Author: महेन्द्रनगर पोष्ट

धनगढीः सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा गरेका हुन्। सोहीअनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिहंको पनि सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनि अत्तरिया कैलालीमा सरुवा भएको छ। सिहंको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी आउने भएका छन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पश्चिम सेती परियोजनाविरुद्ध परेको मुद्दाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश मुख्‍यमन्त्री राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै आयोजना कार्यान्वयनमा प्रतिकूल हुने गरी गतिविधि भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन्। पश्‍चिम सेती परियोजना निर्माण गर्नका लागि नेपाल सरकार, लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसीबीबीच परियोजना विकासका लागि एमओयू गरिएको थियो। यस्तो एमओयू भएपछि नेपालको जलस्रोतमा भारतको एकाधिकार सिर्जना भएको दाबी गर्दै त्यस्तो प्रावधानमा लाभको बाँडफाँट सुनिश्चित हुने गरी परिमार्जन गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ दिनको बाटो म्‍याद दिएर जवाफ पेस गर्न भनेको छ। सो दायर मुद्दाका सम्बन्धमा अदालतले…

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाईको चालू आर्थिक वर्षको नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सूचीमा संलग्न आयोजनाहरु कार्यान्वयनका लागि स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय गरेको हो। नेपाल सरकारको कोष प्रवाहसम्बन्धी व्यवस्थानुसार सशर्त अनुदानको रुपमा सम्बन्धित स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् मन्त्री खगराज भट्टले बताए। यसैगरी, प्रदेश सरकारले संघीय सरकारसँग गर्नुपर्ने समपूरक र विशेष अनुदानबारे भएको तयारीको जानकारी र सिफारिस गर्ने निर्णय गरेको छ। यस्तै मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश सरकार शासकीय सुधार कार्ययोजना २०७९’…

Read More

धनगढीः नेकपा एमालेका नेता डा भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन्। तर, जबरजस्ती कसैले काम गर्न अवरोध गरे विकल्प खोज्ने उनले बताए। पाँच दशकदेखि पार्टी र राष्ट्र हितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए। मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृह जिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गरे। निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस…

Read More

काठमाडौंः काठमाडौं महानगरपालिकाले सडक विस्तारको क्रममा डोजर लगाएर घर टहरा भत्काएको बिरोधमा पीडित परिवारले आज राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन्। गैरकानुनी तवरले सडक चौंडा गर्ने नाममा महानगरपालिकाले डोजर आतंक मच्चाएको भन्दै नेवार समितिका अध्यक्ष उमेश स्थापितको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ध्यानाकर्षण गराउनका लागि काठमाडौं महानगरपालिका नेवार समितिका अध्यक्ष स्थापितको नेतृत्वमा करिब पाँच दर्जन स्थानीय सभागृह अगाडि भेला भएका छन्। सांसद, मन्त्रीलाई भेट्नभन्दा पनि मेयर भेट्न गाह्रो भएको भन्दै आक्रोशित स्थानीयले चर्को नारावाजी पनि गरेका छन्। त्यसक्रममा उनीहरुले ‘करचाँहि असुल्ने निजी सम्पत्ति अधिकार गुण्डागर्दी शैलीमा डोजर आतंक गर्ने ’,‘आफ्नो स्वामित्वको जग्गा ठेक्का भएको बाँकी सार्वजनिक…

Read More

धनगढीः नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले केही पदाधिकारी र सदस्यलाई निष्कासन गरेको छ। संघले तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज निवेश यादवसहितलाई निष्कासन गरेको जानकारी दिएको छ। संघको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभे्रपलाञ्चोकका वीरेन्द्र लामाले पार्टी र संघको हित विपरी गतिविधि गरेको बताएको छ। जारी विज्ञप्तिमा उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको व्यहोरा उल्लेख छ।

Read More

धनगढीः दार्चुलाका विभिन्न स्थानहरुमा अहिले पनि सडक विस्तार भएका छैनन्। जिल्लास्थित मालिकार्जुन गाउँपालिका–२ न्वालपानीको हालत पनि यस्तै छ। त्यहाँको एउटा कहालिलाग्दो दृश्य अहिले चर्चामा छ। दृश्य हो, एक सुत्केरीलाई व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी लैजान लागेको। स्थानीयका अनुसार ती महिलालाई बिहीबार राति व्यथा लागेको थियो। त्यसपछि गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा खाटको डोरीमा बोकेर अस्पताल लगेको बताइएको छ। यति मात्र होइन, गाउँमा बाटोसमेत राम्रो नभएको र विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयको गुनासो छ। न्वालापानीमा कम्तीमा ७५ परिवारको बस्ती छ। उक्त बस्तीमा एउटा पनि स्ट्रेचर नहुँदा समस्या हुने गरेको छ। उसो त संघ सरकार, प्रदेश सरकार र…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिकाले सम्झौता नै नगरी ठेकेदारलाई नदीजन्य बस्तुको निकासी पैठारी गर्न अनुमति दिएको छ। करिब २ महिना देखी निरन्तर कन्द्रा,कन्द्री,टेग्ना,डोडा,झिंगेझाला नदीबाट श्री कर्णाली निर्माण सेवाले नदीजन्य बस्तु उत्खनन गरिरहेको छ। तर, यसको सम्झौता नगरपालिकासँग भएको छैन्। कर्णाली निर्माण सेवाले नगरपालिकामा राख्नु पर्ने सबै धरौटी नराखेको हुँदा सम्झौता नभएको नगरप्रमुख खडक रावत बताउँछन्। नगरपालिकाले सम्झौता नै नगरी प्राकृतिक स्रोत साधनको दोहन गर्ने जिम्मा पाएको कम्पनीले नगरपालिकालाई बुझाउनु पर्ने धरौटी रकम समेत नबुझाउँदा पनि नगरपालिका मौन रहेको छ। असोज १ गतेबाट नियमित रुपमा नदीजन्य बस्तुको निकासी पैठारीका लागि ठेकेदारले जिम्मा पाउने गरेका थिए तर, यस पटक भने टेन्डर पाइसकेको कम्पनीले…

Read More

काठमाडौंः नेपाली कांग्रेसका नेता रमेश लेखकले कांग्रेसको राजनीतिक प्रतिस्पर्धी नेकपा एमाले रहेको बताएका छन्। उपसभामुख चयनको विषयमा छलफल गर्न बोलाएको बैठकपछि नेता लेखकले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका हुन्। उनले भने,‘संघमा् हामी सबैभन्दा ठूलो दल हो र प्रदेशसभामा पनि सबैभन्दा ठूलो दल हो। तर राजनीतिक प्रतिस्पर्धा त एमालेसँग हो नि। त्यसैले उसका उम्मेदवारलाई सर्वसम्मत हुन दिन्नौं।’

Read More

धनगढीः कैलालीमा ट्रयाक्टर दुर्घटना भएको छ। गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान पौने ११ बजेतिर से १ त ६१९३ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले ढुङ्गा लिन गएको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पुनर्वास नगरपालिका–१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएको जानकारी दिए। उनकाअनुसार रानाको शरीरमा गम्भीर चोट लागेको छ भने सोही ठाउँ बस्ने सहचालक ४० वर्षीय मनीराम चौधरी इन्जिनमा च्यापिएको अवस्थामा भेटिएका छन्। ट्रयाक्टरको इन्जिनले च्यापिएका चौधरीको उद्दारका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल गएको छ। चालक रानालाई एम्बुलेन्स मार्फत उपचारका लागि…

Read More