Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशका सभामुख आलोचित बनेका छन्। सभामुख भीमबहादुर भण्डारी क्वाटरवाला लफडाका कारण कार्यकालको सुरुमै विवादमा तानिएका हुन्। उनले सभामुखको सरकार निवासको कार्पेट र त्यहाँ रङ्गरोगन नभएको भनेपछि आलोचना खेप्नुपरेको हो। उनले कार्पेट पूरानो भएको भन्दै निवासमा बस्न नमानेको पनि बताइन्छ। तर, उनले भने त्यो कुरा अस्वीकार गरेका छन्। उनले केही दिनमा क्वाटरमा सर्ने दाबी गरे। यता प्रदेशसभा सचिवालय स्रोतले भने सभामुख र उपसभामुखले सरकारी आवासमा कार्पेट र रङ्गरोगनको माग गर्दै बस्न नमानेको जनाएको छ। सचिवालयले बजेट व्यवस्थापन गरेर क्वाटरहरु सजाएर बस्ने वातावरण मिलाउने पनि जनाएको छ

Read More

धनगढीः सुदुरपश्चिम प्रदेश सरकारको सरकारको प्रवक्ता मन्त्री खगराज भट्ट तोकिएका छन्। बुधबार बसेको मन्त्रीपरिद बैठकले प्रदेश सरकारको प्रवक्तामा मन्त्री भट्टलाई तोकेको हो। उनी बिना विभागीय मन्त्री हुन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका नयाँ डिआइजी अशोक सिंह धनगढी पुगेका छन्। बुधवार प्रहरी नायव महानिरीक्षक (डिआइजी) सिंहले धनगढी पुगेर प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन्। उनी हालै यहाँ सरुवा भएका हुन्। उनी यसअघि विशेष ब्युरोमा कार्यरत थिए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका यस अघिका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएपछि उनी यहाँ आएका हुन्। उनी धनगढीका स्थानीय बासिन्दा हुन्। सिंह काठमाडौं, पोखरा लगायतका जिल्लाको कमाण्ड सम्हालिसकेका व्यवसायिक प्रहरी अधिकृत हुन्।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिम सेती जलविद्युत परियोजना र एसआर–६ जलविद्युत परियोजनाको निर्माण र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। दुवै परियोजना निर्माण सम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै रावलले सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। बुधबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै रावलले दुवै परियोजना कार्यान्वयन भएमा सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्। नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरणमा पनि टेवा पुग्ने उनको अपेक्षा छ तर कतिपयले परियोजना अघि बढाउने सम्बन्धमा प्रतिकुल हुनेगरी विचार र क्रियाकलाप गरिरहेकोप्रती सरकारको ध्यानाकर्षण…

Read More

धनगढीः कैलालीबाट खसी चोरी गरी फरार भएका एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ कौवापुरबाट खसी चोरेर फरार भएका प्युठान मल्लरानी गाँउपालिका ४ का ४५ वर्षीय नारायण पुनमगर पक्राउ परेका हुन्। उनले पुस २९ गते कैलालीबाट खसी चोरेर फरार भएका थिए। कौवापुरबाट खसी चोरेको निवेदन परेपछि लम्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरी उनलाई खसीसहित पक्राउ गरेको जनाएको छ। लम्की प्रहरी कार्यालयमा ल्याएर उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

Read More

बझाङः बझाङमा महिला मृत फेला परेकी छन्। मंगलबार बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्। मोहना कफलसेरी खोलामा मृत अवस्थामा फेला परेकी छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीमा एक किशोरी मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका वडा नंम्बर ६ जालीकी १६ वर्षीया स्वस्तिका थापा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार मंगलवार दिउसो उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भैरहेको जनाइएको छ। उनी त्रिनगर माध्यामिक विद्यालय कक्षा ११ को कानुन संकायमा अध्यनरत विद्यार्थी हुन्।

Read More

कैलालीः सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइली देवी चौधरीले सभामुख भीम भण्डारीसँग समन्वय गरेर अघि बढ्ने बताएकी छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुखसँगको समन्वयको आधारमा आधारमा अघि बढ्ने बताएकी हुन्। उपसभामुख पदको गरिमा सधैँ उचो राख्ने र कसैलाई पनि विभेद नगर्ने समेत बताइन्। सत्ता गठबन्धनबाट उम्मेदवार भएर उनी हिजो प्रदेश उपसभामुखमा निर्वाचित भएकी थिइन्। उनी नेकपा एमालेबाट सांसद भएकी हुन्।

Read More

धनगढी: धनगढीस्थित लोटस क्याफेले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ। बुधवार क्याफेले आफ्नो चौथो वार्षिकोत्सबको अवसरमा फाउन्डेसनलाई खाद्यान्न र नगद सहयोग गरेको हो। स्थापनाको चार वर्ष पूरा गरेको अवसरमा सहयोग गरिएको क्याफेका संचालक टंक कठायतले जानकारी दिए। यस्तै अर्का संचालक खेमनाथ योगीले पनि फाउन्डेसनलाई ११ हजार बराबरको सहयोग प्रदान गरिएको बताए। उनका अनुसार वार्षिकोत्सवका अवसरमा २० प्रतिशत छुट र म्युजिकल कार्यक्रम पनि राखिएको छ। दृष्टि फाउन्डेसनले असहायलाई सेवा प्रदान गर्दै आएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा गठबन्धन फुटाउने नेकपा एकीकृत समाजवादीको जाल निष्प्रभावी बनेको छ। सुदूरपश्चिममा प्रदेश सरकार गठन भएसङ्गै नेकपा एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस र स्वतन्त्र निर्वाचित भएका प्रदेश सभा सदस्यले गठबन्धन फुटाएर सरकार ढाल्ने खेलोमेलो गर्न थालेका थिए। उनीहरुले त्यसका लागि निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई प्रभावमा पार्नेदेखि विभिन्न किसिमका अफरहरु समेत गरेका थिए। तर, अन्ततः त्यो उनीहरुको जोडबल बेकार बनेको छ। अहिले सत्तारुढ गठबन्धनमा दलहरु एकमत देखिएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेश सभा सदस्यहरुले एकमतका साथ सभामुख, उपसभामुख र सरकार गठनको प्रक्रिया लगभग सकाएका छन्। अहिले सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले सभामुख पाएको छ।…

Read More