Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन्। ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा दोधारा–चाँदनी नगरपालिका–७ टाउके टोलका ४० वर्षीय मुकेश क्षेत्री पक्राउ परेका हुन्। उनी शनिबार पक्राउ परेको प्रहरीले बताएको छ। क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई विभिन्न उपकरणहरु सहयोग गरिएको छ। आज धनगढी उपमहानगरपालिकाले प्रहरीलाई ट्राफिक उपकरणहरु सहयोग गरेको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सवारी सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहज भूमिका निर्वाह गर्न आवश्यक पर्ने ट्राफिक उपकरणहरुको उपलब्धताका लागि प्रहरीले उपमहानगरलाई धन्यवाद ब्यक्त गरेको छ। उपमहानगरले ट्राफिकलाई ब्रेथलाईजर २ थान, हुईल लक ५ थान, म्याजिक लाईट २ थान र ट्राफिक संकेत बोर्ड ६०थान प्रखान गरेको थियो।

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। नेपाली कांग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्रमन्त्रीमा शपथ गराउने तयारी भएको छ। शपथग्रहण दिउँसो तीन बजे राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई जिम्मा दिइएको हो। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाहाललाई सुदूरपश्चिमका एनपी साउदको नाम सिफारिस गरेका थिए। प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथग्रहण गराउन लागिएको हो। कांग्रेसको भागका अन्य चार मन्त्रीको शपथग्रहण भने उपचुनावपछि हुने बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ।

Read More

धनगढीः भारतको उत्तर प्रदेशमा एक जना पूर्व साँसद तथा उनका भाइको गोली हानी हत्या गरिएको छ। उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफमाथि गोली प्रहार भएको हो। पत्रकारको भेषमा आएका आक्रमणकारीले दुबै जनालाई गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ। आक्रमणकारी पक्राउ परेका छन्।सञ्चारकर्मीहरुसँग कुरा गरिरहेको अवस्थामा उक्त स्थानमा पत्रकार बनेर आएका आक्रमणकारीले दाजुभाइमाथि गोली बर्साएका थिए। प्रहरीका अनुसार स्थानीय अस्पतालतर्फ जाँदै गरेको समयमा अतिक पत्रकारहरुसँग कुराकानी गर्दै थिए। त्यसपछि नजिकै रहेका आक्रमणकारीले पूर्वसांसद र उनका भाइलाई लक्षित गरेर अन्धाधुन्द गोली प्रहार गरे। उक्त घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उच्चस्तरीय बैठक बोलाएर जाँचबुझका लागि आदेश दिएका…

Read More

धनगढीः प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’ मा समस्या आएको छ। प्राविधिक समस्याका कारण हिजोदेखि सो सेवा स्थगित भएको बताइएको छ। आज सूचना प्रकाशित गर्दै प्रहरीले प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध सिर्जना भएको जानकारी दिएको हो। सूचनामा भनिएको छ, ‘प्राविधिक समस्याका कारण अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा यहाँहरुलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौँ।’

Read More

धनगढीः धनगढीको दशरथ भीम उद्यान ‘लभपार्क’ प्रवेशमा रकम असुली भइरहेको पाइएको छ। पार्कमा धनगढी नगर सभाबाट पारित गरिएको दर विपरीत रकम असुली हुँदै आएको पाइएको हो। धनगढी उपमहानगरपालिकाको नगर सभाले भीम उद्यान प्रवेशका लागि स्वदेशी नागरिकबाट १० रुपैयाँ, विदेशी नागरिकबाट ४० रुपैयाँ, फोटो खिच्ने क्यामराबाट २० रुपैयाँ, भिडियो क्यामराबाट चार सय रुपैयाँ र फिल्मका लागि पाँच सय रुपैयाँ प्रदेश शुल्कको दर बनाएको छ। तर पार्क प्रवेशमा स्वदेशी नागरिकबाट २५ रुपैयाँका दरले रकम असुली हुँदै आएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखाको प्रतिवेदनमा भीम उद्यानमा होली हंगामा कार्यक्रमको आयोजना गर्दै एक सय ५० रुपैयाँसमेत लिने गरिएको उल्लेख गरिएको छ। नगर सभाबाट…

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी गएर आजै राजधानी फर्कने कार्यक्रम छ। उनी बिहान पौने ९ बजे गएर साँझ साढे ५ बजे फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री बिहान बुद्ध एअरको उडान नम्बर एचबीएचए २५१ बाट धनगढी गएर बेलुकी श्री एअरलान्सको उडान नम्बर एसएचए २२६ बाट राजधानी फर्कनेछन्। सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। प्रधानमन्त्री आज महेन्द्रनगर पुग्ने बताइएको छ।

Read More

धनगढीः अछामस्थित कर्णाली नदीमा आमाछोरी मृत अवस्थामा भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ढकारी गाउँपालिका–४ की २२ वर्षीया कमला कुमारी बुढा र उनका ५ महिने शिशु कर्णाली नदीको किनारमा मृत अवस्थामा भेटिएका हुन्। कमला १६ चैत्रदेखि परिवारको सम्पर्कमा थिइनन्। स्थानीय ज्ञानमन्दिर मेडिकलमा उपचारका लागि जान्छुँ भनेर छोरासहित घरबाट हिँडेकी उनी त्यसपछि बेपत्ता थिइन्। हराएको ९ दिनपछि अछाम प्रहरीले आमाछोराको शव कर्णाली नदीको किनारमा फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट श्रीमान् धर्मबहादुर साउँद र मृतक कमलाबीच पारिवारिक खटपट रहेको खुलेको छ। मृत्युको एकिन कारण भने खुल्न सकेको छैन। श्रीमान् धर्मबहादुर प्रहरीको निगरानीमा रहेका छन्। ‘प्रारम्भिक रुपमा घटना प्रकृति हेर्दा पानीमा…

Read More

धनगढीः स्थापनाको छोटो समयमै नागरिक उन्मुक्ति पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै गएको छ। पार्टी कैलाली केन्द्रीत भएको, त्यहीँका नेताहरुलाई मात्र अवसर दिएको र अन्यत्रकालाई किनारा पारिएको भन्दै बिवाद छताछुल्ल हुन थालेको छ। पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको, संरक्षक रेशम चौधरी र अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठको हालिमुहाली चलिरहेको भन्दै लामो समयदेखि असन्तुष्ट नेता सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेको केहीँ दिनपछि उनलाई कारबाही गरेको उक्त पार्टीले जनाएको छ। नेता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी त्यागको घोषणा गरेका थिए। त्यसपछि पार्टी हितविपरीत काम गरेको भन्दै उन्मुक्तिले चौधरीलाई कारबाही गरेको जनाएको छ। पार्टी हितविपरीत काम गरेकाले चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी…

Read More

भानुभक्त आचार्य, कैलाली: ‘गाउँमा बाघ पस्यो ’ केही हुल मान्छेहरू बाटोतर्फ भागे । ‘कहाँ छ ’ ३५ वर्षीय बमबहादुर खड्काले सोधे । ‘ऊ उता’ मान्छेहरू देखाउँदै दौडिए । आफ्नै दोकानमा बसिरहेका बम पनि पछि पछि दौडिए । बाघ भनेर पच्छाइरहेकाहरूले पछि थाहा पाए त्यो चितुवा रहेछ । नजिकैको जंगलबाट गाउँ पसेको चितुवा हेर्नेहरूको घुइँचो लाग्यो । ‘ला…अब कसलाई खान्छ ?’ साउन ३ गतेको घटना स्थानीयको आँखामा घुम्यो । डोटीकै दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुईजना घाइते भएका थिए । चितुवाको आक्रमणबाट ४५ बर्सकी पार्वती विकको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको विकको…

Read More