पाँचथर: पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो। चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्। चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको हो। आरोपीको विस्तृत विवरण खुलिसकेको छैन। ७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो।
काठमाडौं: आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा हावाहुरीको सम्भावना छ। पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
धनगढी: काठमाडौंबाट धनगढीका लागि उडेको जहाज नेपालगन्जमा आकस्मिक अवतरण गरिएको छ। आज (शनिबार) बेलुका बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको हो। धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो। खराव मौसमका कारण आकाशबाटै विमान फर्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। त्यसपछि उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गराइएको उनले बताए। विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो। धनगढी आउनुपर्ने विमान प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेपछि यात्रुहरु अलपत्र परेका छन्।धनगढीबाट काठमाडौँबाट लागि टिकट काटेका यात्रुहरुको टिकट रकम भने बुद्ध एयरले फिर्ता गरेको छ।
काठमाडौं: एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन्। टियु क्रिकेट मैदान कीर्तिपुरमा अहिले ९ बजेबाट नेपाल र कुवेतबीच सेमिफाइनल खेल हुँदैछ। घरेलु टोली नेपाल समूह ‘ए’ को विजेता र कुवेत समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए। नेपाल अपराजित छ भने कुवेतले पहिलो खेल युएईसँग गुमाएको थियो। नेपालले कुवेत विरुद्धको सेमिफाइनल खेलमा गुलसन झालाई बेन्चमा राखेर करण केसीलाई स्थान दिएको छ।
काठमाडौं: ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा गएराती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सिदिङ्वा गाउँपालिका-६ का पूर्व वडाध्यक्षसमेत रहेका ५८ वर्षका श्रीप्रसाद कडरीयाको मृत्यु भएको हो। चट्याङको करेन्ट लागेर शक्त घाइते भएका कररियाको एक घण्टापछि मृत्यु भएको बताइएको छ।
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले मिटर ब्याज सम्बन्धी उजुरी दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष स्थापना भइसकेको र यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नेपाल सरकारले जाँचबुझ आयोग समेत गठन गरिसकेको अवस्थामा मिटर ब्याज पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। वैशाख १७ गतेदेखि १५ दिनभित्र पीडितहरुलाई निवेदन दिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। मिटर ब्याज पीडितहरुले अनलाइनबाट समेत निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
धनगढीः सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण बढीरहेका बेला कैलालीको गोदावरीमा पनि उक्त रोग देखिएको छ। गोदावरीको पहाडी क्षेत्रमा गाईभैँसीमा यो रोग देखिन थालेको हो। लम्पी स्किन गोदावरीको वडा नम्बर–४ र १२ को पहाडी क्षेत्रमा देखा पर्न थालेको नगरपालिकाको पशु शाखाले जनाएको छ। यस वर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाको पशु शाखाका नायव पशु सेवा प्राविधिक टेक शाहुले बताए। उनले गोदावरीको पटैनी, हाटखोली, सिम क्षेत्रमा यो संक्रमण देखिएको बताए। यो रोगको उपचार नभएकाले संक्रमण देखिएको क्षेत्रमा घाउँ खटिरामा इन्फिेक्सन नहोस भनेर मलमहरु, एन्टिबायोटिक, पेन किलर वितरण गरिएको पशु शाखाले जनाएको छ।
काठमाडौं: नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ। शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो। केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए। तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए। रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको…
बझाङ: बझाङको बित्थडचिर गाँउपालिकाले एमबिबिएस पढ्न आर्थिक सहयोग गरेको छ। गाउँपालिकाको वडा नम्बर ४ का स्थानीय दलबहादुर बोहरालाई नगद ३ लाख सहयोग गरेको हो। छात्रवृत्तिमा एमबिबिएस पढ्न नाम निकालेका बोहरालाई थप प्रोत्सहन गर्न आर्थिक सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष अम्मरसिंह महरले बोहरालाई सम्मान पत्रसहित नगर हस्तान्तरण गरेका हुन्।