Author: महेन्द्रनगर पोष्ट

धनगढीः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएकी छन्। बुधबार दाङमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘सत्ता गठबन्धनमा रहेर हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिइसकेका छौं। सुदूरपश्चिममा पनि सरकार बनाएका छौं। तर माग पूरा नभएपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्दैनौं।’ यद्यपि छलफलका क्रममा आफूहरुको माग र मुद्दाप्रति प्रधानमन्त्री सकारात्मक पाएको उनले बताइन्। नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए। उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ। तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन्।

Read More

धनगढीः बाजुराको हिमाली क्षेत्रमा हिमपातका कारण सञ्चार अवरुद्ध भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका र बिछ्या क्षेत्रमा सञ्चार अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख सूर्यबहादुर थापाका अनसार मंगलवार दिउँसो गएको भूकम्पको केन्द्रबिन्दु रहेको सो क्षेत्रमा सञ्चार विच्छेद भएको हो। मंगलवार जिल्लाको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको प्रहरी नायव उपरिक्षक थापाले बताए। मंगलवार जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ की ३२ वर्षीया जमुना रोकायाको मृत्यु भएको थियो। २५ भन्दा बढी घरमा क्षति पुगेको बाजुरा प्रहरीले बताएको छ। तर उच्च हिमाली क्षेत्रमा फोन सम्पर्क…

Read More

धनगढीः नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आन्तरिक विवाद छताछुल्ल भएको छ। पञ्चा सिंहले एकलौटी संगठन चलाएको भन्दै पवन कार्की समूहले देशव्यापी रूपमा समानान्तर कमिटी बनाएपछि विवाद छताछुल्ल भएको हो। कार्की नेतृत्वमा देशव्यापी समानान्तर कमिटी विस्तार गरेपछि पञ्चाले पनि सचिव, विभाग र प्रदेश इन्चार्ज तोकेर परिपत्र जारी गरेकी छन्। परिपत्र अनुसार प्रदेश १ को इन्चार्जमा खगेन्द्र सुवेदी, सहइन्चार्जमा ताजिम अन्सारी, मधेश प्रदेशमा अनिल भगत, वागमती प्रदेशमा इन्चार्जमा कृष्ण न्यौपाने, विशेष प्रदेश इन्चार्जमा प्रसुिन कार्की, सह इन्चार्जमा बाबुराम नेपाली, गण्डकी प्रदेशमा नारायण बडाल, लुम्बिनीमा सूर्य घर्ती, सहइन्चार्जमा तुल्सीमणी केसी, कर्णाली प्रदेश इन्चार्जमा तिर्शना हमाल र सुदुरपश्चिममा भिम भट्ट रहेका छन्।…

Read More

धनगढीः भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ भने बझाङ, डोटी, अछाम र मुगुका विभिन्न स्थानमा धनमालको क्षति भएको छ। बाजुरा, गौमुल गाउँपालिका–२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ। घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो। साथै बडिमालिका नगरपालिका–२ घागर बस्ने ४५ वर्षीया चन्दा महत भूकम्प आउँदा आफ्नै घरबाट बाहिर भाग्ने क्रममा घाइते भएकोमा उपचारको लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ। यसैगरी गौमुल गाउँपालिका–१ अम्लिश बस्ने ३५ वर्षीय राजदल बोहरा सोही ठाउँस्थित पल्ला दोरणी भन्ने ठाउको जङ्गलमा भेडा बाख्रा चराईरहेको…

Read More

धनगढीः बाजुरा केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले डोटीमा एक घर भत्किएकोे छ। दिपायल सिलगढी– ३ साल्तडामा रहेको एक घर भत्किएको हो। वडा नम्बर ३ का वडा अध्यक्ष नारायण सिह साउँदले स्थानीय पाली देवी नायकको घर भत्किएको बताए। उनले घर भत्किदा अन्य क्षती भने नभएको बताए।

Read More

धनगढीः बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका–२, जुरेलीकी ३५ वर्षीय जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। गाउँ नजिकैको जंगलमा दिउँसो घाँस काट्ने वेला गएको भूकम्पका कारणमाथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। भूकम्पका कारण गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका छन्। जंगलमा भेडा चराइरहेका वेला भूकम्प जाँदा खसेको पहिरोमा परेर उनी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। उक्त पहिरोमा ३५ वटा भेडा पुरिएर मरेको बुझिएको प्रहरी नायब उपरीक्षक थापाले बताए। भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ। जुरामा…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्पमा परेकाहरूको उद्धार तथा घाइतेको उपचारमा खटिन निर्देशन दिएका छन्। मुख्यमन्त्री रावलले बाजुरा केन्द्रबिन्दु भएर मंगलबार दिउँसो गएको भूकम्पमा परेकाहरूको उद्धार तथा उपचारमा खटिन सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्। उनले उद्धार तथा उपचारमा सहयोग गर्न अन्य सबै पक्षलाई आग्रह समेत गरेका छन्। यथाशीघ्र क्षतिको विवरण संकलन गर्दै उद्धार तथा उपचारका खटिन उनले सरोकारवालालाई निर्देशन दिएका छन्। यस्तै, थप पराकम्प जाने सक्ने जोखिम रहेकाले सजगता अपनाउन उनले आग्रह गरे। बाजुरा केन्द्रबिन्दु बनाएर गएको ५।९ रेक्टर स्केलको भूकम्पले बाजुरामा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। बाजुरा, बझाङसहित सुदूरपश्चिमका विभिन्न क्षेत्रमा भूकम्पले भौतिक…

Read More

धनगढीः काठमाडौंबाट धनगढीका लागि उठेको बुद्ध एअरको जहाज मौसम खराबी भएपछि बाँकेको नेपालगन्जमा अवतरण गरेर तीनजना यात्रुलाई मात्र फर्काएर काठमाडौं फर्केको छ। मंगलबार साँझ ५ बजेर १९ मिनेटमा काठमाडौंबाट धनगढीका लागि उडेको नाइन एन-एनयू कलसाइनको यू४ २५५ विमान ७ बजेर ८ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो। विमानमा रहेका यात्रुमध्ये केहीलाई नेपालगन्ज छाडेर ७ बजेर ५८ मिनेटमा काठमाडौं फर्किएको हो। सोही विमानमा आएका ३ जना यात्रु पुनः काठमाडौं फर्किएका छन्। धनगढीमा पानी परेर अवतरण गर्न नसकेको र आधाघन्टा आकाशमा राखेर नेपालगन्ज फर्काइएको बुद्ध एयरका कर्मचारीले जनाएका छन्। बुद्ध एयर नेपालगन्जका कर्मचारी अर्जन रावलले धनगढीमा समस्या भएपछि नेपालगन्जमा ल्याण्ड भएको र…

Read More

धनगढीः बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समस्या देखिएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ। हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन्। अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण…

Read More

धनगढीः बाजुरामा ५ दशमलव ९ म्‍याग्निच्यूडको भूकम्प जाँदा घरहर भत्किएका छन्। बाजुराको बडिमालिका नगरपालिका ७ मा ३ वटा घर भत्केका हुन्। त्यहाँका डिएसपी सुर्य थापाका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ। उद्दारका लागि प्रहरी परिचालन गरिएको थापाले बताए।

Read More