Author: महेन्द्रनगर पोष्ट

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख र महामन्त्रीमा भोजराज जोशी क्वालिटी निर्वाचित भएका छन्। आज पार्टीको बैठकबाट जोशी निर्वाचित भएका हुन्। समाजसेवी समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशको संगठन विभाग प्रमुख र महामन्त्री भएपछि कुशलतापूर्वक जिम्मेवारी वहन गर्ने बताएका छन्।

Read More

धनगढी: मुख्यमन्त्री राजेन्द्रसिंह रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ । प्रदेशसभा बैठकमा आफूलाई विश्वासको मत माग्दै रावलले गरेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । रावलले केहीबेरमा प्रदेश प्रमुखसमक्ष राजीनामा दिने जानकारी गराए । ‘संसदीय प्रणालीलाई स्वीकार्छु । अनैतिक खेलमा लाग्दिनँ । म अहिल्यै राजीनामा दिन्छु’, उनले प्रतिक्रिया दिए । पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए । तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन् । केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए । बिहीबार बिहान…

Read More

धनगढी: नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा २७ पुसमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र सिंह रावलले बिहीबार विश्वासको मत लिँदैछन्। रावलले ४ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । काठमाडौंमा रहेका नाउपाका प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी नहुने अवस्था देखिएपछि बुधबारको बैठक स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । मुख्यमन्त्री रावलले विश्वासको मत पाउने/नपाउने अझै अन्यौल छ । सत्ता गठबन्धनमा निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टीले लिने निर्णयका आधारमा मुख्यमन्त्री रावलको भविष्य तय गर्नेछ । किनभने आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म विश्वासको मत नदिने अडान नाउपाले लिएको छ ।…

Read More

डडेल्धुराः डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन्। अमरगढी नगरपालिका–५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ राधस्वामी मन्दिर नजिकबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।  ९ ग्राम चार सय ५० मिलिग्राम लागुऔषधसहित उपमहानगरपालिका–८ का २२ वर्षीय सिरु राना समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। 

Read More

धनगढी: सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ। बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० वर्षीया सिता गिरीको मृत्यु भएको हाे। गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानीय रामभक्त गिरीले बताए। विहान गाउँपालिका भवन व्याँसीमा जेष्ठ नागरिक भत्ता बुझ्न गएकी उनको आज दिउसो फर्कने क्रममा बाटोमै मृत्यु भएको हो। दमकी बिरामी रहेकी गिरी केही समय अघिदेखि अस्वस्थ थिइन्। गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैङ्कमा पुग्न गाडीमा १ घन्टाकाे समय लाग्छ। गाउँपालिकाले भत्ता बुझ्न बैङ्कमै जानुपर्ने नियम लागू गरेपछि जेष्ठ नागरिकहरूलाई सकस…

Read More

धनगढी: कैलालीका पत्रकार बिरेन्द्र रावलले मोहन्याल गाउँपालिका-३ को फलेबिसौनामा अशक्त तथा शारीरीक अपांगता भएका बालबालिकालाई सहयोग गरेका छन् । रावलले बुधबार मोहन्यालस्थित बालबालिकाको घरमै पुगेर उनीहरुलाई सहयोग गरेका हुन् । उनकाअनुसार १५ जना बालबालिकासहितका अशक्त, बृद्धबृद्धा र अपांगता भएकालाई सहयोग गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई सहयोग गरिएको रावलले बताए ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नेपाल प्रहरीले लागुऔषध दुव्र्यशनीविरुद्धको महाअभियान सुरु गरेको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) अशोककुमार सिंहको परिकल्पनामा प्रदेश प्रहरी कार्यालयले बुधबारदेखि महाअभियान सुरु गरेको हो । महाअभियान अन्तरगत पहिलो दिन प्रदेश प्रहरी कार्यालयले औषधी व्यवस्था विभागका प्रतिनिधि, औषधी व्यवसायी तथा धनगढीका अस्पताल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा प्रहरीले लागुऔषधका रुपमा समेत प्रयोग हुने औषधीको बिक्रि वितरण जथाभावी रुपमा नगरी अभियानलाई सघाउन आग्रह गरेको छ । प्रहरी नायब महानिरीक्षक सिंहले समाजमा लागुऔषध दुव्र्यशनीकै कारण अपराध जन्मिएको बताउदै न्यूनीकरणमा सबै पक्ष गम्भीर बन्नुपर्ने भन्दै सहयोगका लागि अपिल गरेका छन् । ‘समाजमा तपाई…

Read More

धनगढी: कृष्णपुर नगरपालिकाको आयोजना र नगर खेलकुद समितिको प्राविधिक सहयोगमा नगरपालिका स्तरीय १३औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। बुधबार कृष्णपुर नगरपालिका वडा न ४ मा रहेको कृष्ण मावि मौवाफाँटाको खेलमैदान एक समारोहकाबिच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरे। राष्ट्रपति रनिङ सिल्डको उद्घाटनपश्चात प्रदेश प्रमुख जोशीले खेलले खेलाडीलाई मात्र नभइ देशलाई समेत चिनाउने भएकोले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। त्यस्तै उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख हेमराज ओझाले पनि कृष्णपुर नगरपालिकाले शिक्षा,स्वास्थ्य सँगसँगै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकता राखेर काम गरिरहेको बताए। उनले एक वडा एक खेल मैदानको अवधारणा अनुरुप आफू अगाडि बढिरहेको र एउटा नगरस्तरीय राम्रो प्रतियोगिता…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोलि विश्वासको मत लिने भएका छन्। भोलि (बिहीबार) रावलले विश्वासको मत लिने अन्तिम दिन हो। भोलिसम्म मुख्यमन्त्री रावलले विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। बिहीबार उनले विश्वासको मत नपाएको अवस्थामा उनी अल्पमतमा पर्नेछन्। त्यसपछि नेकपा एमालेका रावल नेतृत्वको गठबन्धन सरकार ढल्नेछ। पुस २७ गते नेकपा (एमाले) सहित ३ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको मत लिने गरी (आज) बुधबार आह्वान गरिएको प्रदेश सभा बैठक नै स्थगित गरियो। सरकारलाई समर्थन गरेको निर्णायक दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु काठमाडौंमा रहेको र उनीहरु त्यहाँबाट कैलाली…

Read More