Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी सरकारको प्रधानमन्त्री बनाउन दाबी पेस गरिएको छ। ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुसँग बहुमत सदस्यको समर्थन रहेकाले प्रतिनिधिसभा सदस्य ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि अनुरोध गरेका हुन्। उनीहरुले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेको पत्र शुक्रबार राति नै हस्तान्तरण गरिसकेका छन्। यसअघि ओलीको पार्टीले देउवासित मिल्ने भन्दै तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका थिए। त्यसपछि उनले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान…

Read More

काठमाडौं : नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन् । ओलीले संसद्‌को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेसको एक नेताले बताए । ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकामा रात्रिकालीन सुरक्षा सुदृढ पार्न र वातावरणमैत्री ऊर्जा स्रोतको प्रवर्द्धन गर्न सौर्यबत्ती जडान गरिएको छ। गाउँपालिकाले शुक्रबार सुनकुडा क्याम्पस, विद्यालय र बजार क्षेत्रमा सौर्यबत्ती जडान गरि उद्घाटन गरेको छ । यो कार्यक्रम वित्थडचिर गाउँपालिकाको एक महत्वपूर्ण कार्यक्रम हो । गाउँपालिकाका उपाध्यक्ष धनलक्ष्मी मल्लका अनुसार बैकल्पिक ऊर्जा कार्यक्रम अन्तर्गत खरिद गरिएका सौर्यबत्तीहरु सुनकुडा क्याम्पस र सुनकुडा माविमा जडान गरिएको छ। लगत्तै देउलेख बजार, देउलेख प्राथमिक स्वास्थ्य केन्द्र, प्रहरी चौकी वित्थड, र स्याडी स्वास्थ्य चौकीमा पनि सौर्यबत्तीहरु जडान गरिने योजना रहेको उपाध्यक्ष मल्लले जानकारी दिइन् । गाउँपालिकाले सौर्यबत्तीहरु जडानबाट रातको समयमा गाउँमा सुरक्षित वातावरण सृजना हुने र उज्यालोको…

Read More

काठमाडौँ : नयाँ सरकारको दाबी गर्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू आजै शीतल निवास जाँदैछन् । शुक्रबार राति सवा ९ बजे दाबी पेस गर्न दलका नेताहरू शीतल निवास जान लागेका हुन् । कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने छन् । ओलीको नेतृत्वमा सरकार गठनका लागि शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।

Read More

काठमाडौं : नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता यात्रु र बस फेला परेका छैनन् । बसमा सवार सबै यात्रुको अवस्था अज्ञात छ । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्र्दा र एउटा ट्राउजर फेला पारेको छ ।१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा परिचालन छन् । आज रात परिसकेकाले खोजीकार्य अब भोलीमात्रै हुनेछ । चितवनको सिमलतालमा आज बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फजाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई…

Read More

धनगढी : जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । वरिष्ठ मौसमविद् इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीबार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भएरनभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् कँडेलले जानकारी दिइन् । यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन् । असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा छ सय २४ मिलीमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र…

Read More

बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा हंगामा भएको छ। विप्लव माओवादी निकट युवा नेता भरत मल्लले सार्वजनिक सुनुवाइको माइन्युट नै खोसेर लगेका छन्। कार्यक्रममा जनताको व्यापक उपस्थिती नभएको भन्दै मल्लसहितका युवाहरुले आपत्ति जनाएका थिए। उनीहरुको सार्वजनिक सुनुवाइ जस्तो महत्त्वपूर्ण कार्यक्रममा केवल २ ४ जना अगुवा र पछुवाहरु मात्रै राखेर कर्मकाण्डी कार्य गर्न खोजिएको आरोप लगाएका छन् । मल्लले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, “यो कार्यक्रम जनताको लागि हो तर यहाँ जनताको उपस्थिती नै छैन। यसलाई हामी स्वीकार्न सक्दैनौं।” मल्लसहितका युवाहरुले माइन्युट कब्जा गरेर आन्दोलनका थप कार्यक्रमहरु अगाडि बढाउने घोषणा गरेका छन्। गाउँपालिकाकाले भने यस घटनाको छानबिन गरी…

Read More

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे तयार पारिएको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका हुन्। त्यसलगत्तै नयाँ सरकार गठनको निम्ति सभापति देउवा र अध्यक्ष ओलीबीच कागजातमा हस्ताक्षर भएको हो ।

Read More

काठमाडौं : निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जनाउ दिएको छ । कार्यालयले विज्ञप्ति जारी गर्दै अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहने उल्लेख गरेको छ । प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका थिए । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेपछि उनी पदमुक्त भएका छन् । यससँगै उनी बिदाइ भएपनि अर्को सरकार नभइन्जेल संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रुपमा रहने संवैधानिक व्यवस्था रहेको छ । यसैअनरुप राष्ट्रपति रामचन्द्र पाैडेलले यही मन्त्रिपरिषदले कार्य गर्नेगरी ताेकेका हुन् ।

Read More

धनगढी : धनगढीमा भारतबाट अवैध रुपमा ल्याइएको सामान बरामद गरिएको छ । शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उप–महानगरपालिका–९ मसानघाट नजिकबाटे सवा दुई लाखको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहोराले भारतबाट भन्सार छली ल्याएको अन्दाजी मुल्य दुई लाख १४ हजार ८७० रुपैयाँको सामान बरामद गरिएको जानकारी दिए । उनकाअनुसार ५९ पिस सेन्डो २७ तन्ना, ७४ कट्टु २४ भाईरल सारी लगायतका सामान वेवारिसे अवस्थामा बरामद गरिएको थियो । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

Read More