Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर – रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं-५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण…

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले न्याय माग गर्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई भेटेका छन् । आज टिचिङ अस्पताल पुगेर बालेनले निहारिकालाई भेटेका हुन् । भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन् । उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनी राज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।’

Read More

काठमाडौं – सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ भित्र उजुरी दर्ता गर्न गृह मन्त्रालयलेआह्वान गरेको छ। मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको हो। नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौँको माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटना भएको भए उजुरी गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Read More

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो । ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ ।

Read More

काठमाडौं – नेपाली काँग्रेसले निर्वाचनका लागि दल दर्ता, साउन ३० र ३१ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिने प्रस्ताव पारित गरेको छ । आज बिहान बसेको कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई दिने बैठकले निर्णय गरेको छ । जम्मा ५ मिनेट बसेको बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान २०७९ भदौ २ गतेदेखि गर्ने निर्णय भएकोमा उक्त अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको काँग्रेसका एक नेताले जानकारी दिएका छन् । बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबिच छलफल भएको हो। बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित थियो। लिङ्देन झापा ३ मा चुनाव लड्दैछन। २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा लिङ्देन विजयी भएका थिए। उनले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई हराएका थिए। यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

Read More

काठमाडौं – नायिका करिश्मा मानन्धरले आमरण अनशनमा रहेकी निहारिका राजपूतका निजी जीवनसँग सम्बन्धित तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका मानन्धरले उनको तस्बिरहरू सार्वजनिक गरेकी हुन् । यो घटना बाहिर आएभन्दा फरक रहेको तर्क करिश्माको छ । करिश्माले सार्वजनिक गरेका तस्बिरमा निहारिकाको एक युवकसँग अन्तरंग सम्बन्ध झल्किन्छ । निहारिकाले आफूमाथि बलात्कार भएको बताउदै आए पनि यी तस्बिरले उनीहरूबीच सम्बन्ध रहेको करिश्माको आशय छ । घटनाको प्रकृति नै थाहा नपाई आफू सहयोग गर्न अघि सरेकोमा मानन्धरले माफी समेत मागेकी छन् । अनुमतिबिना निजी तस्बिरहरू सार्वजनिक गर्दै करिश्माले निहारिकालाई आफ्नो आमा बुवासँग माफी माग्न सल्लाह दिँदै बच्चा…

Read More

काठमाडौं – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब सय दिन मात्रै बाँकी छ । फिफा विश्वकपका उत्कृष्ट अन्तर्राष्ट्रिय टोलीहरूलाई स्वागत गर्ने क्रममा कतारमा आठ अत्याधुनिक स्टेडियमहरू बनेका छन्। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म ६४ खेलहरू हुनेछ । कतार सुप्रिम कमिटी फर डिलिवरी एण्ड लिगेसीका महासचिव हासन अल थावादीले कतारको राष्ट्रिय दिवसमा लुसेल स्टेडियममा फाइनल खेल हुने बताए । यसअघि २१ नोभेम्बरदेखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच एक दिन अघि नै खेल हुने भएको छ। एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनलाई चुनावी भागबण्डामा सहमति जुटाउन सकस परिरहेको छ । गठबन्धनको कार्यदलले खोजेको सहमतिका आधारबारे दलहरूमा आन्तरिक छलफल सुरु भएको छ ।

Read More

मुम्बई – अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग गरेको छ । मिनिस्ट्रीले नो अब्जेक्सन सर्टिफिकेट दिएमा सन् २०१९ पछि पहिलोपटक कुनै पनि भारतीय फिल्म पाकिस्तानमा रिलिज हुनेछ । यो फिल्मको वितरक पेरामाउन्ट पिक्चर्स हो । जसका फिल्म पाकिस्तानमा पनि रिलिज हुन्छन् । तर, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन र सिन्ध बोर्ड अफ फिल्म सर्टिफिकेसनले भने आमिरको फिल्मलाई पाकिस्तानमा रिलिज गर्न नदिने भएको छ । ‘हाम्रो नीति…

Read More