धनगढी : नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ । सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रू २ लाख दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो । टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार लाख दिने घोषणा गरेको छ। यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसि यु १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियल लाई सम्मान गर्ने बताएका थियो । प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।
धनगढीः नेकपा एमालेको ग्रासरुट अभियान जारी छ। देशैभर एमालेले पार्टी, संगठन सुधार एवं प्रशिक्षणका लागि अभियान चलाएको हो। जसमा पार्टीले केन्द्रीय सदस्य लगायतका शीर्ष नेताहरु खटिएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा बैतडीमा खटिएका छन्। बैतडीको सिगास र सुर्नया गाउँपालिकामा उनी ग्रास रुट अभियानका लागि खटिएका हुन्। अहिलेसम्म उनले सुर्नया र सिगासमा मिसन ग्रासरुट अभियान अन्तरगत पालिकास्तरीय कार्यक्रम सम्पन्न भएको र अहिले विभिन्न वडाहरुमा कार्यक्रमहरु भैरहेको बताए। उनका अनुसार अहिले सिगासका वडाहरुमा मिसन ग्रास रुटका कार्यक्रमहरु जारी छन्। त्यसपछि सुर्नयामा कार्यक्रमहरु चल्ने छन्। पार्टी, संगठन बलियो बनाइने, लेवी संकलन तथा सदस्यता नवीकरण…
धनगढीः कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक खड्गबहादुर पछेराको अन्त्येष्टि गरिएको छ। शुक्रवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४७ वर्षीय पछेराको गोदावरी आर्यघाटमा अन्त्येष्टि गरिएको हो। बिहीबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। उनी कार्यरत क्याम्पसले आज पछेराको निधनमा शोक विदा दिएको छ।
धनगढीः हिउँदयाममा पानी नपरेकाले चैतको प्रारम्भमै मुलुकभर गर्मी बढेको छ। सुदूरपश्चिमको धनगढीसहित तराई र भित्री मधेशमा यो वर्ष गर्मी धेरै हुने सम्भावना बढेको छ। चैतको पहिलो सातासम्म पनि पानी नपरेपछि धेरै ठाउँमा खडेरी देखिएको छ। खडेरी बढ्दै गएकाले मुलुकका धेरै जंगलमा डढेलो सल्केको छ। तर, हिजो साँझ र आज बिहान डोटीमा मुसलधारे असिनापानी परेको छ। बाक्लो असिनाले हिउँदे बाली र तरकारीमा नोक्सानी पुगेको बताइएको छ। बडीकेदार गाउँपालिका–२ खड्यौलीमा सबैभन्दा धेरै असिना परेको हो। यस्तै धनगढीसहित सुदूरका विभिन्न स्थानहरुमा पनि हल्का वर्षा भएको थियो।
धनगढी: धनगढीको आकाशमा बुद्ध एयरलाइन्सको जहाजले फन्को मारिरहेको छ। धनगढी विमानस्थल हुँदै बजार क्षेत्रमा फन्को मारिरहेको जहाज उडेको उड्यै गरेको देखेपछि मानिसहरुमा उत्सुकता जागेको छ। धनगढी विमानस्थल कार्यालयकाअनुसार बुद्ध एयरको जहाजले एयर होस्टेजलाई समेत बाहिर राखेर दुई जना पाइलट र एक जना कोपाइलटले उडाइरहेका हुन् । विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले बुद्ध एयरले ट्रेनिङ फलाइट गरिरहेको हो । यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका कारण बिना यात्रु पाइलटले कोपाइलटलाई प्रशिक्षण दिइरहेको उनले बताए। जहाज धनगढी बजार क्षेत्रमा फन्को मार्ने, विमानस्थलमा अवतरण गर्ने र उड्ने क्रम जारी रहेको छ। यात्रु समेत राखेर ट्रेनिङ फलाइट गर्दा जोखिम हुने भएका…
धनगढी : राष्ट्रिय युवा संघ नेपालको गोदावरी नगरपालिकाको अधिवेशन सम्पन्न भएको छ। आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामाको प्रमुख आथित्यतामा दोस्रो गोदावरी नगर अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट उत्तम महराको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन समेत भएको छ।
धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेविसंघले स्ववियु निर्वाचनको तयारी तीव्र पारेको छ। हिजो नेपाल विद्यार्थी संघका तर्फबाट हरिश खत्रीले सभापतिमा मनोनयन दर्ता गरेपछि तयारी तीव्र पारिएको हो। खत्रीको नेतृत्वमा सचीवको उम्मेदवारमा सन्तोष भाप पन्त, कोषाध्यक्षमा अम्बिका चौधरी, सदस्यमा पारस मणि कठायत, जनक अवस्थी, कमल कुमार ऎडि, वर्षा सुनार, प्रमिला शाह, हिमाल थापा, मनोज टमटा, गणेश उपाध्याय र गौरी सिंह उम्मेदवार रहेका छन्। चैत्र ८ गते यहाँ निर्वाचन हुँदैछ।
काठमाडौं: नेपाल विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो। नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो। नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ। नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले…
धनगढी: कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप-प्राध्यापक खड्ग बहादुर पछेराको निधन भएको छ। ४७ वर्षीय पछेराको आज (बिहीवार) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए। प्रहरीकाअनुसार पछेरालाई बिहीबार बिहान ११ बजे विषादी पदार्थ सेवन गरेको अवस्थामा अस्पताल पुगाइएको थियो। उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको डीएसपी चन्दले बताए। पछेराको शव परीक्षणपछि परिवारको जिम्मा लगाइने अस्पतालले जनाएको छ।