखतदेखि निरन्तर प्रकाशित हुँदै आएको पत्रिकाको २०६९ सालमा आएर विविध कारणले दैनिक प्रकाशन बन्द हुन पुग्यो। तत्पश्चात संविधान, लोकतान्त्रिक संघीय गणतन्त्र नेपाल हुँदै आजको दिनसम्म र बीचमा आएका कोभिडजस्ता विभिन्न महामारी एवं संक्रमणकालीन अवस्थालाई पार गर्दै हामी यहाँसम्म आइपुगेका छौँ। चार वर्षअघि आजकै मितिमा बदलिँदो प्रविधि र मिडियाको विकासक्रम अनुसार महेन्द्रनगर पोष्टडटकम डिजिटल पत्रिका (अनलाइन) संस्करणको बीजारोपण भएको थियो। हामीले कुनै ठाउँ विशेषको नाम राखे पनि विश्वभर छरिएका नेपाली भाषी…

Read More

धनगढी : प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन्। उनका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका २२ वर्षीय अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका हुन्। यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश…

Read More