Author: महेन्द्रनगर पोष्ट

धनगढीः बाजुरामा ५ दशमलव ९ म्‍याग्निच्यूडको भूकम्प जाँदा घरहर भत्किएका छन्। बाजुराको बडिमालिका नगरपालिका ७ मा ३ वटा घर भत्केका हुन्। त्यहाँका डिएसपी सुर्य थापाका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ। उद्दारका लागि प्रहरी परिचालन गरिएको थापाले बताए।

Read More

धनगढीः सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बाजुराको मदना मेला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का नेपालका पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ। मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन्।

Read More

धनगढीः कञ्चनपुरको बेलौरीमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन्। बेलौरी नगरपालिका–८ को कलकत्ताकी बालिकाले माघ ३ गते घरमै शिशु (छोरा)लाई जन्म दिएको खुलेको छ । बालिकाले जन्म दिएको शिशु कसको हो ? भन्ने कुरा खुलेको छैन्। बेलौरीकै एक जना शिक्षक, एक बैँकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएको छ तर प्रहरीले भने भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताविरुद्ध परिवारले किटानी जाहेरी दिएको बताए। बेलौरीकै अन्य तीन जनाको नाम जोडिएपनि बालिकाले अस्वीकार गरेको दाबी प्रहरीको छ। प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा बालिकाका भिनाजु…

Read More

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ परेका छन्। पुनर्वास नगपालिका–१ को टक्काबाट इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको टोलीले लागुऔषधसहित बेलौरी नगरपालिका–३ का २८ वर्षीय रामअवतार राना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले रानालाई बेलौरी–धनगढी हुलाकी सडकखण्डमा जाँच गर्ने क्रममा सुपप्र ०१०१० प ३३५० नम्बरको मोटरसाइकलसहित रानालाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनकाअनुसार रानाको साथबाट ४ दशमलव ५८ ग्राम खैरो हेरोइन बरामद गरिएको छ। रानालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात शुरू भएको छ। बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड,सिगासलगायतका उच्च लेकाली स्थानमा हिमपात शुरू भएको स्थानीयले जानकारी दिए। ​ गएरातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात शुरू भएको हो। वर्षा र हिमपातका कारण चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ। चिसोले बालबालिका,दैनिक ज्यालामजदुरी गर्ने,बृद्धबृद्धा बढी प्रभावित भएका छन्।चिसोबाट बच्न न्यानो लुगा लगाउन,झोलिलो कुराको सेवन गर्न,घरबाहिर ननिस्कन आग्रह गरिएको छ। यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफुल सप्रिने आशा पलाएको…

Read More

धनगढीः बाजुराको बडिमालिका नगरपालिकाकी गर्भवती महिला जानकी विकको अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ। बडिमालिका नगरपालिका–१ पिनालेखकी २६ वर्षीया विकको बाटोमा ज्यान गएको हो। नगर प्रवक्ता धर्मराज पाध्यायका अनुसार गत शनिबार ती महिलालाई पेट दुखेपछि जाँचका लागि परिवारले बाजुरा अस्पताल ल्याएका थिए। उनी मुटु सम्बन्धि रोगबाट पनि ग्रसित थिइन्। सामान्य औषधी दिएर बाजुरा अस्पतालका चिकित्सकले सुविधा सम्पन्न अस्पताल लैजान परिवारलाई सुझाव दिएका थिए। उनका श्रीमान् रमेश भारतमा काम गर्थे। त्यसैले उनले गर्भवती श्रीमतीलाई थप उपचारको लागि भारतको दिल्ली लैजाने तयारी गरेका थिए। उनले बाजुरामा एम्बुलेन्सको खोजी गरे तर पाएनन्। आर्थिक अवस्था पनि कमजोर भएकाले सार्वजनिक यातायात ९बस०मै महेन्द्रनगर हुँदै…

Read More

कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तिब्र गरेको छ। प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो। वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो। वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसार पोसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको हो। प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उनले बताएका छन्। गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी…

Read More

धनगढीः आरोमा जेड इलेक्ट्रिक स्कुटी धनगढीमा पनि पाइने भएको छ। धनगढीस्थित आरोग्य मोटर्स प्रालिले इलेक्ट्रिक स्कुटी बजारमा ल्याएको हो। मोटर्सले धनगढी उपमहानगरपालिका ५ तारानगरमा मुख्य सोरुम राखेर बिक्रि वितरण शुरु गरेको छ। स्कुटी ६ घण्टा चार्ज गरेर १ सय ६० देखि १ सय ८० किलोमिटर चलाउन सकिने आरोग्य मोटर्स प्रा।लीका प्रबन्धक अर्जुन जैगडीले जानकारी दिए। पेट्रोलियम सवारी साधन जस्तै महँगो इन्धन किन्नुपर्ने बाध्यता र महिना÷महिनामा सर्विस गर्नुपर्ने झन्जट समेत यस स्कुटीले अन्त्य गर्ने विश्वास लिइएको छ। यस इलेक्ट्रिक स्कुटीले इन्धनमा हुने खर्च जोगिने र ध्वनी प्रदुषणपनि कम हुने विश्वास लिइएको छ। स्कुटीको मुल्य फाइनान्स गरे २ लाख ७० हजार र…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैदी जीवन बिताइरहेका रेशम चौधरीको रिहाइका लागि आफू सकारात्मक रहेको बताएका छन्।आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री रावलले यस्तो बताएका हुन्। उनले भने ‘‘मानवीय संवेदना समुदायबिचको द्वन्द्वलाई अन्त्य गर्न छ, सामाजिक एकत्व खोज्नु जरुरी छ। सकारात्मक सोचले अगाडि बढ्न जरुरी छ। रेशमजी मेरो समाजको कम्पोनेन्ट हो, त्यत्ति बुझ्न जरुरी छ।’’ त्यस्तै, उनले सुदूरको पीडा राष्ट्रिय स्तरमा जोडिन नसकेको गुनासो समेत गरेका थिए। मुख्यमन्त्री रावलले आफ्नो राजनीति पद र प्रतिष्ठा प्राप्तिका लागि नभएको बताउदै अबको पाँच वर्षको कार्यकालमा विगतलाई सम्मान गर्दै वर्तमानलाई क्रियाशील बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका…

Read More

धनगढीः सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयहरूबाट श्रम स्वीकृतिको कार्य सुरु भएको छ। काठमाडौं केन्द्रित वैदेशिक रोजगारसम्बन्धी सबै प्रकारका सेवाहरू सोमबारदेखि सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट दिन थालिएको हो। आजदेखि धनगढी र सुर्खेतका श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाह हुन थालेका हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले धनगढी र सुर्खेतबाट सेवा प्रवाहको शुभारम्भ गरेका छन्। यसअघि पुस २४ गते जनकपुर र विराटनगरबाट व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृतिको सुरुवात गरिएको थियो। धनगढी र सुर्खेतमा तयार नपुगेको भन्दै केही दिनलाई पर सारिएको थियो। कर्मचारीहरूलाई तालिम दिने, आवश्यक स्रोत साधनको व्यवस्थापनको काम सकिएपछि आजदेखि वैदेशिक रोजगारसम्बन्धी सेवा…

Read More