Author: महेन्द्रनगर पोष्ट

धनगढीः महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ स्थित एक कवाड संकलन केन्द्रमा भएको बिस्फोटमा घाइते भएका भारतीय नागरिकलाई बरेली रिफर गरिएको छ। हिजो साँझ सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट हुँदा दुई जना घाइते भएका थिए। घाइतेमध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको प्रहरीले जनाएको छ।अन्सारीसँगै सामान्य घाइते भएका पिलिभितका नितेश कुमार उपचारपश्चात घर फर्किएका छन्। गम्भीर घाइते अन्सारीको अनुहारमा चोट लागेको छ। आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तुका टुक्राले उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको धनगढीको मोहना पुल (अत्तरिया ६ लेन सडकखण्ड निर्माण नसकिंदै भासिन थालेपछि दुर्घटनाको जोखिम बढेको छ । कुल १४ किलोमिटर १९७ मिटर लम्बाइ रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक ठाउँ–ठाउँमा भासिएका कारण दुर्घटनाको जोखिम बढेको हो तर सडक मर्मत सम्भारमा भने कुनै निकायले चासो लिएको देखिंदैन । खासगरी ६ लेन सडक कालोपत्रेको काम सम्पन्न भएपनि अन्य संरचनाको निर्माण नसकिएका बेला योजना कार्यालय भंग भएपछि मर्मत सम्भारको काममा अन्योलता थपिएको थियो तर सरकारले अहिले महाकाली पुल योजना कार्यालयले हेर्नेगरी जिम्मा दिएको छ । महाकाली पुल योजना, फिल्ड कार्यालय धनगढीका इन्जिनियर सन्तोष चन्दले दोस्रो प्याकेज अन्तर्गत लुम्बिनी–राजेन्द्र…

Read More

धनगढीः कैलालीमा एक जना मृत फेला परेका छन्। आइतवार दिउँसो बर्दगोरिया गाउँपालिका–२ स्थित साहारा घरमा बस्दै आएका पुरुष मृत भेटिएका हुन्। नाम, थर र ठेगाना खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेको सहारा घरका सञ्चालक बर्गगोरिया गाउँपालिका–२ का बलबहादुर विष्टले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त लगत्तै प्रहरी निरिक्षक बिक्रम शाहीको नेतृत्वमा चार जना प्रहरी टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ। पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङ जोडने महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहरसम्म सहज पहुँच हुनेछ। सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ। तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार वटा मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार…

Read More

महेन्द्रनगरः महेन्द्रनगरमा भर्खरै बिस्फोट भएको छ। भीमदत्त नगरपालिका-६ स्थित भानु पाटि प्यालेस अगाडि एक कवाड संकलन केन्द्रमा बिस्फोट भएको हो। बिस्फोट हुँदा एक जना घाइते भएका हुन्। प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन। घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ। आगो तापिरहेका बेला बिस्फोट भएको थियो। घटनाको विवरण आउन बाकी छ।

Read More

धनगढी: डडेल्धुराको भागेश्वार गाउँपालिकाले रोजगार सहायक र प्राविधिक सहायक माग गरेकोमा कुनै पनि उम्मेदवारले पास गर्न नसकेको जनाएको छ। एक सूचना जारी गर्दै पालिकाको कार्यालयले यस्तो जनाएको हो। परिक्षार्थीहरुले उक्त परिक्षामा ४० अंक ल्याउन नसकेका हुन्। त्यहाँ अब फेरि परिक्षा हुनेछ।हेर्नुस् सूचना

Read More

महेन्द्रनगर: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सीप, संस्कार र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन्। आज शुक्लाफाँटा नगरपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास सधैं रहनेछ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरु कुलतमा फसिरहेको छन्, अभिभावकहरुले समयमै आफ्ना बाल बालिकाहरुको हेरविचार गर्न जरुरी छ।’ कार्यक्रममा मुख्यमन्त्री रावलसहित नेकपा एमालेका केन्द्रिय सदस्य नरबहादुर धामी, एमाले प्रदेश कमिटि सचिवालय सदस्य बचनबहादुर सिंह, सुदुरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, शुक्लाफाँटाका मेयर रणबहादुर महरालगायतले मन्तब्य राखेका थिए।

Read More

काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।

Read More

धनगढीः कैलालीमा एक पुरुष मृत भेटिएका छन्। जिल्लाको गोदावरी नगरपालिका-९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन्। उनी आफ्नै खेतबारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढी: दार्चुलामा शनिबार बेलुकी प्रहरीले एक पेस्तोल बरामद गर्‍यो। जिल्लाको महाकाली नगरपालिका–९ को सकार खेल मैदानबाट एक जना १५ वर्षीय किशोरको साथबाट पेस्तोल बरामद गरिएको थियो। तर, त्यो पेस्तोल नै नक्कली भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खेलमैदानमा जम्मा भएका केटाहरुबीच झगडा भएका बेला ती किशोरले पेस्तोल देखाएको भनेर प्रहरीमा खबर आएको थियो। त्यसपछि प्रहरीले नक्कली पेस्तोलसहित ती किशोरलाई पक्राउ गरेको थियो। शनिबार बेलुकी ती किशोरलाई जिल्ला प्रहरी कार्यालयको टोलीले समातेर उपचार गराएको थियो। ती किशोरको स्वास्थ्यमा समेत समस्या रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक जगतगाहा मगरले बताए। उनले भने, ‘अस्ति (शनिबार) स्कुले केटाहरुको लफडा…

Read More