Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५७३७ जनाको नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ४७४ जना कोरोनामुक्त भएका छन् भने १ जना संक्रमितले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर १ लाख ५० हजार ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा ५ हजार ३८७ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा सोमबार भएको भेटवार्तामा आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको छ । सूर्य चिह्न लिएर २०७४ सालमा भएको निर्वाचन लडेका त्रिपाठीले अहिले तालमेल गरेर अघि बढ्न ओलीसँग प्रस्ताव गरेका छन् । ‘हिजो सूर्य चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव लडेँ,’ त्रिपाठीले ओलीसँग भने, ‘अहिले मसँग पार्टी छ । अब दुई पार्टीबीच तालमेल गरेर अघि बढ्दा उचित होला । ’ भेटमा एमाले र नेपाल समाजवादीबीच चुनावमा तालमेल गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

Read More

काठमाडौं – मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो । उक्त खण्डका एक सय ३८ संरचना हटाउनुपर्नेमा ४२ घरका लागि रु ४० लाख मुआब्जा रकम वितरण गरिएको सडक योजना (पश्चिम खण्ड) का प्रमुख अमित श्रेष्ठले जानकारी दिनुभयो । एक सय ३८ संरचना हटाउनका लागि रु दुई करोड ४५ लाख ३९ हजार छ सय ३३ मुआब्जा वितरण गरिने उहाँले बताउनुभयो । व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाललगायत संरचना हटाउन मुआब्ब्जा वितरण थालिएको बताइएको छ । सडकको…

Read More

काठमाडौं –  नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औँ स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौँको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो।भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनु भएको सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो।

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने उनले बताए । राष्ट्रपति भण्डारीले आइतबार मात्र १५ बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले विधेयक पुनर्विचार गर्न पठाउने व्यवस्था संविधानमै रहेको बताए । राष्ट्रपतिले दिएको सन्देश स्वीकार गर्ने वा विधेयक फेरि जस्ताको तस्तै पठाउने भन्ने संसदको विषय भएको महामन्त्री थापाले बताए ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुने गरी टिकट वितरण गरिने बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सोमबार ललितपुरमा आयोजित बधाई–शुभकामना तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले न्यायसङ्गत ढङ्गबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न आग्रह गरेका हुन् । उनले भने, ‘न्यायबद्ध रूपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन । तपाईँहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् ।’ आगामी निर्वाचनमा काँग्रेस देशको सबैभन्दा ठुलो पार्टी बन्ने भन्दै यसअघिको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा एक्लै लडेकाले आफूहरू पराजित भएको तर अब गठबन्धन साथमा…

Read More

काठमाडौं – काँग्रेसले जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण सुरु गरेको छ । ललितपुरमा सुरु भएको कार्यक्रमको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । त्यसलगत्तै उपसभापति धनराज गुरुङले आफूहरूले सुरु गरेको अभिमुखीकरण सुशासनका लागि भएको बताउँदै जनगुनासो बढी रहेको बताए । “जनगुनासो छ, व्यवस्थाप्रति जनताको गुनासो होइन पात्र बदलिए, प्रवृत्ति उस्तै भएर हो,” उनले भने, “सिंहदरबारको अधिकार गाउँगाउँमा त पुग्यो तर भ्रष्टाचार पनि पुग्यो । जनतालाई केन्द्रमा राखेर जनप्रतिनिधिले काम गर्नुहोला । जनताको प्रश्न र आशाहरूको ओठे जवाफबाट होइन कामबाट दिनुहोस् । चुनावमा गरेका बाचा पूरा गर्नुहोस् । आगामी चुनावबाट बहुमतको लक्ष्य हासिल गर्नुपर्नेछ ।”

Read More

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज सुन तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९७ हजार आठ सय रुपैयाँ रहेको थियो। त्यस्तै तेजाबी सुन पनि तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २५० मा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि बिहान ८ बजे बस्नेगरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको बताइएको छ । आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारीबारे छलफल, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न बैठक बोलाइएको थियो । भोलि बस्ने बैठकमा यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा र नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको निर्वाचन चिह्न प्रयोग गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – नौबहिनि गाउँपालिका-६ बाहाने बजार नजिक घुम्तीमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु.१ ज १५४५ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको थियो । आइतबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय लुकेश थापा समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ भने अन्य १० जना उपचार पश्चात डिस्चार्ज भएका छन्। ईलाका प्रहरी कार्यालय लुङ्बहानेबाट खटिएको प्रहरीले आवश्यक उद्धार गर्नुको साथै…

Read More